Posts

Showing posts with the label मनोरन्जन

भोजपुरी फिल्म ‘एसपी खरेल’को सुटिंग वीरगंजमा

Image
प्रस, वीरगंज, ११ असार/     माँ राधिका इन्टरनेशनल मुभी प्रालिले भोजपुरी भाषामा बनाउन लागेको फिल्म एसपी खरेलको सुटिंग विगत केही दिनदेखि वीरगंजलगायत आसपासका क्षेत्रहरूमा तीव्ररूपले भइरहेको छ।     दशैंमा प्रदर्शन गर्ने लक्ष्यअनुसार फिल्मको सुटिंगले तीव्रता पाएको छ। न्यूनतम मूल्यमा दर्शकले मन पराउने उद्देश्या राखेर फिल्म निर्माण भइरहेको छ।     वीरगंजका कलाकार तथा भारतमा नाम कमाएका कलाकारहरूको संयुक्त प्रयासमा सो फिल्म बनिरहेको छ।     काल्पनिक कथामा आधारित सो फिल्ममा वीरगंजका परदेशी साह एसपि खरेलको रोलमा देखिने छन्।     एकजना प्रहरीको इमानदारीको कारण समाजमा आएको परिर्वतनलाई फिल्मको कथावस्तुले समेटेको छ।

युवा क्लब मधुवन फाइनलमा

प्रस, कलैया, ३ माघ/     श्री पशुपति युवा क्लब मनहर्वा–५ श्रीपुरको आयोजनामा श्रीपुरमा सञ्चालित  नकआउट फूटबल प्रतियोगिता अन्तर्गत म·लवार भएको सेमिफाइनल खेलमा श्री आदर्श युवा क्लब मधुवन विजयी भएको छ । मधुवनले आयोजक  क्लबलाई एकको विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।     मधुवनका लागि गोविन्द चौधरीले दुई गोल गरे । आयोजकका लागि राजु अधिकारीले एक गोल गरे । प्रतियोगितामा उपाधिको लागि बिहीवार  श्री आदर्श युवा क्लब मधुवन र श्री जन कल्याण युवा क्लब बकुलिया भिड्नेछन् ।

मिस्टर र मिस नारायणीको उपाधि खड्का र राणालाई

Image
प्रस , वीरगंज , २१ साउन/             द लिड एन्टरटेनमेन्ट एन्ड एडभटाइजिङद्वारा आयोजित मिस्टर एन्ड मिस नारायणी प्रतियोगिताको फाइनल चरण आज सम्पन्न भएको छ । मिस्टर नारायणीको उपाधि सन्देश खड्काले हात पारेका छन् भने दोस्रो र तेस्रो क्रमश: सुरज सर्राफ र गोविन्द सोनी भएका थिए।             त्यसैगरी मिस नारायणीको उपाधि चुम्न स्वेच्छा राणा सफल भएकी छन्। दोस्रो र तेस्रो क्रमश: नैनतारा र सम्झना रेग्मी भएकी थिइन्।             छनोट चरण पार गरेका आठजना पुरुष र आठजना महिलालाई एकहप्ते प्रशिक्षणपश्चात् अन्तिम प्रतिस्पर्धा गराइएको हो।             वीरगंज नगर सभागृहमा आयोजित कार्यक्रमको निर्णायक मण्डलमा रणधीर श्रेष्ठ , बादल प्रसाईं , रोशन श्रेष्ठ , सञ्जय चौधरी र भीम लिम्बु रहेका थिए।

प्रशान्तले नचाए हेटौंडेली दर्शकलाई

Image
रामशरण पुडासैनी, हेटौंडा, ३० कात्तिक/     तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले हेटौंडेली दर्शकहरूलाई मङगलवार छमछमी नचाएका छन्।     पहिलोपटक उनीद्वारा अभिनित नेपाली कथानक चलचित्र गोर्खा पल्टनको प्रवर्द्धनका लागि ओम चलचित्र मन्दिर हेटौंडा आएका तामाङले आफना प्रशंसकहरूलाई लठ्ठयाए। चलचित्र हेर्न हल आइपुगेका हेटौंडेली दर्शकलाई इन्डियन आइडल तामाङले आफू संगसंगै नचाए। हेटौंडाको एक मात्र हल ओम चलचित्र मन्दिरमा खचाखच भरिएका दर्शकहरूमाझ प्रशान्तले अभिनय गरेको गोर्खा पल्टनका ँसोल्टिन...सोल्टिन...’ बोलको गीत गाएर दर्शक तताएका थिए। उनले तीनवटा गीत गाउंदा उनीसंग दर्शक र प्रशंसकहरू पनि उत्साहित बनेका थिए।     चलचित्र प्रवर्द्धन गर्न निर्माता सुरज वंशलका साथ आएका नायक तामाङलाई हेर्न मकवानपुरका गाउं-गाउंबाट उनका प्रशंसक आएका थिए। भारतीय मनोरञ्जनात्मक च्यानल सोनीबाट इन्डियन आइडलको तेस्रो शृङखला हेरेका मकवानपुरे दर्शकहरूले प्रशाान्तलाई प्रत्यक्ष पाएपछि उनीहरूमा उत्साह निकै बढेको थियो। मकवानपुरको हांडीखोलाका दीपक लामाले आफूले प्रशान्तलाई प्रत्यक्ष्ँ भेट्न पाउने कल्पनै नगरेको बताए।     सोमवार सांझ हेटौंड

ब्युटिसियनले तीज मनाए

Image
प्रस, पर्सा, १९ भदौ/     नेपाल ब्युटिसियन सङघ पर्साले स्थानीय होटल सुरजमा आज तीज कार्यक्रम आयोजना गरे। तीजको अवसरमा आयोजित कार्यक्रममा सहभागी वीरगंजका ३६ वटा ब्युटिसियनका महिलाहरूले धूमधामका साथ नाचगान र दर खाने काम गरेका थिए। सङघकी अध्यक्ष मन्दाज श्रेष्ठले परम्परा निर्वाह गर्दै नयां पुस्तालाई परम्पराको बारेमा अवगत गराउने कार्यस्वरूप कार्यक्रमको आयोजना गरेको बताइन्।

सौर्न्दर्य प्रतियोगितामा वीरगंजकी काश्या अधिकारी

Image
प्रस, वीरगंज, ३० असार/ एञ्जल २०१० सौर्न्दर्य प्रतियगितामा वीरगंज-१२ की काश्या अधिकारीलाई विजयीको ताज पहिर्‍याउन वीरगंज कलैया र सो आसपास क्षेत्रका सौर्न्दर्य पारखीहरू जोडतोडले लागिपरेका छन्। ह्वाइट हाउस मिडिया हब्सको आयोजनामा राजधानीमा यही साउन १ गते एञ्जल २०१० प्रतियोगिता हुंदैछ। उक्त प्रतियोगिताका लागि प्रतिस्पर्धीहरूमध्ये काश्या टप २२ मा पर्न सफल भएकी छन्। असार पहिलो साता सम्पन्न छनौट चरणमा सफल भएकी काश्या राजधानी बाहिरबाट मध्यमाञ्चलकै एक मात्र प्रतिनिधि हुन्। छनोट चरण पार गरेकी २२ सुन्दरीहरू साउन १ को प्रतियोगिताका लागि अहिले राजधानीमा प्रशिक्षणमा व्यस्त छन्। मिस नेपालजस्तै प्रकृतिको एञ्जल सौर्न्दर्य प्रतियोगिताले लुकेको बहुमुखी प्रतिभा उद्घाटन गर्ने र आत्म विश्वासका साथै क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ। प्रतियोगिताको छनोट चरण प्रशिक्षकको हातमा भए पनि फाइनल चरण भने मतदाताहरूको हातमा रहेकोले छनोट चरण सकिनासाथ एसएम भोटिङग खुला गरिएको छ। काश्यालाई भोटिङग गर्न चाहनेहरूले ब्लनभ प्िबकजथब टाइप गरी द्दण्टट मा पठाउनुपर्नेछ। वीरगंजस्थित गौतम म

हेटौंडामा रोड शो, जमे निर्णय

Image
प्रस, हेटौंडा, २३ जेठ/     पेप्सी वर्ल्ड कप मेनिया कार्यक्रम अर्न्तर्गत आइतवार हेटौंडामा भएको रोड शोमा गायक निर्णय श्रेष्ठ जमेका छन्।     पेप्सीको प्रचारका लागि हेटौंडा आएका श्रेष्ठ हेटौंडेली दर्शकमाझ जमेका हुन्। हेटौंडाको व्यस्त शाान्तिचोकमा गरिएको रोड शोमा युवा पारखीहरूले साथ दिएका थिए। गायक निर्णय श्रेष्ठको गायन तथा नेपाल डान्स एकेडेमीका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्दा युवाहरू रमेका थिए।     कार्यक्रम लुम्बिनी, दमौली, पोखरा, नारायणगढ, भैरहवा हुंदै हेटौंडा आइपुगेको हो। इटहरी र धरानमा पनि कार्यक्रम हुने पेप्सी कम्पनीका प्रतिनिधि गोपाल लामिछानेले बताए।

मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

Image
प्रस, पर्सा, २२ जेठ/     विश्व वातावरण दिवसको अवसरमा करेन्ट इङ्ग्लिश ल्याङ्वेज इन्स्िटच्युटले वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा एसएलसी दिएर बसेका विद्यार्थीहरूको नेतृत्व, व्यक्तित्व र सृजनशील क्रियाकलापमा सहभागी गराउनका लागि मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ। ठाकुरराम बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक इन्दुशेखर मिश्राको प्रमुख आतिथ्य र वीरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक डा.दीपक शाक्यको आतिथ्यमा कार्यक्रमको शुभारम्भ भएको थियो। अनौपचारिकतर्फो कार्यक्रममा विद्यार्थीहरूले ग्लोबल वार्मिङबाट हुने बेफाइदाहरूका बारेमा आ-आफ्नो धारणा राखेका थिए भने सोही कार्यक्रमको अवसरमा व्यक्तित्व र नेतृत्व विकासको ३५ दिने तालिम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। यसैगरी अनौपचारिकतर्फा कार्यक्रममा विद्यार्थीहरूले नेपाली, भोजपुरी र हिन्दी गीतहरूमा नृत्य पर््रदर्शन गरेका थिए। करेन्ट इङ्ग्लिश ल्याङ्वेज इन्स्िटच्युटका निर्देशक राजेन्द्र कोइरालाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

पूजा भइन् पहिलो मिस टिन हेटौंडा

Image
प्रस, हेटौंडा, १३ जेठ/     पहिलोपटक हेटौंडामा आयोजना गरिएको ओयसिस मिस टिन टयालेन्ट हन्ट २०१० को उपाधि पूजा श्रेष्ठले हात पारेकी छन्।     हेटौंडाको ओम चलचित्र मन्दिरमा भएको फाइनल प्रतिस्पर्धामा ३९ प्रतिस्पर्धीलाई पछार्दै पूजाले मिस टिनको उपाधि हत्याएकी हुन्। भूत, वर्तमान र भविष्यलाई कसरी व्यख्या गर्नहुन्छ भन्ने निर्णायकको प्रश्नको सटिक जवाफ दिंदै पूजाले उपाधि हत्याएकी हुन्। निर्णायकको प्रश्नमा भूत बितिसकेको समय भएकोले केही फरक पार्दैन, वर्तमानलाई सुधार गर्दै भविष्य उज्ज्वल पार्नुपर्छ’ भन्ने जवाफ दिएर दर्शकको पर्र्रर्रर ताली पाएकी हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ की विद्यार्थी पूजालाई उपाधिको हकदार घोषणा गरिएको थियो।     प्रतियोगितामा मिस पर्फेन्ससहित बिन्जु महर्जन फस्ट रनरअप र मिस ब्युटिफूलसहित सन्दिपा अधिकारी सेकेन्ड रनरअप घोषित भए। उत्कृष्ट पांचमा पर्न सफलहरूलाई निर्णयकले लिखित प्रश्न गरेका थिए। प्रतियोगितामा उत्कृष्ट पांचमा पर्न सफल वेदिका गजुरेल बेस्ट स्माइल र मिस चार्मिङ पुनम चौधरी भए। प्रतियोगितामा मिस प|mेन्डली, अर्लिना श्रेष्ठ, मिस स्वीट र नेचुरल दीपिका शर्मा, मिस हेय