$type=ticker$count=12$cols=4$cate=0

द्रोण पर्व–२८

SHARE:


उमाशङ्कर द्विवेदी

यस प्रकार राजा ययातिले धैर्यको साथ कामनाहरूको त्याग गरेर आफ्नो पुत्रलाई राज्यसिंहासनमाथि बसालेर आफू वनमा गए। उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन।
सुनिन्छ, नाभागका पुत्र राजा अम्बरीष पनि मृत्युलाई प्राप्त भएका थिए। उनी एक्लैले दश लाख योद्धासित युद्ध गरेका थिए। एक समयको कुरा हो, राजाका शत्रुहरूले उनलाई युद्धमा जित्ने इच्छाले आएर चारैतिरबाट घेरामा हालेका थिए। ती जम्मै अस्त्रयुद्धका ज्ञाता थिए र राजाप्रति अशुभ वचन प्रयोग गर्दथे। अनि राजा अम्बरीषले आफ्नो अस्त्रबल, हस्तलाघव र युद्धसम्बन्धी शिक्षाद्वारा शत्रुहरूका छत्र, ध्वजा, आयुध र रथको टुक्रा–टुक्रा पारिदिएका थिए। अनि त उनीहरू आफ्नो प्राण बचाउनको लागि प्रार्थना गर्न थाले– “हामीहरू तपाईंको शरणमा छौं,’ भन्दै उनको शरणागत हुन पुगे। यस प्रकार उनले शत्रुहरूलाई वशीभूत गरेर सम्पूर्ण विश्वमाथि विजय प्राप्त गरेर शास्त्रविधि अनुसार एक सय यज्ञको अनुष्ठान गरे। ती यज्ञहरूमा श्रेष्ठ ब्राह्मण तथा अन्य मानिसहरू पनि सबै प्रकारले उत्तम अन्न भोजन गरेर अत्यन्त तृप्त भएका थिए तथा राजाले पनि सबैको धेरै सत्कार गरेका थिए। साथै उनले धेरै सामग्री दानमा पनि दिएका थिए। अनेकौं मूर्धाभिषिक्त राजाहरू र सयकडौं राजकुमारलाई दण्ड तथा कोषसहित उनले ब्राह्मणहरूको अधीन गरिदिएका थिए। महर्षिहरूले उनीमाथि प्रसन्न भएर भनेका थिए– “असङ्ख्य दक्षिणा दिने राजा जस्तो यज्ञ गर्दछन्, त्यस्तो यज्ञ न पहिले कसैले गरेको थियो, न अब भविष्यमा कोही गर्नेछ।” सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू पनि मरेर गएपछि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन।
सुनिन्छ, जसले नाना प्रकारका यज्ञ गरेका थिए, ती शशबिन्दु राजा पनि मरेका थिए। उनकी एक हजार स्वास्नी थिए र प्रत्येक स्त्रीको कोखबाट एक एक हजार सन्तान उत्पन्न भएका थिए। उनीबाट जन्मेका प्रत्येक राजकुमार पराक्रमी, वेदको विद्वान् र उत्तम धनुष धारण गर्ने प्रकारका थिए। सबैले अश्वमेध यज्ञ गरेका थिए। राजा शशबिन्दुले आफ्ना ती जम्मै राजकुमारलाई यज्ञमा ब्राह्मणहरूलाई दानमा दिएका थिए। प्रत्येक राजकुमारपिच्छे एक/एक सय सुवर्णभूषित कुमारी कन्या थिए, एक/एक कन्यापिच्छे एक/एक सयवटा हात्ती, हात्तीपिच्छे एक/एक सयवटा रथ, रथपिच्छे एक/एक सयवटा घोडा, घोडापिच्छे एक/एक हजार गाई तथा गाईपिच्छे पचास/पचासवटा भेडा थिए। यस्तो अपार धन राजा शशबिन्दुले आफ्नो यज्ञमा ब्राह्मणहरूलाई दानमा दिएका थिए। त्यस यज्ञमा कोसौंसम्म विशाल अन्नको भण्डार लागेको थियो। राजाको यज्ञ समाप्तिपछि अन्नका ते–हवटा राश उब्रेको थियो। उनको राज्यकालमा यस पृथ्वीमाथि ह्ष्टपुष्ट मानिसहरू रहन्थे, यहाँ कुनै पनि प्रकारको विघ्न–बाधा थिएन, कुनै रोग थिएन। धेरै समयसम्म राज्यको उपभोग गरेर उनी दिव्यलोक प्रस्थान गरे। उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन।
राजा अमूर्तरयका पुत्र गयको पनि मृत्युको कुरा सुनिन्छ। उनलै एक सय वर्षसम्म अग्निहोत्र गरेका थिए र प्रतिदिन होमावशिष्ट अन्न मात्रको भोजन गर्दथिए। यसबाट अग्निदेवले प्रसन्न भएर वर माग्नलाई भने। अनि गयले यस्तो वरदान मागे– “म तप, ब्रह्मचर्य, व्रत, नियम र गुरुजनहरूको कृपाबाट वेदको ज्ञान प्राप्त गर्न चाहन्छु। अर्कालाई कष्ट नपु–याईकन नै आफ्नो धर्म अनुसार रहेर अक्षय धन प्राप्त गर्न चाहन्छु। प्रतिदिन म ब्राह्मणहरूलाई दान दिन पाउँ तथा यस काममा मेरो अधिकाधिक श्रद्धा बढोस्। आफ्नो वर्णकी कन्यासित मेरो विवाह होस्, पत्नी पतिव्रता रहून् तथा उनकै गर्भबाट मेरो पुत्र उत्पन्न होओस्। अन्नदानमा मेरो श्रद्धा बढोस् तथा धर्ममा मेरो मन रमिरहोस्। मेरो धर्म कार्यमा कहिले पनि कुनै किसिमको विघ्न न आओस्।” ‘यस्तै होस्, तथास्तु’ भनेर अग्निदेव अन्तर्धान भए। राजा गयलाई उनको जम्मै अभीष्ट प्राप्त भयो र उनले धर्मबाट नै शत्रुहरूमाथि विजय प्राप्त गरे। एक सय वर्षसम्म बडो श्रद्धापूर्वक उनले दर्श, पौर्णमास, आग्रयण तथा चातुर्मास्य आदि नानाथरीका यज्ञ गरे तथा ती यज्ञहरूमा प्रचुर दक्षिणा दिए। उनी प्रतिदिन प्रातःकाल एक लाख साठी हजार गाई, दश हजार घोडा तथा एक लाख सुनको असर्फी दान गर्दथे। उनले अश्वमेध यज्ञमा मणिमय बालुवावाला सुनको पृथ्वी बनाएर ब्राह्मणहरूलाई दान दिएका थिए। समुद्र, नदी, नद, वन, द्वीप, नगर, राष्ट्र, आकाश तथा स्वर्गमा जुन नानाथरीका प्राणीहरू रहन्थे, ती जम्मै यज्ञको सम्पत्तिबाट तृप्त भएर भन्दथे– राजा गयको समान अरू कसैको पनि यज्ञ भएन। उनले छत्तीस योजन लामो र तीस योजन चौडाइको चौबीसवटा सुवर्णमयी वेदी बनाएका थिए। वेदीहरू पूर्वदेखि पश्चिमको क्रममा बनाइएको थियो। वेदीहरूमाथि मौती र हीराहरू ओछ्याइएको थियो। ती जम्मै वस्त्र र आभूषणको साथ ब्राह्मणहरूलाई दान दिइएको थियो। क्रमशः...

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : द्रोण पर्व–२८
द्रोण पर्व–२८
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilEBdhcnyjqip5HhIj65WL8NF-OkJV-zQmo0cmgtvaGUSi0nqp2J0nqj5bi9osOvI7Y4ZBx67n23PA4AoRTrEA8JsnjaGiheXxMzp7F-lBnIFsQBxPlOwKQlzJS-H9A8o92fY7fv_scK_N/w304-h320/umashanker+duwedi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilEBdhcnyjqip5HhIj65WL8NF-OkJV-zQmo0cmgtvaGUSi0nqp2J0nqj5bi9osOvI7Y4ZBx67n23PA4AoRTrEA8JsnjaGiheXxMzp7F-lBnIFsQBxPlOwKQlzJS-H9A8o92fY7fv_scK_N/s72-w304-c-h320/umashanker+duwedi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/01/blog-post_845.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/01/blog-post_845.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy