Posts

Showing posts with the label २०७७ सालको वार्षिक राशिफल

२०७७ सालको वार्षिक राशिफल

Image
ज्यो. पं. छविरमण सुवेदी     मेषः मेष राशिका जातकहरूका लागि यो वर्ष सामान्य फलदायी रहनेछ । आर्थिक अवस्था पनि सामान्य नै रहला। व्यापार–व्यवसायमा लाभ हुने योग देखिन्छ। नोकरीमा सफलता र पदोन्नतिको सम्भावना रहेको छ। छोराछोरीमा स्वास्थ्य समस्या देखा पर्ला । अध्ययन–अध्यापनमा बाधा आउन सक्छ । वर्षको शुरूमा सामान्य दुर्घटनाको योग रहेको छ। धार्मिक, माङ्गलिक कार्यमा सफलता, पिताको शारीरिक समस्या देखा पर्न सक्छ । असोजपछिको सफल भाग्यवर्धक रहनेछ। मुद्दामामिला, वादविवाद र न्यायालयको काममा सफलता मिल्नेछ। साउन, मङ्सिर र चैत महीना प्रतिकूल रहनेछन्। गणेश दर्शन पूजा र ‘ॐ गं गणपतये नमः’ मन्त्र जप गर्नाले अशुभ फलमा कमी आउनेछ।     वृषः यो वर्ष वृष राशि हुनेहरूका लागि फलदायी नै रहला। दाम्पत्य जीवनमा कटुता देखा पर्नेछ। परिश्रम गरे अनुसार आम्दानी र सफलतामा कमी देखिन्छ। दाजुभाइ–दिदीबहिनीको उन्नति–प्रगति हुने ग्रहयोग रहेको छ। जग्गा–जमीन र वाहन खरीद, बिक्री गर्न, गराउन यो वर्ष त्यति शुभ छैन। सन्तान सुख मिल्नेछ। वैवाहिक जीवनमा समस्या, अड्चन आउन सक्छ। धार्मिक, माङ्गलिक कार्यमा धन खर्च हुने देखिन्छ। पारिवारिक भैंmझगड