$type=ticker$count=12$cols=4$cate=0

द्रोण पर्व–२६

SHARE:


उमाशङ्कर द्विवेदी

यद्यपि रावण देउता र दैत्यहरूसित पनि अवध्य थियो, साथै ब्राह्मण र देउताहरूको लागि कण्टकरूपी थियो। रामले उसलाई उसका आफन्तहरूसहित मारेर सीतालाई फर्काए। देउताहरूले उनको स्तुति गरे, सम्पूर्ण संसारमा उनको कीर्ति फिजियो। देउता र ऋषिहरू उनको सेवामा रहन थाले। उनले विशाल साम्राज्य पाएर सम्पूर्ण प्राणीमाथि दया गरे। धर्मपूर्वक प्रजाको पालन गर्दै अश्वमेध नाम महायज्ञको अनुष्ठान गरेका थिए।
श्री रामचन्द्रजीले  भोक र प्यासमाथि विजय पाइसकेका थिए। सम्पूर्ण देहधारीका रोगहरूलाई नष्ट पारिदिएका थिए। उनी कल्याणमय गुणहरूबाट सम्पन्न थिए र सदैव आफ्नो तेजबाट प्रकाशमय रहन्थे। सबै प्राणीभन्दा अधिक तेजस्वी थिए। रामको शासनकालमा यस पृथ्वीमाथि देउता, ऋषि र मानिसहरू एकैसाथ रहन्थे। उनको राज्यमा प्राणीहरूको प्राण, अपान र समान आदि प्राणहरू क्षीण हँुदैनथे। त्यति बेला सबैको आयु लामो हुन्थ्यो। कुनै नवजवान मर्दैनथ्यो। देउता र पितर वेदहरूको विधिबाट प्रसन्न भएर हव्य र कव्य ग्रहण गर्दथे। रामको राज्यमा उपियाँ, उडुसहरूको नाम अस्तित्व थिएन। विषालु सर्पहरू नष्ट भइसकेका थिए। कोही पानीमा डुबेर वा आगोमा जलेर मर्दैनथ्यो। त्यति बेलाका मानिसहरू अधर्ममा रुचि राख्ने, लोभी र मूर्ख हँुदैनथे। सबै वर्णका मान्छेहरू शिष्ट, बुद्धिमान् र आफ्नो कर्तव्य पालन गर्ने खालका थिए।
जनस्थानमा राक्षसहरूले पितर र देउताहरूको पूजा नष्ट पारिदिएका थिए। तिनीहरूलाई रामले मारेर पुनः प्रचलित पारिदिएका थिए। त्यति बेला एक/एक मानिसका हजारौं सन्तान उत्पन्न हुन्थे र तिनीहरूको आयु पनि एक/एक सहस्त्र वर्षको हुन्थ्यो। ठूलाले आफूभन्दा कान्छोको श्राद्ध गर्नुपर्दैनथ्यो। भगवान् रामको श्यामसुन्दर छवि, तरुण अवस्था र अलिक अरुणायुक्त आँखा थियो। भुजाहरू सुन्दर तथा घँुडासम्म लाम्चो थियो। सिंहको समान काँध थियो। उनको झलक सबै जीवलाई मोहित पार्ने खालको थियो। उनले एघार हजार वर्षसम्म राज्य गरे। त्यति बेलाका मान्छेहरूको जिब्रोमा केवल रामको नै नाम हुन्थ्यो। अन्तमा आफू र आफ्ना भाइहरूको अंशस्वरूप दुई/दुई पुत्रद्वारा आठवटा राजवंशको स्थापना गरेर उनले चारै वर्णका प्रजाहरूलाई साथमा लिएर परमधाम गमन गरे। सृञ्जय, तिमी र तिम्रा पुत्रबाट सर्वथा श्रेष्ठ ती राम पनि यदि यहाँ रहन सकेनन् भने तिमी आफ्नो पुत्रको लागि किन शोक गरिरहेका छौ ?
नारदजीले पुनः भने– सृञ्जय, राजा भागीरथको मृत्युको कुरा पनि सुनिन्छ। उनले यज्ञ गर्ने बेला गङ्गाजीको दुवै तटमा सुनको इँटले घाट बनाउन लगाएका थिए र सुनको आभूषणबाट विभूषित दश लाख कन्या ब्राह्मणलाई दान गरेका थिए। सबै कन्या रथमा बसेका थिए, सबै रथमा चार/चार वटा घोडा जोतिएका थिए। प्रत्येक रथको पछिपछि एक/एक सय हात्ती सुवर्ण माला लगाएर हिंडिरहेका थिए। एक/एक हात्तीको पछिपछि हजार/हजार वटा घोडा, प्रत्येक घोडाको पछिपछि एक/एक सय गाई र गाईहरूको पछि/पछि बाख्रा र भेंडाहरूको बथान थियो। यस प्रकार उनले धेरै दक्षिणा र दान दिएका थिए। गङ्गाजी घुइँचोबाट आत्तिएर– मेरो रक्षा गर, मेरो रक्षा गर भन्दै भगीरथको काखमा गएर बसिन्। त्यसैले उनी भागीरथकी पुत्री भइन् र उनको नाम ‘भागीरथी’ हुन पुग्यो। गङ्गादेवीले पनि उनलाई पिता भनेर सम्बोधन गरिन्। जुनसुकै ब्राह्मणले जब–जब जुन–जुन वस्तुको इच्छा गरे, जितेन्द्रिय राजाले त्यो त्यो वस्तु उनलाई तत्काल अर्पण गरे। राजा भागीरथ ब्राह्मणहरूको आशीर्वाद र कृपाले ब्रह्मलोलाई प्राप्त गरे। सृञ्जय, उनी तिमी र तिम्रा पुत्रभन्दा सर्वथा श्रेष्ठ थिए। त्यसैले तिमीले आफ्नो पुत्रको लागि शोक गर्नुहँुदैन।
इलविलाका पुत्र राजा दिलीप पनि मरेका थिए, जसको एक सय यज्ञहरूमा लाखौं तत्व ज्ञानी एवं याज्ञिक ब्राह्मण नियुक्त भएका थिए। उनले यज्ञ गर्दा धन–धान्यबाट सम्पन्न यो सम्पूर्ण पृथ्वी ब्राह्मणहरूलाई दान गरिदिएका थिए। राजा दिलीपको यज्ञमा सुनको सडक बनेको थियो। इन्द्र आदि देउता उनलाई धर्मको समान मानेर उनको यज्ञमा उपस्थित भएका थिए। उनको सुवर्णमय सभा भवन सदैव देदीप्यमान रहन्थ्यो। त्यहाँ रसको खोलो बग्दथ्यो, अन्नको राशको पहाड बनेको थियो। सुनले बनेका हजारौं यूप थिए। त्यहाँ गन्धर्वराज विश्वावसु बडो प्रसन्नताका साथ वीणावादन गर्दथे। सबै प्राणी ती राजाको सम्मान गर्दथे। एउटा कुरा उनको राज्यमा अद्भुत थियो, जुन अन्य राजाहरूकोमा थिएन। राजा दिलीप युद्ध गर्ने बेला जब जलमा प्रवेश गर्दथे, उनको रथको पाङ्ग्रा पानीमा भिज्दैनथ्यो, डुब्दैनथ्यो। ती सत्यवादी तथा उदार नरेशको जसले दर्शन गर्न पाउँदथ्यो, ऊ पनि स्वर्गलोकको अधिकारी हुन पुग्दथ्यो। राजा दिलीपको घरमा यी पाँच प्रकारका शब्दहरू कहिले पनि बन्द हँुदैनथे– स्वाध्यायको आवाज, धनुषको टङ्कार, अतिथिहरूको लागि खाऊ, पिऊ अनि मोज गर। ती राजा र उनका पुत्र तिमी र तिम्रा पुत्रभन्दा श्रेष्ठ थिए, तर तिनीहरू पनि जीवित रहन सकेनन्, अनि तिमी आफ्नो पुत्रको लागि किन शोक गरिरहेका छौ। क्रमशः...

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : द्रोण पर्व–२६
द्रोण पर्व–२६
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhHSZOBiIbA6NNGzb_hiTC-3v9ibBELG6SY89krwxDL80wM6Inc30ACwcdhtBqHYrDt8kf07nC0qf8gRb9z1Rnt-au6dx34NqRUPH8kXfsXLahJV7zWezY1ZyZPDlRFC5DY_e9O_E0ADcYO/w305-h320/umashanker+duwedi+pic.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhHSZOBiIbA6NNGzb_hiTC-3v9ibBELG6SY89krwxDL80wM6Inc30ACwcdhtBqHYrDt8kf07nC0qf8gRb9z1Rnt-au6dx34NqRUPH8kXfsXLahJV7zWezY1ZyZPDlRFC5DY_e9O_E0ADcYO/s72-w305-c-h320/umashanker+duwedi+pic.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/01/blog-post_125.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/01/blog-post_125.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy