Posts

Showing posts with the label आयुर्वेद

वसन्त ऋतु र हाम्रो स्वास्थ्य

Image
डा. रमेश मिश्र आयुर्वेद एउटा सम्पूर्ण जीवन विज्ञान हो। यसमा एउटा व्यक्ति जन्मकालदेखि बुढेसकालसम्म कसरी स्वस्थ जीवन बाँच्न सक्छ र कुनै कारणले रोग लाग्यो भने उसको सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ। आयुर्वेदमा स्वस्थ जीवनयापनको लागि ऋतुचर्या, दिनचर्या तथा रात्रिचर्या विधिको व्यवस्था गरिएको छ। सोही अनुसारको रहनसहन, खानपान हामी गर्छौं भने कहिले पनि रोगी हुँदैनौं र स्वस्थ जीवनयापन गर्न सक्छौं। वर्तमानमा अनुचित खानपान र रहनसहनले हामी धेरैजसो रोगको शिकार भइरहेका छौं। जति धन सम्पत्ति कमाए पनि घरघरमा रोगी व्यक्ति बढी भइसकेका छन्। धनसम्पत्ति जति भएपनि खाने बेलामा सोच्ने अवस्था आइसकेको छ। स्वस्थ जीवनयापनको लागि ऋतु अनुसार रहनसहन र खानपान गर्नुपर्दछ। हाम्रा ऋषिहरूले वर्षलाई सूर्य र चन्द्रमाको गति विभेदबाट दुई भागमा विभाजन गरेका छन्, जसलाई अयन भनिन्छ। यी अयन दुईवटा छन् एउटा उत्तरायण र दोस्रो दक्षिणायन। उत्तरायणमा रात सानो तथा दिन लामो हुनाले एवं सूर्य रश्मिहरू प्रखर भएको कारण चराचरको शक्तिको शोषण हुन्छ। यस कारण यसलाई आदानकाल भनिन्छ र दक्षिणायनमा दिन छोटो र रात लामो हुनाले चन्द्रमाका मरीचिकाहरू प्रब

आयुर्वेदका प्रवत्र्तक धन्वन्तरि

Image
      डा. रमेश मिश्र आज कात्तिक कृष्णपक्ष त्रयोदशीको दिन आयुर्वेदका प्रवत्र्तक भगवान् धन्वन्तरिको जयन्ती हो । आजको दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घ–संस्था अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र अन्य व्यक्तिको दीर्घायु, सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष, अधिकांश देशमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ, जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घरघरमा सरसफाइ गरी नयाँ भाँडा किन्ने चलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवताको उत्पत्तिबारे विभिन्न मत छन् । आयुर्वेदका प्रथम प्रचारक र प्रसारक आदिदेव भगवान् धन्वन्तरि निर्विवाद यसको प्रवत्र्तकका रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यहरूमा दृष्टिपात गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्वप्रथम उल्लेख वैदिककालमा समुद्र मन्थनको बेला अमृतकलश धारण गरेको देवताको रूपमा प्राप्त हुन्छ । हातमा अमृतकलश धारण गरेक

चित्तोद्वेग र मानसिक स्वास्थ्य

Image
- डा. रमेश मिश्र    संसारका सबै प्राणी बाचुन्जेल स्वस्थ्य जीवनयापन गर्न चाहन्छन्। यसको लागि आर्थिकरूपमा अर्थात् आफूले बस्ने, खाने कुराहरूको खोजी, उपार्जन, सञ्चयमा लागिपरेका हुन्छन्। यी प्राणीहरूमध्ये मनुष्य पनि एक हो। मनुष्य पनि आफू र आफ्नो परिवारलाई सुख, शान्ति, ऐश, आरामसँग बस्न, विभिन्न कर्महरू गर्दछ। कोही सुकर्म गरेर सफल हुन्छ त कोही कुकर्म गरेर असफल हुन्छ, परिणाम स्वरूप विभिन्न मानसिक रोगको शिकार हुन्छ।     आयुर्वेद अनुसार स्वस्थ्य व्यक्ति त्यो हो जो शारीरिक र मानसिकरूपमा पूर्णरूपमा स्वस्थ छ। शरीर स्वस्थ भएर मात्र हुँदैन वा मन स्वस्थ भएर मात्र हुँदैन, शरीर र मन दुवै स्वस्थ हुनुपर्दछ। आयुर्वेदमा स्वस्थ व्यक्तिको परिभाषा यसप्रकार गरिएको छ– सम दोषः समाग्निश्च समधातु मलक्रियः। प्रसन्नात्मेन्द्रियः मन स्वस्थ इत्यभिधीयते।।     अर्थात् जुन व्यक्तिमा त्रिदोष (वात, पित्त, कफ) सम छ, जसको अग्नि र धातु सम छ, मल र क्रिया सम छ, जसको आत्मा, इन्द्रियहरू र मन प्रसन्न छ, त्यही व्यक्ति स्वस्थ हो। अब हामी कल्पना गरेर हेरौं–हामीमध्ये आयुर्वेद अनुसार कति व्यक्ति स्वस्थ छन्।     कामको बोझ, पारिवारिक तथा

वसन्त ऋतु र आयुर्वेद

Image
डा. रमेश मिश्र     आयुर्वेद विश्वको प्राचीन चिकित्सा प्रणाली हो । विश्वमा मानवको उत्पत्तिसँगै आयुर्वेदको विकास भएको वर्णन विभिन्न पुराण, ग्रन्थहरूबाट प्राप्त हुन्छ । आयुर्वेदमा देश, काल, प्रकृति अनुसार स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्ष्Fा र कुनै कारणवश रोग लाग्यो भने उसको उपचारको राम्रो व्यवस्था गरिएको छ । आयुर्वेद अनुसार रोग लागेर रोगको चिकित्सा गर्नुभन्दा रोगै हुन नदिने अति राम्रो हो  भनी ऋतुचर्या, दिनचर्या, रात्रिचर्याको पालन गराउन बढी जोड दिइन्छ, जसले रोग प्रतिरोधक क्षमता व्यक्तिमा विकसित होस् र सबै व्यक्ति निरोगी रहून् ।     संसारका सबै व्यक्ति स्वस्थ र लामो जीवनयापन गर्न चाहन्छन् । यसको लागि ऋतुचर्या, दिनचर्या, रात्रिचर्याको जुन विधि छ, सोको पालना गर्नुपर्छ । यसको लागि ऋतुहरूको बारेमा पूर्णज्ञान हुनु जरुरी छ र त्यसैअनुरूप आहारविहार र सेवन गर्नुपर्छ । प्रकृतिकृत शीतोष्णादि सम्पूर्ण काललाई ऋषिहरूले एक वर्षमा संवरण गरे सूर्य र चन्द्रमाको गति विभेदबाट वर्षलाई दुई भागमा विभाजन गरिन्छ, जसलाई अयन भनिन्छ । यी अयन उत्तरायण र दक्षिणायण हुन्छन् । उत्तरायणमा रात्रि सानो र दिन ठूलो हुन्छ एव

चित्तोद्वेगको आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     मानिस एउटा सामाजिक प्राणी हो । सबै व्यक्ति समाजका एकार्कासँग सद्भाव, भाइचाराको साथै सुखशान्तिसँग बस्न चाहन्छन् तर समाजमा केही यस्ता आपराधिक प्रवृत्तिका मान्छे हुन्छन्, जसले अरूको सुख, शान्ति हेर्न चाहँदैनन् र आप्mनो क्षणिक लाभको लागि अरूलाई दुःख, कष्ट दिन्छन्, जसले गर्दा धेरैजसो व्यक्ति अत्यधिक डर, त्रासमा बाँच्छन् र ती व्यक्तिलाई विभिन्न मानसिक रोग उत्पन्न भइरहन्छ । तीमध्ये चित्तोद्वेग एक हो । चित्तोद्वेग अर्थात् ऐंग्जाइटी न्यूरोसिस, हाम्रो शरीरमा भएका मानसिक दोष रज र तम दूषित भएको परिणामस्वरूप मस्तिष्क अशान्त हुनुलाई भनिन्छ ।     अत्यधिक डर, दुःख वा खुशीबाट बढी प्रभावित हुनु, अरूप्रति हीनदृष्टि (अवनमन)बाट व्यवहार गर्नु र मानव मूल्यको आदर नगर्नु चित्तोद्वेग हुनुका मानसिक कारण हुन् । त्यस्तै असंयोज्य, दूषित भोजनको नियमित प्रयोगले पनि चित्तोद्वेग हुनु मुख्य कारण हो ।     मनको अस्थिरता, अशान्ति, बुद्धिलोप, चिन्तित भाव, असमट्ट भाषण, अप्रासाङ्गिक कुरा बोल्नु यसका लक्षण हुन् । यसबाट उत्पन्न मानसिक तनावको प्रभावले शरीरमा अन्य रोगहरू उच्च रक्तचाप, माइग्रेन, अनिद्रा, मनोवस

अनिद्रा र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     संसारका सबै जीवका लागि काम, आराम र निद्रा अति आवश्यक छ । स्वस्थ रहनको लागि पनि यी तीनै कार्य मुख्य हुन् । तर जब व्यक्ति काम काम भनी बढी व्यस्त हुन्छ, तब उसको आराम र निद्राको समय छोटिंदै जान्छ । परिणामस्वरूप व्यक्ति रोगी बन्छ ।     व्यक्तिको लागि निद्रा अति नै आवश्यक हो । जब व्यक्तिको निद्रा अव्यवस्थित हुन्छ, उसको प्रसन्नता, मानसिक क्रियाहरू, साहस, बल, शक्ति तथा अन्य क्रियाहरू अत्यधिक प्रभावित हुन्छन् । बाहिरी बाधाहरू अर्थात् असुविधाजनक वातावरण, हल्ला, तेज प्रकाश आदिको कारणले व्यक्ति थकान मेटाउन सुत्न नपाउनुलाई अनिद्रा भनिन्छ ।     अनिद्रा एउटा गम्भीर समस्या हो । यसको कारण व्यक्तिको स्वभाव, व्यवहार, शारीरिक र मानसिक क्रियाहरू प्रभावित हुन थाल्छन् । आयुर्वेदमा निद्राको गुण एवं अवधिमा तमोगुण र कफदोषको प्रधानता मानिएको छ । अव्यवस्थित जीवनशैली अथवा कुनै अन्य रोगको कारण उत्पन्न शारीरिक एवं मानसिक अवस्थाबाट वातदोष र रजोगुण बढेर निद्रालाई कुप्रभावित गर्दछ । यो अवस्था धेरै दिनसम्म रहिरहे अनिद्रा अर्थात् निद्राका अनेक विकृतिहरू उत्पन्न हुन्छन् । अनिद्राका लक्षण     अपर्

आयुर्वेदका प्रवर्तक धन्वन्तरि

Image
डा. रमेश मिश्र     कार्तिक कृष्णपक्ष त्रयोदशीको दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्तीको दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था, अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आप्mनो र आप्mना सबैको रोग र अन्य व्यक्तिको दीर्घायु एवं सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश देशहरूमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ, जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घरघरमा सरसफाइ गरी नयाँ भाडा किन्ने प्रचलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवता उनको उत्पत्तिबारेमा विभिन्न मतहरू छन् । आयुर्वेदका प्रथम प्रचारक र प्रसारक आदिदेव भगवान् धन्वन्तरि निर्विवादरूपले यसको प्रवर्तकको रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यहरूमा यी दृष्टि गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्वप्रथम उल्लेख वैदिककालमा समुद्र मन्थनको बेला अमृत कलश धारण गरेको देवताको रूपमा प्राप्त हुन्छ । हातमा अम

पेटमा ग्यास र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     अनियमित र अनियन्त्रित खानपानले हामीलाई दिनहुँ कुनै न कुनै पेटको समस्या हुन्छ, तीमध्ये हिजोआज बढी हुने समस्या हो पेटमा ग्यास ।     प्रायः धेरैजसो व्यक्तिमा यो समस्या हुन्छ । हामीलाई थाहा छ कि सबैको पेटमा केही न केही ग्यास हुन्छ । प्रत्येक दिन एक व्यक्तिको पेटमा सामान्यतः १ देखि ३ पिन्टसम्म ग्यास बन्दछ । जब हाम्रो पेटमा खाना पच्न थाल्छ, तब ग्यास एक वा दुवै बाटोबाट दिनमा १४ देखि २३ पटकसम्म प्रत्येक दिन बाहिर निस्कन्छ । जब यो ग्यास सजिलोसँग निस्किंदैन, तब हामीलाई समस्या हुन्छ र पेट भरिएको (द्ययियतभम) अनुभव हुन्छ ।     पेटमा ग्यास दुई किसिमले बन्दछ, पहिलो, जब हामी छिटोछिटो खाना खान्छौं, तब खानासँग बाहिरका ग्यास मिसिएर पेटमा जान्छ । त्यसमध्ये धेरै ग्यास जब हामी खानापछि डकार (द्यगचउ) लिन्छौं, तब बाहिर निस्किन्छ । अर्को खाना खाइसकेपछि जब खानाको पाचन आन्द्रा (क्ष्लतभकतष्लभ)मा हुन थाल्छ र खाना टुक्राटुक्रा भई पच्न थाल्छ, तब ग्यास बन्दछ र यो पछाडितिर जान्छ । ग्यास बन्नु हाम्रFे खानामा निर्भर गर्दछ । बढी ग्यास बन्ने खानेकुराबाट बढी ग्यास बन्दछ । पेटभित्र बनेका ग्यास तल वा माथि

यौन समस्या र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     सधैं युवावस्था रहोस् भन्ने सबै व्यक्तिको चाहना हुन्छ तर यसको लागि प्रयास धेरै कम व्यक्तिले गर्दछन् । अव्यवस्थित खानपान र रहनसहनले हामीलाई धेरै रोग लाग्छ साथै उमेर ढल्दै जाँदा शारीरिक र मानसिक समस्याहरू पनि बिस्तारै बढ्दै जान्छ । तीमध्ये एक हो यौन समस्या । यी समस्यालाई धेरैजसो व्यक्तिले गोप्य नै राखी विज्ञापनको भरमा आपूmखुशी औषधिसेवन गर्न थाल्छन् र परिणामस्वरूप अन्य ठूला रोगहरू उत्पन्न हुन्छन्।     धेरैजसो व्यक्तिमा उमेर ढल्दै जाँदा यौनक्रिया सम्बन्धित समस्याहरू आउँछन् । खासगरी मधुमेह भएका व्यक्तिहरूमा यो समस्या बिस्तारै बढ्दै जान्छ । प्रायः गरेर यौनक्रिया सम्बन्धित समस्या मधुमेह भएका पुरुष तथा महिलाहरूबीच केही अप्ठ्यारा, केही कष्ट, केही नैराश्यता र केही अस्वस्थ वातावरण पैदा भइरहेका हुन्छन् । पुरुषलाई हुने मुख्य समस्याहरूः –    यौन उत्तेजना हुनुमा गडबड     ९भ्चभअतष्भि मष्कयचमभच० –    वीर्य निकाल्नमा गडबड     ९भ्हबअगबितबचथ मष्कयचमभच० –    सम्भोग इच्छा गडबड     ९म्भकष्चभ मष्कयचमभच०     यी समस्यामध्ये बढी हुने समस्या हो, यौन उत्तेजना हुनुमा गडबड । यी समस्या लिएर दिनहुँ

महिलामा रजोनिवृत्तिजन्य लक्षण समुच्चय र आयुर्वेद

Image
डा. रमेश मिश्र     उमेर ढल्दै जाँदा जब प्रौढावस्था अर्थात् ४५ देखि ५५ वर्षको उमेरमा महिलाहरूमा हुने एउटा प्राकृतिक प्रक्रिया हो रजोनिवृत्ति । यो अवस्थामा डिम्ब ग्रन्थिहरूको कार्यनाश हुन थाल्छ र रजस्राव सधैंको लागि समाप्त हुन्छ । यस कारण महिलाहरूमा जुन शारीरिक र मानसिक बदलाव हुन्छ, त्यसलाई रजोनिवृत्तिजन्य लक्षण समुच्चय अर्थात् मेनोपौज भनिन्छ ।     यस अवस्थामा शारीरिक र मानसिक बदलावले विभिन्न रोगका लक्षणहरू देखा पर्नाले केही ठूलो रोग नै लाग्यो भनेर व्यक्ति चिन्तित हुन्छ । अनियमित रजःस्राव, अनुहार रातो हुनु, कष्टप्रद मैथुन, शुष्क योनी, चिन्ता, अनिद्रा, चित्तवृत्ति पटकपटक बदल्नु, अवसाद, चिडचिडापन, हृदयगति बढ्नु, बढी पसिना आउनु, टाउको दुख्नु, हातगोडा दुख्नु, निद्रामा कठिनाइ, स्तनहरूमा पीडा हुनु आदि लक्षणहरू रजोनिवृत्तिजन्य लक्षण समुच्चयको लक्षण हो ।     आयुर्वेद अनुसार यो कुनै रोग होइन, एउटा प्राकृतिक प्रक्रिया हो । यस अवस्थामा रसायन द्रव्यहरूको सेवन र युवावस्थादेखि नै जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । यो अवस्थामा अशोकारिष्ट, लोध्रासव, उसीरासव, चन्दानादि लौह, अमालकी रसायन, मुक्तासुक्ति आदि

डेंगु रोगमा आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     डेंगुलाई दण्डक ज्वर, शुलारिथ ज्वर, ब्रेकबोन फिवर, डैन्डी फिवर, हड्डीतोड ज्वर आदि नामले ठाउँ र देश अनुसार भनिन्छ ।     डेंगु तीव्र आसुकारी र सङ्क्रामक रोग हो । यस रोगमा रोगी अत्यन्त दुर्बलताको अनुभव गर्दछ । ज्वरो बिस्तारै बढ्छ र प्रायः ८ दिनसम्म रहन्छ । यो रोग बच्चा र वृद्धहरूमा बढी लाग्ने गर्दछ तर अहिले सबै उमेरका व्यक्तिमा देखा परिरहेको छ । यो रोगमा शरीरमा दण्ड अर्थात् लाठीले हानेजस्तै पीडा हुन्छ । यस कारण यसलाई दण्डक ज्वर भनिएको हो । यस रोगमा बिस्तारै छाला रातो र साना साना चकता (विमिरा)हरू चौथो–पाँचौं दिनमा उत्पन्न हुन्छन् ।     यो नयाँ रोग होइन । यो धेरै वर्षदेखि विश्वका धेरैजसो देश भारत, इरान, श्रीलङ्का, बङ्गलादेश, चीन, अस्टे«लिया, दक्षिण अमेरिका र पश्चिमी द्वीप समूहमा लाग्दै आएको हो । कहिलेकाहीं यसले महामारीको रूप लिन्छ ।     डेंगुको मुख्य कारण एउटा विषाणु हो, जुन लामखुट्टेबाट एक व्यक्तिबाट अर्कोमा सर्छ । एडिज इजिप्टी नामक लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । यो रोग लागेमा ज्वरो १०२ देखि १०५ डिग्री फरेनहाइछसम्म पुग्छ । साधारण आक्रमण भएमा सय डिग्री ज्वरो रहन्छ ।

पाचन विकार र आयुर्वेद

Image
डा. रमेश मिश्र     आधुनिकताको नाममा गलत खानपान र रहनसहनले हामीलाई धेरै रोगहरू लाग्छ । तीमध्ये एक हो पाचन विकार । यो पेटको समस्या दक्षिणपूर्व एशियाका धेरै व्यक्तिहरूमा छ । धेरैजसो व्यक्तिहरू टिभीको माध्यमबाट भ्रामक प्रचार प्रसारको भरमा बिक्ने औषधिहरू सेवन गरी रोगलाई झन् जटिल बनाउँछन् । पाचन विकारमा भोक नलाग्ने, अपच र कब्जियत धेरै व्यक्तिहरूमा छ ।     भोक नलाग्ने अवस्थामा खानाप्रति अरुचि हुन्छ भने अपचमा खाना राम्रोसँगै पच्दैन, पेट शरीरमा भारीपन, पेटमा गुडगुडाहट, शरीर दुख्नु, थकाइ र स्वादको अनुभव नहुनु जस्ता लक्षणहरू हुन्छन् ।     कब्जियतमा पेटमा असजिलो हुनु, कहिलेकाहीं पेट दुख्नु, पेटमा ग्याँस भरिनु, वान्ता हुनुजस्ता लक्षणहरू देखा पर्दछ ।     अरुचि, अपच, कब्जियतको आयुर्वेदमा उपचारको राम्रो व्यवस्था गरिएको छ ।     आयुर्वेद अनुसार हाम्रो शरीरमा तीनवटा दोषहरू हुन्छन् र ती दोषहरू प्रत्येक व्यक्तिमा फरक–फरक अवस्थाको हुन्छ र सोही अनुसार खानपान र रहनसहन गर्नुपर्दछ जो नाडी परीक्ष्Fाबाट थाहा हुन्छ । वात दोषका व्यक्तिहरूलाई कब्जियत बढी हुन्छ र ती व्यक्तिहरूले मन तातो खाना, तेल पदार्थ, घ्यू, साबु

मधुमेह र उच्च रक्तचाप

Image
डा. रमेश मिश्र     खानपान र रहनसहनमा परिवर्तनले हामीलाई नसर्ने रोगहरू लाग्छ । ती रोगहरूमध्ये आजका दिनमा बढी देखा पर्ने रोग हो मधुमेह । मधुमेह रोगमा औषधिको साथसाथै खानपान र रहनसहनमा ध्यान दिनुपर्दछ, नत्र अन्य रोग पनि लाग्छ । यस्तै लाग्ने रोगहरूमध्ये उच्च रक्तचाप पनि हो । लामो समयदेखि मधुमेहद्वारा पीडित व्यक्तिहरूमध्ये ६० प्रतिशत व्यक्तिमा उच्च रक्तचाप भएको पाइन्छ । मधुमेहले मुटुमा रक्त सञ्चार गराउने कोरोनरी धमनीहरूलाई साँघुरो बनाइ रोगग्रस्त पार्दछ । जसको फलस्वरूप एन्जाइना रोग उत्पन्न हुन्छ र हृदयघातको सम्भावना बढेर जान्छ । मधुमेहले उच्च रक्तचाप जस्तै आँखा, मिर्गौला, दिमाग, मुटु आदिमा नराम्रो असर पार्दछ । मधुमेह र उच्च रक्तचाप एकसाथ भएमा हृदयघातको सम्भावना अत्यधिक भएर जान्छ । यस कारण मधुमेहले यौन इच्छामा पनि असर पार्दछ । मधुमेहको उपचारमा आहारको ठूलो महŒव हुन्छ । खानपानमा ध्यान नदिएमा औषधिले मात्र मधुमेह ठीक हुँदैन । अतः चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्दछ । आयुर्वेदमा पनि मधुमेह र उच्च रक्तचापको उपचारको राम्रो व्यवस्था गरिएको छ ।     मधुमेह रोगीले गुलियो पदार्थहरू चिनी, मिठाइ

अर्श भगन्दर र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     अनियमित खानपान र रहनसहनले शरीरमा धेरै रोगहरू लाग्ने गर्दछ तीमध्ये मलद्वारका रोगहरू एक हो । मलद्वारमा लाग्ने रोगहरूमध्ये आजको दिनमा बढी अर्श र भगन्दर देखा पर्न थालेको छ । यो रोग धेरै व्यक्तिमा छ तर लाजले धेरैले यो रोगबारे कसैलाई भन्दैनन् र रोग भित्रभित्रै बढ्दै खतरनाक रोगको रूप लिन्छ ।     अर्श अर्थात् बवासिर जसलाई आधुनिक चिकित्सा विज्ञानमा पाइल्स भनिन्छ । यो विबन्ध अर्थात् कब्जियतको कारण अति प्रवाहण भई मलद्वारका रक्तवाहिनीहरूमा शोथ हुन्छ जसको कारण अर्श रोगको उत्पत्ति हुन्छ । शोथयुक्त रक्तवाहिनीहरूको कारण मलद्वारमा भएका मासपेशीहरूमा तनाव र पीडा हुन्छ ।     भगन्दर– यो एउटा असामान्य नालीको संरचना हो जो आन्तरिक अङ्ग एवं त्वचामा खुल्दा बाहिर प्वाल हुन्छ । भगन्दर शरीरको कुनै भागमा हुन सक्छ तर मलद्वारनिर हुने भगन्दरलाई फिस्टुला इन एनो भनिन्छ । यो मलद्वारको छेउछाउमा रेक्टममा प्वाल भई निस्किने नाली जस्तो अवस्था हो ।     खाएको आहार आन्द्रामा नै सञ्चय भई रोकी राख्नाले आन्त्रकूजन, काश्र्य र उद्गारबाहुल्य, मलद्वारबाट रगत आउनु, मलद्वारमा दुख्ने र जलन, विबन्ध (कब्जियत), अपानवायु

उच्च रक्तचाप र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     आयुर्वेद जीवनविज्ञान हो । आयुर्वेद दुई शब्द मिलेर बनेको छ– आयु र वेद । आयुको अर्थ जीवन र वेदको अर्थ विज्ञान अर्थात् जान्नु । आयुर्वेद यी दुई शब्दको संयोग हो र आयुर्वेद आपैंmमा सम्पूर्ण जीवनविज्ञान हो । यस पृथ्वीमा जीवन कसरी सुखपूर्वक बाँच्न सकिन्छ भन्ने सम्पूर्ण कुराको वर्णन आयुर्वेदमा पाइन्छ । आयुर्वेदमा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्ष्Fा र रोग लागे रोगको उपचारको पूर्ण व्यवस्था गरिएको छ । आयुर्वेदमा सबै रोगको सफल उपचार गर्न सकिन्छ तर विडम्बना के छ भने आयुर्वेदमा उपचारको लागि आउने रोगीहरू अन्य चिकित्सा पद्धतिबाट प्रभावित भई पहिला आपूmखुशी औषधि सेवन गर्छन् अनि अन्य चिकित्सा पद्धतिको लामो समयसम्म औषधि सेवन गरी रोग निको नभएपछि अर्थात् रोगको असाध्य अवस्थामा आयुर्वेदमा उपचार गराउन पुग्छन् । परिणामस्वरूप आयुर्वेदबाट केही रोग ठीक हुन्छन्, केही हुँदैनन् । सबैलाई थाहा हुनुपर्दछ कि आयुर्वेदले रोगको कारण र अवस्था अनुसार साध्य, असाध्य र कृच्छसाध्य भनेर रोगको वर्गीकरण गरेको छ । अतः रोग लागे रोगको शुरूकै अवस्थामा आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गराइयो भने रोग पूर्णरूपमा निक

सन्धिबाथ र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     खानपान र रहनसहनमा परिवर्तनले हामीलाई थुप्रै रोगहरू लाग्दछ । तीमध्ये सन्धिबाथ रोग पनि एक हो । शरीरका जोर्नीहरूमा दुख्ने समस्यालाई सन्धिबाथ भनिन्छ । आधुनिक चिकित्सा पद्धतिमा ओस्टियो अर्थराइटिस भनिन्छ । यो रोगमा जोर्नीका हाडहरू बिस्तारै खिइँदै जान्छन् । विशेषगरी शरीरको वजन थाम्ने हाडहरू जस्तै घुँडा, कुर्कुच्चामा बढी दुखाई हुन्छ । सन्धिबाथमा हिंड्न, प्रभावित अङ्ग घुमाउन गा¥हो हुने, जोर्नीमा दुख्ने र सुन्निने गर्न थाल्छ । जोर्नीहरू चलाउँदा आवाज आउने, जोर्नी बाङ्गिने, मांसपेशीहरू कमजोर हुने लक्षणहरू देखा पर्न थाल्छन् ।     सबै चिकित्सा पद्धतिमा यस रोगको उपचार छ ।     आयुर्वेदमा सन्धिबाथको चिकित्सा शोधन र शमन विधि अर्थात् पञ्चकर्म र औषधि चिकित्साको माध्यमबाट उपचार गरिन्छ । शोधन अर्थात् पञ्चकर्म विधिबाट स्नेहन गरिन्छ । यसको लागि औषधियुक्त तेलबाट प्रभावित अङ्गको मालिस गरिन्छ । स्नेहपछि स्वेदन गरिन्छ । यसको लागि विभिन्न माध्यमबाट पानीमा जडीबुटी मिसाइ वाष्प बनाई प्रभावित अङ्गको स्वेदन गरिन्छ । सुन्निएको अवस्थामा बालुवा तताई पोको बनाई प्रभावित अङ्गमा स्वेदन गरिन्छ । रोगको अवस्

ल्युकोडर्मा र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     वातावरणमा परिवर्तन, प्रदूषणको साथसाथै हाम्रो रहनसहन र खानपानमा परिवर्तनले हामी छालाका कुनै न कुनै रोगबाट ग्रसित भइरहेका हुन्छौं । तीमध्ये ल्युकोडर्मा पनि एक हो । ल्युकोडर्मालाई आयुर्वेदको भाषामा किलास वा त्रखित्र भनिन्छ । शरीरको कुनै भागमा छालामा सेतो दाग हुनुलाई ल्युकोडर्मा भनिन्छ ।     विरुद्ध अन्नपान, वातावरणको प्रभाव, शरीरमा हुने भित्री परिवर्तन, यो रोग हुनुको कारण हो । कतैकतै धर्मसँग पनि जोडिएको पाइन्छ । आहारविरुद्ध प्रकारको अर्थात् मधु, फाणित, माछा, मुलाको बढी सेवन, अनियमित सेवन, अजीर्ण भएपनि भोजन गर्ने । दूध, दही, मही, माछा, मासु एकैसाथ सेवन गर्नाले गुरु, स्निगध तथा द्रव्य पदार्थ एकैसाथ बढी सेवन गर्नाले यो रोग लाग्दछ ।     वमनको वेगलाई रोक्नु, भय, श्रव, गर्मी लागेको बेला तुरुन्तै चिसो पानी पिउनु, दिनमा सुत्नु आदि कारणले गर्दा यो रोग लाग्छ । आयुर्वेद अनुसार दारुण, चारुण र त्रिवत्र शरीरको धातुगत अवस्थाको अनुसार वर्गीकरण गरिएको छ, जो आयुर्वेद चिकित्सकले छुट्याउनेछन् । त्यस्तै, दोषको आधारमा पनि वर्गीकरण गरिएको छ ।     आयुर्वेदमा ल्युकोडर्माको उपचार अन्य छाला

वृद्धावस्था र हाम्रो स्वास्थ्य

Image
डा. रमेश मिश्र     संसारका सबै जीव, वनस्पति जन्म लिन्छ, बिस्तारै बढ्दै जान्छ र एक दिन अन्त हुन्छ । तीमध्ये मनुष्य पनि एक हो । जन्म हुन्छ, बाल्यावस्था, युवावस्था, प्रौढावस्था र वृद्धावस्था हुँदै व्यक्ति मृत्युसम्म पुग्दछ । एउटा सुखी जीवन बाँच्ने सबैको चाहना हुन्छ र यसको लागि स्वस्थ शरीर, स्वस्थ मन र धनको व्यवस्थामा सबै लागेका हुन्छन् र यी सबैको लागि नै संयुक्त परिवारको व्यवस्था गरिएको थियो, जहाँ बाल्यावस्थादेखि वृद्धावस्थासम्म सुखी जीवन बिताउन परिवारका सबै सदस्य एकार्काको सहयोगी हुन्थ्यो र अहिले पनि केही परिवारमा यस्तो व्यवस्था छ । बदलिंदो समाजमा हाल संयुक्त परिवारको व्यवस्था बिग्रिंदै गएको छ । परिणामस्वरूप केही परिवारका वृद्धवृद्धाहरू कष्टकर जीवन बिताउन बाध्य भइसकेका छन् ।     वृद्धावस्थामा शरीर पनि आप्mनो पहिलेको अवस्थामा जस्तो रहँदैन । शरीरका अङ्गहरू बिस्तारैबिस्तारै कमजोर हुँदै जान्छ । केही अङ्गहरूमा खराबी पनि हुन थाल्छ । विशेषगरी वात रोग, उच्च रक्तचाप, मूत्रसम्बन्धी विकार, अवसाद, मधुमेह जस्ता रोगहरू बढ्दै गएका हुन्छन् । यस अवस्थामा एक्लै बस्न सा¥है कठिन हुन्छ । यस अवस्थामा परिवार

पक्षाघात र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र     कुनै बाहिरी वा भित्री आघात अथवा उच्च रक्तचाप वा अन्य कारणले संज्ञा वाही नाडीको विकृतिबाट मांसपेशीहरूको स्वेच्छिक क्रिया बन्द हुनु, संज्ञा चयन र मानसिक क्ष्Fमतामा हानि हुनुलाई पक्षाघात (पारालाइसिस) भनिन्छ । आयुर्वेद अनुसार बढेको वातदोषले शरीरको एक भाग केन्द्रीय नाडीतन्त्र एवं अङ्गहरूको संवेदन कार्यहरूलाई प्रभावित गर्दछ भने त्यसलाई अधाङ्ग वात भनिन्छ ।     चालमा विकृति हुनु अर्थात् लङ्गडापन, सुन्नता, प्रभावित भागमा पीडा तन्त्रिका तन्त्रले राम्रोसँग काम नगर्दा जब शरीरको दायाँ भाग प्रभावित हुन्छ, तब बोल्नमा कठिनाइ हुन्छ ।     अत्यधिक अश्रुस्राव र ¥यालस्रावको साथसाथै मुख विपरीत दिशामा घुम्नु पक्षघातका लक्षण हुन् ।     सबै चिकित्सा पद्धतिमा रोगको अवस्था अनुसार उपचार हुन्छ । आयुर्वेदमा पक्षघातको निम्नानुसार चिकित्सा व्यवस्था गरिएको छ ।     प्रारम्भमा नै रसायन प्रयोग एवं रहनसहन (जीवनशैली)मा बदलाव, औषधीय तेल जस्ता दशमूल तैल, महानारायण तैल, महामास तैलबाट स्नेहन अर्थात् हलुका मालिस गर्नुपर्दछ ।     औषधियुक्त जडीबुटीको कवाथबाट स्वदेन गर्नुपर्दछ । मृदु विरेचन, बस्ति र नब्य गर्नु

शरीरमा जलन र आयुर्वेद उपचार

Image
डा. रमेश मिश्र   अनुचित खानपान, रहनसहन तथा वातावरणमा परिवर्तनले हामीलाई धेरै रोग लाग्ने गर्दछ । केही रोग कुनै लक्षण नै नदेखाइ प्राणघातक हुन्छन् त केही रोगमा रोगको अवस्था अनुसार विभिन्न लक्षणहरू देखा पर्दछन् र उपचार समयमा गरियो भने निको हुन्छ । शरीरमा जलन हुनु धेरै रोगको सङ्केत गर्दछ । कसैलाई पूरै शरीरमा जलन हुन्छ, कसैको हात खुट्टामा जलन हुन्छ त कसैको छाती, पिसाब नली, पेट आदिमा जलन हुन्छ । यो जलन हुने अवस्था शरीरभित्र कुनै न कुनै रोग भएको सङ्केत गर्दछ । आयुर्वेद अनुसार कुनै बाहरी कारण (आगो वा सूर्यको ताप वा अन्य कारण)को सम्पर्कबिना शरीरमा जलन हुनुलाई दाह रोग भनिन्छ । धेरै व्यक्तिमा यस्तो अवस्था कहिलेकाहीं हुन्छ । आयुर्वेद अनुसार दाह रोग दुई प्रकारका हुन्छन्– वातिक दाह र पैतिक दाह । जब शरीरभित्रको वायु आप्mनो प्रकोपका कारणहरूबाट कुपित भएर पित्तलाई विकृत गर्दछ, तब दाह (जलन) उत्पन्न हुन्छ । त्यसलाई वातिक दाह भनिन्छ । जब विधिविपरीत बढी मद्यपान, प्रकुपित रक्त, तृष्णा निरोध आभ्यान्तर रक्तस्राव, अन्य रोग आदिको कारणले गर्दा वा पित्तस्व प्रकोपका कारणहरूबाट प्रकुपित भएर शरीरमा दाह उत्पन्न गर्द