राधेश्याम पटेल, वीरगंज, १४ साउन/
तीन दिनअघि वीरगंज–२१ परवानीपुरकी १७ वर्षीया सङ्क्रमित किशोरीको शव नेपाली सेनाको टोलीले वीरगंज–३१ मिलनचोकनजीक भेडाहा खोलाको किनारमा सद्गत गर्न गयो। तर अवस्था असामान्य बन्यो, वरपरका करीब दुई हजार मानिस आएर नेपाली सेनालाई कोरोना सङ्क्रमितको शव सद्गत गर्न विरोध गरे। अन्त्यमा एउटा शर्तमा अन्तिम संस्कार गर्न दिए। शर्त थियो आइन्दा कुनै सङ्क्रमित शव उक्त स्थानमा सद्गत गर्न नल्याउने।
भोलिपल्ट गण्डक कोभिड अस्पतालमा मृत्युवरण गरेका वीरगंजका ६५ वर्षीय वृद्धको शव दाहसंस्कार गर्न नेपाली सेनाले कुनै ठाउँ भेटेन। सोमवार साँझ ५ बजे नेपाली सेनाले सोही ठाउँमा शव सद्गत गर्ने तयारी थाल्यो। चण्डीप्रसाद गण वीरगंजका प्रमुख सेनानी मदनजङ्ग राणा आफैं जेसिबी लिएर भेडाहा खोलामा पुगे। गण्डक अस्पतालको आकस्मिक कक्षमा ३० घण्टादेखि अलपत्र परेको शव, सेना र प्रहरीको सहकार्यमा व्यवस्थापन गरिएको शववाहनमा राखेर लगियो। गाउँलेले फेरि अवरोध सृजना गरे। प्रशासन तथा सेनाको योजना विफल भयो। सेनाले शव पुनः गण्डक अस्पताल पु–यायो। गण्डक कोभिड अस्पतालमा ड्युटीमा खटेका वरिष्ठ फिजिसियन डा नीरज सिंहले भने– “शव कुनै हालतमा आकस्मिक कक्षमा राख्दिनँ, अन्य रोगी आए भने कहाँ उपचार गर्ने ?”
सुरक्षाकर्मीले भने– “कर्नेल साबले भन्नुभएको छ, आज शव गाड्न सहज भएन, शव अस्पतालमैं राखौं।” डा नीरजले शव अस्पतालमा राख्न मान्दै मानेनन्, बरु राजीनामा दिन्छु भने। त्यसपछि राति १० बजे तिलावे खोलाको किनारमा लगेर शवको सद्गत गरियो।
कोरोना सङ्क्रमितको उपचारमा संलग्न डा नीरज सिंहले कोरोना नियन्त्रणको सवालमा स्थानीय प्रशासन र जनप्रतिनिधिले जिल्लालाई खेलौना बनाएको आरोप लगाएका छन्। उनले आक्रोश पोख्दै भने– “एक त सङ्क्रमित व्यक्ति मर्नु नै लाजको कुरा हो, त्यसमा पनि उसको सद्गतमा विभिन्न टन्टा भइरहेको छ। कुनै बेला एम्बुलेन्स भएन, कुनै बेला ड्राइभर छैन, अब अन्तिम संस्कारका लागि ठाउँ नै भएन १”
विगत चार महीनादेखि यदि प्रशासन, जनप्रतिनिधि तथा स्थानीय नेताहरूले पहल गरी सबै कुराको निधो गरेका भए, आज यो दिन देख्नुपर्ने थिएन, उनले दुःखेसो पोखे।
यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत पालिकाहरू र जनताको उदासीनताले यस्तो अवस्था आएको प्रतिक्रिया दिन्छन्। उनले भने– “हामीले शव सद्गत गर्ने ठाउँ पनि तोकेका थियौं, तर शव जलाउने र गाड्ने बेला हजारौं मानिसको भीड ओर्लिन्छ, बल प्रयोग पनि गर्न भएन, चाँडै यसबारे सम्बद्ध पक्ष्Fसँग छलफल गरी सद्गत गर्ने ठाउँ तोकिन्छ।”
वीरगंजका प्रमुख विजयकुमार सरावगीले आफूलाई असफल गर्न केही नेताले स्थानीय जनतालाई उक्साएर त्यसो गराइरहेको जवाफ दिन्छन्। “पक्ष–विपक्ष सबै दलका नेताले मेरो खेदो खनिरहेका छन्, मेयरको हाइट बढेको छ, कसरी घटाउने, कोभिड महामारीमा त्यही सोचमा छन्” –उनले भने– “तिलावेमा सद्गत गर्न दिंदैनौं, भेडाहा खोलामा दिदैंनांै भन्दैछन्, तर उनीहरूलाई उचाल्ने अर्कै छन्।”
शव जलाउँदा वा गाड्दा भाइरस फैलिंदैन– डा रोशन कुर्मी
गाउँँलेहरूले विरोध गर्नुको पछाडि शव गाउँटोल वा छिमेकको खोला किनारमा गाडियो वा जलाइयो भने कोरोना भाइरस फैलिन्छ। तर त्यस्तो हुने सम्भावना एकदमै कम रहेको चिकित्सकहरू बताउँछन्। वीरगंजका फिजिसियन डा रोशन कुर्मी जनचेतनाको कमीले यस्तो भ्रम सिर्जना भएको बताउँछन्। “जनतामा मानवीयता हराएको छ, विनाआधार बखेडा झिकेर बबाल गर्दैछन्” –उनले भने– “त्यसले गम्भीर समस्या निम्त्याइरहेको छ भने अर्काेतर्फ कोभिड अस्पतालमा उपचारमा जटिलता बढ्दै गएको छ।” तराई हस्पिटल एन्ड रिसर्च सेन्टरका सञ्चालकसमेत रहेका डा कुर्मी भन्छन्–“शव पूर्णरूपमा सुरक्षित प्लास्टिक झोलामा बन्द हुने र शव जलाउँदा निस्कने धूवाँ वा गाडेको ठाउँको माटोमा सङ्क्रमण फैलिंदैन, यो कुरा अगुवाहरूले गाउँलेलाई बुझाउन जरुरी छ। अन्यथा अवस्था झन् भयावह बन्नेछ।” उनले शवको सद्गतमा परिवारकै सदस्यसमेत नजाने, टोलछिमेकका मानिसले मलामी जानेलाई टोलमा फर्कन नदिने चेतावनी दिने गरेको सुन्दा मन रोएको बताए। “हाम्रो मानवीयता कहाँ गयो, बुबा मर्दा छोराले पिपिई लगाएर सद्गत गर्न खोज्दा पनि समाजले रोक्दैछ” –उनी भावुक बन्दै भन्छन्– “यस्तो अवस्थामा मृतकका परिवारजनलाई कति मानसिक पीडा हुन्छ, कल्पना पनि गर्न सकिन्न।”