Posts

Showing posts with the label सन्दभ: विश्व मधुमेह दिवस

मधुमेह

डा. रामावतारप्रसाद खेतान     मधुमेह धेरै पुरानो रोग हो। आजभन्दा करिब २५०० वर्ष पहिले नै आयुर्वेदको ‘चरक संहिता’ र ‘सुश्रुत संहिता’ मा यसको उल्लेख पाइन्छ। एलोपेथिक विश्वमा करिब १८०० वर्ष पहिले ‘एरोटियस’ ले यसको नाउँ डाइबेटिस मेलाइटस राखेका थिए।     यो रोग विश्वको सबै ठाउँमा पाइन्छ। भनिन्छ, विश्वभरिका सरदर २ प्रतिशत मानिस यस रोगबाट प्रभावित छन्। विश्वको पूर्ण तथ्याङक नभए पनि अनुमान गरिन्छ कि करिब १५ करोड मानिस यस रोगबाट प्रभावित छन्। त्यसभन्दा पनि बढी डरलाग्दो समस्या यो छ कि करिब १५ करोड मानिस यस्ता छन्, जसलाई थाहै छैन कि उनीहरू मधुमेहका रोगी हुन् र उनीहरू जाँच नगराइ बसेका छन्। यस्ता मानिसहरूमा रोग बढ्दै जान्छ र शरीरका कुनै पनि अङगलाई नराम्रोसँग खराब गरेको हुन्छ। जुनबेला ऊ जचाउन आउँछ, त्यसबेलासम्म उसका धेरै महत्त्वपूर्ण अङगहरू उपचारबाट निको नहुने गरी खराब भइसकेका हुन्छन् ।     भारतमा ४ करोडभन्दा बढी व्यक्तिहरू यस रोगबाट पीडित छन्। हाम्रो देशमा कुनै भरपर्दो तथ्याङक नभए पनि करिब ४ लाख व्यक्तिहरू यसबाट पीडित रहेको अनुमान छ।     सामान्यतया यो रोग उमेर, रङग, लिङग वा ठाउँबाट प्रभावित हुँदै