$type=ticker$count=12$cols=4$cate=0

बल्झेको नेपाली राजनीति

SHARE:

 


 

 

 

 

 

 

 

 

 

विनोद गुप्ता

सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति मूलधारमा फर्किएको र प्रम ओलीको प्रतिगमन निरस्त भएकोमा सबै नेपाली न्यायपालिका र यसका न्यायमूर्तिहरूप्रति नतमस्तक नै हुनुपर्दछ। नतमस्तक यस अर्थमा कि सर्वोच्चले निवेदकहरूको मागबमोजिम पुनस्र्थापना मात्र गरेन, बरु विघटित संसद्को निरन्तरता कायम गर्दै बैठक बोलाउने मितिसम्म तय गरिदिएको छ। पुनस्र्थापना पक्षका निवेदकहरूबाट मिति तोक्ने माग नभएको अवस्थामा विपक्षले प्रम ओलीले बैठक नडाक्न सक्ने तर्क प्रस्तुत गरेको आधारमा संज्ञान लिंदै अदालतले मितिसम्म तोकेर पुनस्र्थापनाको पक्षमा फैसला दिएर देश र संविधानलाई समेत लिकमा ल्याइदिएको हो।
ओली समूह र प्रचण्ड–नेपाल समूहको पार्टीबारेको आधिकारिकता विवादमा निर्वाचन आयोगले म्याद नाघिआएको भनी अड्को थाप्ने निश्चित नै छ। यस अवस्थामा देशको राजनीति जटिल हुने भविष्यवाणी भइरहेको छ। सर्वोच्चको आदेश अनुसार फागुन २३ गतेको लागि बैठक डाक्ने गरी काम भइरहेको छ। यस अवस्थामा प्रमले नैतिकताको आधारमा राजीनामा दिने वा संसद्को सामना गर्ने दुईवटा मात्र विकल्प भएकोमा प्रम ओलीले इतिहाससमेतको बेवास्ता गरी संसद्को सामना गर्ने बताइसक्नुभएको छ। विगतमा पूर्वप्रमहरू कीर्तिनिधि विष्टले सिंहदरबार आगलागी, सूर्यबहादुर थापाले राजाले संसद्को राय लिएर विघटन अस्वीकार गरेपछि र गिरिजाप्रसाद कोइरालाले मालेले समर्थन फिर्ता लिएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए। त्यतिमात्र होइन, ओली सरकारकै मन्त्री शेरबहादुर तामाङ र गोकुल बाँस्कोटाले समेत नैतिकताको आधारमा राजीनामा दिएको सबैलाई थाहा नै छ।
उहाँको यो घोषणाले कामै लिन नसक्ने भनी विघटन गरेको संसद्मा उहाँ कसरी फर्किन मिल्छ भन्ने प्रश्न खडा भएपनि प्रमलाई यसको वास्ता छैन। यस्तो अवस्थामा प्रचण्ड–नेपाल समूहसँग रहेको पहिलो विकल्प हो (१) ओलीसँग सम्झौता गरेर विवाद समाप्त गरी सत्ता चलाउने (२) ओलीलाई संसदीय दलको नेताबाट हटाउने र (३) अविश्वास प्रस्तावबाट हटाउने। पहिलो विकल्प कुनै ठूलो चमत्कार नै भयो भने सम्भव होला। दोस्रो विकल्पको कुरा गर्दा संसदीय दलभित्र ओली र प्रचण्ड–नेपाल समूहको सदस्य सङ्ख्यामा थोरै मात्र अन्तर भएकोले ‘हर्स टे«डिङ’को अत्यधिक जोखिम छ।
संसदीय दलको नेताको पदबाट ओलीलाई हटाउँदा उनी प्रधानमन्त्री रहने अवस्था हुँदैन तर संसदीय दलको बैठक संसदीय दलको नेताले मात्र बोलाउन सक्ने हुँदा ओलीले बैठक नबोलाइ संसद्को सामना गर्ने तयारी गरेको हुनुपर्दछ। संसदीय दलभित्र पनि उनको बहुमत शङ्कास्पद नै रहेको छ। तर संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा भने उपनेताले १५ दिनभित्र बैठक बोलाउने व्यवस्था छ।

तेस्रो विकल्पमा जान आफ्नै दलभित्रको व्यक्तिलाई अविश्वासको प्रस्ताव लगाउने नैतिक सङ्कटका साथै ह्वीपको विरोधमा जाँदा सांसदलाई पद गुमाउने खतरा रहन्छ तर त्यसको कारबाई संसदीय दलबाट नभएर केन्द्रीय समितिबाट गर्नुपर्ने प्रावधान रहेको र प्रचण्ड ओलीसँग केन्द्रीय समितिमा राम्रै बहुमत रहेकोले कानूनीरूपमा धक मान्नुपर्ने देखिंदैन। अब रह्यो नैतिकताको प्रश्न यसलाई समयसापेक्ष रूपमा हेर्नुपर्दछ। सामान्य अवस्थामा खुकुरीले मान्छे काट्दा जन्मकैदको सजाय हुन्छ तर त्यही खुकुरीले युद्धको मैदानमा जति बढी मान्छे काट्यो त्यति ठूलो पदक पाइन्छ। दुवै अवस्थामा कर्म एउटै भएपनि अवस्था फरक हो। त्यसैगरी, ओलीविरुद्धको लडाइँमा अहिले अविश्वासको प्रस्तावबाट हटाउनु अनैतिक हुँदैन। तर यसमा पनि जटिलता देखिएको छ। त्यो के हो भने अविश्वास प्रस्ताव दर्ता गर्दा प्रधानमन्त्रीको नामसमेत खुलाउनुपर्ने व्यवस्था भएकोले कि त नेपाली काङ्ग्रेसले प्रचण्ड–नेपालको कुनै एकको नाममा सहमति जनाउनुपर्ने हुन्छ। यसको अर्को विकल्प भनेको शेरबहादुर देउवाको नाममा सहमति जुट्नु हो तर यसरी पेश भएको अर्को दलको संसदीय दलको नेतालाई प्रममा प्रस्तावित गर्न मिल्छ वा मिल्दैन भन्ने कुरा स्पष्ट छैन। त्यस कारणले काङ्ग्रेस र समाजवादी दलले प्रचण्ड–नेपाल समूहको वैधानिकता स्पष्ट गर्न अडान लिएको बुझिन्छ। अर्को दलको संसदीय दलको नेताको नाम प्रस्ताव गर्न मिल्ने अवस्था वा प्रचण्ड–नेपाल समूहले वैधानिकता टुङ्गो लगाएमा जुनसुकै अवस्थामा काङ्ग्रेसको सहयोगविना सरकार बन्न नसक्ने भएकोले नेकाले ओली समूहलाई साथ दिने आत्मघाती कदम नचाल्ने हो भने प्रचण्ड–नेपाल समूहसँग मिलेर अगाडि बढ्ने रणनीति लिन सक्छ। यस्तो अवस्थामा आफू प्रधानमन्त्री र रामचन्द्र पौडेललाई राष्ट्रपतिमा राखी आउँदो महाधिवेशनबाट निष्कन्टक सभापति बन्न पाउने सौभाग्य देउवालाई मिल्नेछ। अर्कोतर्फ देउवालाई समर्थन गर्दा अविश्वास प्रस्ताव दर्ता गर्दा प्रधानमन्त्रीको लागि प्रस्तावित व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्नुपर्ने व्यवस्था संविधानको धारा १०० (७) मा रहेको र त्यसरी नियुक्त व्यक्तिले एक महीनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। जुन सजिलै हुन सक्छ। तर प्रम ओलीले संसदीय दल छलेर संसद्मा जाने र त्यहाँ अविश्वासको प्रस्तावले अप्ठेरो पार्ने काम भएमा अधिवेशन अन्त्य गरी दिन सक्छन् भन्ने चर्चा पनि व्याप्त छ। उनको कामकारबाईले पनि यस्तै सङ्केत गरिरहेको छ। एकदमै विपरीत अवस्थामा ओलीले पार्टी फुटाउने र काङ्ग्रेसको समर्थनमा संसद् विघटन गरी फेरि चुनावमा धकेल्ने सम्भावनाको समेत चर्चा भइरहेको छ। तर नेकाले यस्तो कदम चालेमा चुनाव जित्नेतर्फ जमानतसमेत जोगाउन अप्ठेरो पर्ने स्थिति आउन सक्छ। यस्तो अवस्थामा सभामुखसँग समेत केही विशेषाधिकार छन्, जसको प्रयोग अत्यन्त अप्रिय हुने भएपनि यो अन्योलबाट देशलाई बाहिर निकाल्न सकिन्छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बल्झेको नेपाली राजनीति
बल्झेको नेपाली राजनीति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjfYYAXI3Z64YkW95qF8sEFKzasbfQEBCh7VbXAupGVJvaQdAYxINMh0W3cyw2xyBxfP5h59biN759fKE98zCe4mZSMJT5elpIOzPgbY1E5ujf7GPjSd1NOu3HlAvtVZT9pyBFRuJQRyjV/w264-h320/binod.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjfYYAXI3Z64YkW95qF8sEFKzasbfQEBCh7VbXAupGVJvaQdAYxINMh0W3cyw2xyBxfP5h59biN759fKE98zCe4mZSMJT5elpIOzPgbY1E5ujf7GPjSd1NOu3HlAvtVZT9pyBFRuJQRyjV/s72-w264-c-h320/binod.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/03/blog-post_79.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/03/blog-post_79.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy