$type=ticker$count=12$cols=4$cate=0

नेपालमा औद्योगिक विकासको प्रचुर सम्भावना

SHARE:


विश्वराज अधिकारी

हामी साधन भएर पनि साधनविहीन छौं। हातमा सीप छ तर सृजना गर्दैनौं। पूँजी छ, लगानी गर्दैनौं। एउटा सफल औद्योगिक राष्ट्र हुनका लागि हामी सँग आवश्यक सबै कुरा छन् तर हामी गर्दैनौं। किन होला ? पहिले हामी देशमा आर्थिक विकास नहुनुको प्रमुख कारण पञ्चायती व्यवस्थालाई मान्थ्यौं। निरङ्कुशतालाई मान्थ्यौं। तर अहिले त प्रजातन्त्र छ। यो प्रजातन्त्रमा पनि विकासको गति किन कछुवा–चालको भएको होला ?
दशकौंदेखि हामी भारतको एक संरक्षित एवं लाभदायक बजार बन्दै आएका छौं तर विभिन्न कुरा स्वदेशमा नै उत्पादन गर्ने प्रयाससम्म पनि गरेका छैनौं। पछिल्लो समय हामी चीनको एक भरपर्दो बजार बन्नेतिर लागेका छौं। चीनबाट पनि औद्योगिक आवश्यकताका होइन, दैनिक आवश्यकताका वस्तुहरू मात्र ठूलो परिमाणमा आयात गरिरहेका छौं। तर ती कुरा हामी स्वदेशमा नै उत्पादन गर्न सक्छौं।
हामीमा एउटा अनौठो प्रवृत्ति छ। देशभित्र जे जति समस्या छन् ती नेता, राजनीतिक दल एवं सरकारद्वारा सृजित भएको मान्छौं, ती समस्या सृजनामा आफ्नो, सामान्य जनताको, कुनै पनि किसिमको भूमिका देख्दैनौं। यसैगरी देशको आर्थिक विकासको लागि केवल सरकारलाई जिम्मेवार देख्छौं, आफ्नो भूमिका देख्दैनौं। हामी यो सोच्न र बोध गर्न मान्दैनौं कि नेता, सरकार तथा राजनीतिक दलहरूको जन्म हाम्रो समाजबाटै भएको हो, उनीहरू अर्को ग्रहबाट आएका होइनन्। भ्रष्ट प्रशासक, अस्थिर राजनीति एवं गैरजिम्मेवार नेता जन्म दिने हाम्रो समाज परिवर्तन गर्नेतिर हामी किन लाग्दैनौं ? हामी आफूभित्र  परिवर्तन ल्याउनेतिर किन लाग्दैनौं ?
राजनीतिक व्यवस्थाको हिसाबले मेक्सिको र क्यानाडाबीच ठूलो अन्तर छैन। यी दुवै राष्ट्र प्रजातान्त्रिक व्यवस्था भएका मुलुक हुन्। दुवै मुलुकका नागरिकले उत्तिकै राजनीतिक स्वतन्त्रता पाएका छन्। मेक्सिको र क्यानाडा दुवै संसारकै सर्वाधिक धनी राष्ट्र अमेरिकाका निकट छिमेकी हुन्। मेक्सिको अमेरिकासँग टाँसिएको दक्षिणी छिमेकी हो भने क्यानाडा उत्तरमा टाँसिएको छिमेकी। यी दुवै राष्ट्रले अमेरिका, क्यानाडा र मेक्सिकोबीच भएको एक व्यापार सन्धि (ग्लष्तभम क्तबतभक(ःभहष्अय(ऋबलबमब ब्नचभझभलत) अनुसार अमेरिकासँग व्यापार गर्ने उत्तिकै सुविधा पाएका छन्। तर मेक्सिको र क्यानाडाबीच आर्थिक, सामाजिक र राजनीतिक हिसाबले ठूलो अन्तर छ। मेक्सिको विकासशील मुलुक हो भने क्यानाडा विकसित मुलुक। मेक्सिकोको केन्द्रीय राजनीतिमाथि लागू पदार्थ तस्कर (म्चगन ीयचमक) हरूको ठूलो पकड एवं प्रभाव छ भने क्यानाडामा एक स्वच्छ प्रशासनको। यसैगरी मेक्सिकोबाट प्रत्येक वर्ष सयौंको सङ्ख्यामा मेक्सिकन अवैधरूपमा अमेरिका प्रवेश गर्छन् भने क्यानाडाबाट त्यसरी केनडियनहरू अमेरिका प्रवेश गरेको नगण्य सुनिन्छ। मेक्सिकोमा लागू पदार्थ तस्करहरूको बोलबाला छ र उनीहरूद्वारा प्रत्येक वर्ष सयौं निर्दोष नागरिकको हत्या हुन्छ भने क्यानाडामा त्यस्तो हुँदैन। मेक्सिकोमा औसत प्रत्येक दिन ९५ जनाको हत्या हुने गर्दछ। सन् २०१९ मा त्यहाँ ३५००० मानिसको हत्या भएको थियो।
यस्तो किन भएको होला ? क्यानाडा र मेक्सिकोबीच यत्रो अन्तर किन देखिएको होला ? उत्तर सजिलो छ। कुनै पनि देशको राजनीतिक, सामाजिक एवं आर्थिक व्यवस्था त्यहाँको जनताबाट निर्धारित हुने हो, सरकारबाट होइन। नेताबाट पनि होइन। यिनीहरू केवल माध्यम हुन्। यो तथ्य हामीले नबुझेसम्म, यस उपर गम्भीर नभएसम्म नेपालको आर्थिक, सामाजिक विकास सम्भव छैन।

आउनुस् अब नेपालमा औद्योगिक विकासका सम्भावनाबारे चर्चा गरौं। नेपाललाई आवश्यक पर्ने धेरै वस्तुहरू जुन अहिले कि भारत नभए चीनबाट ठूलो परिमाणमा आयात गरिन्छ, नेपालमैं उत्पादन गर्न सकिन्छ। उदाहरणका लागि नेपालमा अहिले निम्न आय भएका व्यक्तिहरूको हातमा राम्रो आय भएर उनीहरू मध्यम वर्गीय हुन पुगेका छन् र ती नवमध्यमवर्गीयहरूले ठूलो सङ्ख्यामा अनेक वस्त माग गरिरहेका छन्। ती वस्तुको माग नेपाली बजारमा ठूलो परिमाणमा छ। जस्तै अहिले मोटरसाइकलको माग नेपाली बजारमा ह्वात्तै बढेको छ। अहिले नेपाली उद्यमीहरूले नेपालमैं मोटरसाइकल उत्पादन गरेर बिक्री गर्ने हो भने राम्रो परिमाणमा बिक्री गर्न सक्छन्। नेपाल अहिले मोटरसाइकलको राम्रो सुरक्षित एवं संरक्षित बजार भएको छ। तर यस अवसरको मौद्रिक फाइदा अहिले भारतले उठाइरहेको छ। भारतले प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा मोटरसाइकल नेपाल निर्यात गर्छ। कस्तो अचम्म १ जुन अवसर हामीले जानीजानी गुमाइरहेका छौं त्यो अवसरको भारतले भरपूर उपयोग गरिरहेको छ। भारतले बर्सेनि नेपाली मोटरसाइल–बजारबाट करोडौं रुपियाँ कमाइरहेको छ। साधन भएर पनि हामी साधनविहीन भएको योभन्दा उत्कृष्ट अर्को उदाहरण के हुन सक्ला ?
योजनाबद्ध किसिमले नभएपनि नेपालमा अहिले मोटरयोग्य सडकको लम्बाइ एवं सङ्ख्या दुवै वृद्धि भएको छ। तुलनात्मकरूपमा बढी व्यापारिक क्रियाकलाप हुने राजधानी काठमाडौंलाई अहिले सातवटा राजमार्ग (१. हेटौंडा–नारायणगढ–मुग्लिन–काठमाडौ, २. हेटौंडा–कुलेखानी–बल्खु–काठमाडौं, ३. हेटौंडा–पालुङ हुँदै काठमाडौं, ४. हेटौंडा –हुमाने–फर्पिङ हुँदै काठमाडौं, ५. हेटौंडा –मकवानपुर गढी–कान्ति राजपथ हुँदै काठमाडौं, ६. निजगढ–मकवानपुर, छतिवन–खोकना हुँदै काठमाडौं, ७. हेटौंडा –फर्पिङ– मातातीर्थ हुँदै कलङ्की काठमाडौं) हरूले तराईसँग जोडेको छ। यसैगरी देशका अनेक जिल्लामा पनि सडकको सङ्ख्या र लम्बाइमा विस्तार भएको छ। यो स्थितिले नेपालमा सवारीको सङ्ख्यामा व्यापक वृद्धि भएको बलियो सप्रमाण पुष्टि गर्दछ। यो कारणले गर्दा नै नेपालामा सवारीका साधन (ट्रक, बस, कार, जीप, भ्यान आदि) हरूको मागमा व्यापक वृद्धि भएको छ। अहिले नेपाललाई भारतले ठूलो सङ्ख्यामा सवारी साधन बिक्री गरिरहेको छ। नेपालबाट बर्सेनि करोडौं रुपियाँ आम्दानी गरिरहेको छ। नेपाल, सवारी साधन उत्पादन गरेर ठूलो सङ्ख्यामा बिक्री गर्न सकिने भरपर्दो बजार भए तापनि हामीले नेपालमैं सवारीका साधन उत्पादन गर्न सकेका छैनौं र यो अवसर जानीजानी भारतलाई प्रदान गरेका छौं। साधन र स्रोत भएर पनि हामी गरीब हुनुको यो अर्को एउटा थप उत्कृष्ट उदाहरण हो।
हामीले उन्नत प्रविधि प्रयोग गरेर एकीकृतरूपमा खेती गर्ने हो भने ठूलो परिमाणमा अन्न उत्पादन गरेर आत्मनिर्भर हुन सक्छौं, निर्यात नै गर्ने स्थितिमा पुग्न सक्छौं। तर हामीले यो अवसरको पनि उपयोग गर्न सकेका छैनौं। तराईका खेतीयोग्य धेरै जमीन घडेरीमा रूपान्तरित भएका छन् भने पहाडी भूमिको उत्पादन लक्ष्Fित उपयोग गर्न सकेका छैनौं।
हामीले सेवाको क्षेत्रमा पनि अनेक किसिमका सेवा उत्पादन गर्न सक्छौं। नेपालको पर्वतारोहण विश्वमैं सर्वोकृष्ट छ। संसारभरका मुलुकका नागरिकले सगरमाथाको नाम सुनेको छ भने धेरैले नेपाल पुगेर सगरमाथामा पुग्ने चाहना गरेको सुन्न पाइन्छ। नेपालमा विश्वका अनेक मुलुकका नागरिकलाई आमन्त्रित गरेर पर्वतारोहण गर्न उनीहरूलाई अनेक किसिमका सेवा, सुविधा उपलब्ध गराएर हामीले बर्सेनि ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सक्छौं। तर यस्तो गर्न सकेका छैनौं। अनेक किसिमका प्रशासनिक झञ्झट खडा गरेर पर्वतारोहण व्यवसायलाई राम्रो आयको स्रोत बनाउन सकेका छैनौं। यो स्थितिमा पनि हामी साधन भएर गरीब बनेका छौं।
विभिन्न विदेशी राष्ट्रमा रहेका नेपाली दूतावासहरूलाई नेपालको पर्वतारोहण व्यवसायको प्रवद्र्धन गर्न प्रयोग गर्न सकिन्छ। राजदूतहरूलाई यो व्यवसाय प्रवद्र्धन गर्न बलियो माध्यम तुल्याउन सकिन्छ। विदेशमा रहेका नेपाली दूतावासहरूमा पर्वतारोहण मेला आयोजना गरेर विदेशीहरूलाई नेपाल आएर पर्वतारोहण गर्न उत्प्रेरित गर्न सकिन्छ। यो कार्यका लागि विदेशमा बसेका नेपालीहरूले विदेशस्थित नेपाली दूतावासहरूलाई सहयोग गर्नेछन् किनभने सबै नेपालीले आफ्नो मातृभूमिको आर्थिक विकास होस् भन्ने इच्छा राखेको हुन्छ। यो एउटा ठूलो अवसर हो। यो अवसरको हामीले भरपूर उपयोग गर्नुपर्छ।
नेपालले ठूलो परिमाणमा उत्पादन गर्न सक्ने अर्को वस्तु हो कपडा। कपडा उत्पादन, सम्पूर्णरूपमा, स्वदेशमा गरेर हामी कपडामा आत्मनिर्भर हुन सक्छौं। चीनबाट अहिले जस्तो ठूलो परिमाणमा आयात गर्नुपर्दैन। तर उचित र दीर्घकालीन योजनाको अभावले गर्दा अहिले हामी चीनबाट ठूलो परिमाणमा कपडा र लुगाफाटो आयात गरिरहेका छौं। आफूले कपडा उत्पादन गर्न सक्ने अवसर पनि जानीजानी गुमाइरहेका छौं।
नेपाल उच्च सम्भावनाले भरिएको देश हो। साधन र स्रोतले भरिएको देश हो। विश्वमा अनेक देशहरू छन् जोसँग स्रोत र साधन छैन। तर नेपालामा स्थिति त्यस्तो छैन। हामीसँग सबैथोक छ, नभएको केही छ भने–त्यो हो इच्छाशक्ति।
आपसी विश्वास, समझदारी, समन्वय र मेलमिलापको हामीमा अति अभाव छ। जबकि यी नै कुराहरू आर्थिक विकासका पूर्व शर्त हुन्।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपालमा औद्योगिक विकासको प्रचुर सम्भावना
नेपालमा औद्योगिक विकासको प्रचुर सम्भावना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj3DslzcS82yT6B2iEHNAy8aCOJGrdEIqBWaB0sjGNj0vUexCFjiXVHDFDOzwKEuBohGl3xiL6GIWV2sJa5bOuKpVz3LN2B63yCCrOd8kvJA9w1Aht-MAtMzHJWGO95Q5C3_B9I_YV5aXt_/w291-h320/bishwaraj.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj3DslzcS82yT6B2iEHNAy8aCOJGrdEIqBWaB0sjGNj0vUexCFjiXVHDFDOzwKEuBohGl3xiL6GIWV2sJa5bOuKpVz3LN2B63yCCrOd8kvJA9w1Aht-MAtMzHJWGO95Q5C3_B9I_YV5aXt_/s72-w291-c-h320/bishwaraj.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/01/blog-post_535.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/01/blog-post_535.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy