- सञ्जय मित्र
राजा जनक दुई दाजुभाइ थिए कि ? दुई दाजुभाइको बारेमा स्रोतहरू स्पष्ट छन्।
राजा जनकको वास्तविक नाम सीरध्वज हो। सीरध्वजका भाइको नाम कुशध्वज हो। कुशध्वजकी दुई पुत्री माण्डवी र श्रुतकीर्ति हुन्।
सबैलाई थाहा छ, रामको विवाह सीता, लक्ष्मणको विवाह उर्मिला, भरतको विवाह माण्डवी र शत्रुघ्नको विवाह श्रुतकीर्तिसित भएको हो।
सीरध्वज जनक मिथिला नरेश हुन् र कुशध्वज सांकाश्याका नरेश हुन्।
रामायणमा सांकाश्य नगरीको भौगोलिक अवस्थिति इक्षुमती नदीको किनारमा भएको बताइएको छ। वास्तवमा यो इक्षुमती नदी कहाँ हो त ?
इक्षुमती नामका नेपाल र भारतमा दुई अलग नदी देखिन्छन्। नेपालमा काठमाडौं उपत्यकाका नदीहरूमध्ये एक एकको नाम इक्षुमती नदी रहेको छ। यो इक्षुमती नदी बागमती नदीमा मिसिन्छ।
भारतमा इक्षुमती नदीको विषयमा धेरै स्पष्ट छैन तर विभिन्न शास्त्रहरूमा इक्षुमती नदीको बारेमा भनिएको छ। पाणिनिको अष्टाध्यायीमा सांकाश्या नगरको स्थिति यसै इक्षुमती नदीको किनारलाई बताइएको छ। वाल्मीकीय रामायणमा पनि यही भनिएको छ। महाभारतको भीष्मपर्वमा इक्षुमालिनी नदीको उल्लेख छ।
भारतमा इक्षुमती नदी भएको विषय एकदम स्पष्ट छ तर ईखन, यमुना र सरस्वतीमध्ये कुन हो ? दाबी आफ्नै रहेको छ तर्क अनुसार। एक ठाउँमा कालिंदी नदीको पुरानो नाम इक्षुमती भएको बताइएको छ। कलिंद पर्वतबाट निस्केकोले कालिंदी भनियो। कालिंदीको आधुनिक नाम यमुना हो। यसैगरी, वाल्मीकीय रामायणमा एक ठाउँमा अयोध्याबाट कैकेय देशमा दूत पठाउने प्रसङ्गमा आएको इक्षुमती नदीको अवस्थितिले कतै सरस्वती नदीलाई सङ्केत गरेको अनुभूति हुन्छ। इक्षुमालिनी भनिएको चाहिं उत्तर प्रदेशको फर्रुखावाद जिल्लाको संकिसामा रहेको ईखन नदी पो हो कि ?

अब सांकाश्या नगरीको दृष्टिकोणबाट विचार गरौं।
कुशध्वज सांकाश्याका राजा थिए। सांकाश्यलाई सांकाश्य वा संकश्या पनि भनेको पाइन्छ। सांकाश्यलाई कतै नगरी वा कतै नगर भनेर उल्लेख गरेको पाइन्छ। कतै राज्य नै भनिएको पनि पाइन्छ। नगरी र नगरमा खासै भेद छैन। यसैगरी, पहिले अधिकांश राज्य वा देशको राजधानीको नामबाट पनि देशलाई चिनाइएको पाइन्छ।
कुशध्वजको सांकाश्या नगरी वर्तमान भारतको उत्तर प्रदेशको एटा जिल्लामा पर्दछ। सांकाश्या नगरीको वर्तमान नाम वसन्तपुर भनिएको छ। एटा जिल्ला अलिगढ मण्डलमा पर्ने एक जिल्ला हो। यो ठाउँ प्राचीन भारतको पञ्चाल जनपद अन्तर्गत रहेको पनि उल्लेख पाइन्छ।
इतिहासमा सांकाश्या प्रसिद्ध छ। गौतम बुद्धको जीवनकालमा सांकाश्या ख्यातिप्राप्त नगर थियो। पाली कथा अनुसार बुद्ध त्रयस्त्रिंश स्वर्गबाट यहीं अवतरित भएका थिए। चिनियाँ यात्री युवानच्वांगले सांकाश्यको नाम कपित्थ पनि लेखेका छन्। जैन मतावलम्बीहरू सांकाश्यालाई ते–हौं तीर्थकर विमलनाथको ज्ञानप्राप्ति स्थलको रूपमा मान्दछन्।
कस्तो संयोग ? नेपालको इक्षुमती नदी रहेको भूगोल काठमाडौं उपत्यकामा पनि वसन्तपुर रहेको छ भने भारतको इक्षुमती नदीको सन्दर्भमा पनि वसन्तपुरको नाम आएको छ।
सीरध्वज जनकका भाइ कुशध्वज कसरी सांकाश्या नगरीको राजा बन्न पुगे त ?
के उल्लेख पाइन्छ भने सांकाश्याका राजा सुधन्वा थिए। सुधन्वा राजा सीरध्वज जनककी छोरी सीतासित विवाह गर्न चाहन्थे। सीरध्वज जनक सम्भवतः यसको पक्षमा थिएनन्। सुधन्वाले मिथिलामाथि आक्रमण गरे। सीरध्वज जनकले कडा प्रतिकार गरे। मिथिलालाई चारैतिरबाट सुधन्वाको सेनाले घेरेको अवस्थामा आफ्ना भाइ कुशध्वज तथा सम्पूर्ण सेना र नागरिकको सहयोगमा राजा सीरध्वज जनकले युद्ध जिते। युद्धमा सुधन्वा मारिए। सुधन्वा मारिएपछि सुधन्वाले सञ्चालन गरेको राज्य सांकाश्याको शासक सीरध्वज जनकले आफ्नो भाइ कुशध्वजलाई बनाए।
वाल्मीकीय रामायणमा सीरध्वज जनकले आफ्ना पुरोहित शतानन्दजीलाई छोरी सीताको विवाहको समयमा गरिएको यज्ञको संरक्षक कुशध्वजलाई बनाउन चाहेको उल्लेख छ। सोही क्रममा कुशध्वजका गुणहरूबारे बताइएको छ। सीरध्वज जनकले बताएका छन्– “इक्षुमती नदीको जल पिउँदै त्यसैको किनारमा बसेको कल्याणमयी सांकाश्या नगरीमा कुशध्वज निवास गर्ने गरेको र सांकाश्या नगरीको चारैतिरबाट रक्षाको लागि शत्रु निवारणार्थ समर्थ ठूला ठूला यन्त्र जडान गरिएका छन्। सांकाश्या नगरी पुष्पक विमानजस्तै विस्तृत तथा पुण्यबाट प्राप्त हुने स्वर्गलोकको सदृश सुन्दर छ। त्यहाँ रहने आफ्नो भाइलाई विवाहको शुभ अवसरमा उपस्थित देख्न चाहन्छु किनभने मेरो दृष्टिमा उनी मेरो यस यज्ञका संरक्षक हुन्। महातेजस्वी कुशध्वज पनि मसँगै श्रीसीता–रामको यस विवाहसम्बन्धी यस मङ्गल समारोहको सुख प्राप्त गर्नेछन्।”
सीरध्वजको राजधानी र कुशध्वजको राजधानीको बीचको दूरी कति हो ? यसबारे खासै केही बताइएको छैन। दूत जान्छन् र कुशध्वजलाई राजाको सन्देश सुनाउँछन्। मिथिलाको सारा वृत्तान्त दूतबाट जानकारी लिएर कुशध्वज मिथिला आउँछन्।
राजा सीरध्वजले आफ्नो कुलको परिचय दिने क्रममा पिता ह्र्रस्वरोमाका दुई छोरामध्ये जेठो आफू र कान्छो कुशध्वज भएको बताउँछन्। सोही क्रममा सांकाश्या नगरबाट आएर मिथिलालाई चारैतिरबाट घेरा हाली आफ्नो दूत पठाएर शिवजीको परम उत्तम धनुष तथा छोरी सीताको माग गरेको तर आफूले शर्त स्वीकार नगर्दा युद्ध भएको बताएका छन्। युद्धमा आफ्नै हातबाट सुधन्वाको मृत्यु भएको बताउँदै सीरध्वजले सुधन्वाको मृत्युपछि भाइ कुशध्वजलाई सांकाश्या नगरको राज्यमा आफूले अभिषिक्त गरेको स्पष्ट पारेका छन्।
यस वर्णनको क्रममा पनि मिथिलादेखि सांकाश्या नगरीको दूरी कति तथा कुन दिशामा पर्ने भन्ने कुरा स्पष्ट भएको पाइँदैन।
अर्को कोणबाट एउटा अर्को प्रसङ्ग हेरौं।
ततः प्रागुत्तरां गत्वा रामः सौमित्रिणा सह।
विश्वामित्रं पुरस्कृत्य यज्ञवाटमुपागमत्।।
अहिल्या उद्धार गरी लक्ष्मणसहित श्रीराम विश्वामित्रजीलाई अगाडि गरी महर्षि गौतम आश्रमबाट इशान कोणतिर हिंडे र मिथिला नरेशको यज्ञमण्डपमा पुगे।
इशान कोण भनेको उत्तर र पूर्वको बीचको भाग हो। वर्तमान प्रचलित शब्दावलीमा यसलाई पूर्वोत्तर कुना भन्न सकिन्छ। अर्थात् गौतम ऋषिको आश्रमबाट मिथिला जानलाई विश्वामित्र, राम र लक्ष्मण पूर्वोत्तर दिशामा हिंडेका थिए भन्ने स्पष्ट हुन्छ।
उसो भए ऋषि गौतमको आश्रम कहाँ थियो त ? अथवा, अहिल्या उद्धार कुन ठाउँमा गरिएको थियो त ?
गौतम आश्रमलाई मिथिलाको उपवनमा गोदावरी नदीको किनारमा रहेको उल्लेख पाइन्छ। अहिले विकिपिडिया हेर्दा गोदावरी नदीलाई दक्षिण भारतको प्रमुख नदीको रूपमा उल्लेख गरेको पाइन्छ। यसलाई दक्षिण गङ्गा पनि भनिएको पाइन्छ। यो महाराष्ट्रमा रहेको मानिन्छ।
केही ठाउँमा गौतम ऋषिको आश्रम नर्मदा नदीको किनारमा मिथिलाको उपवनमा रहेको भनिएको पनि पाइन्छ। हिन्दीको विकिपिडियाले नर्मदा नदीलाई पनि मध्यभारतको नदी मानिएको पाइन्छ। मध्यप्रदेश, महाराष्ट्र र गुजरातमा यस नदीको मुख्य धारा भएको उल्लेख पाइन्छ।
अहिल्यास्थानको सङ्केत बिहारको दरभङ्गा जिल्लासित पाइन्छ। दरभङ्गा जिल्लामा अहियारी भन्ने गाउँ छ। त्यसै गाउँलाई अहिल्यास्थान मानिएको पाइन्छ। हिन्दी भाषाको विकिपिडिया अनुसार अहिल्यास्थान सीताको जन्मस्थल सीतामढीभन्दा ४० किलोमिटर पूर्वमा अवस्थित छ। कमतौल रेलवे स्टेशनमा ओर्लेर अहिल्यास्थान पुग्न सकिन्छ। विश्वामित्रको आज्ञाले रामले त्यसै ठाउँमा अहिल्याको उद्धार गरेका थिए।
ताटका राक्षसको वध गरी सबैजना मिथिला आउने क्रममा अहिल्याको उद्धार गरेका थिए। र भोजपुरको खोजी गर्दा दुई तथ्य आउँछन्।
नेपालमा पनि भोजपुर जिल्ला छ र भारतमा पनि।
नेपालको भोजपुर जिल्ला भएर राम मिथिला आए भन्ने कुरामा त्यत्ति विश्वास लाग्दैन किनभने यहाँको भूगोल नै यति पृथक छ कि रामायणमा भनिएको भूगोलसित मेल खाँदैन। र अयोध्याबाट यता आउने मार्गमा पर्ने देखिंदैन।
भारतको बिहारको भोजपुर जिल्ला भने हो कि ? भोजपुर जिल्लाको बिहारको अवस्थिति राजधानी पटनाभन्दा पश्चिम छ। यसलाई वर्तमानमा कतिपयले आरा पनि भन्दछन्। यद्यपि भोजपुरको एउटा खण्ड आरा भएको देखिन्छ। भोजपुर जिल्लाको सदरमुकाम आरा हो। ताटका वध गरिएको जिल्ला भने भोजपुरलाई मानिएको छ।
सामान्यतया जनकपुर, दरभङ्गाको अहिल्यास्थान र ताटकाबघ भोजपुरबीच एउटा सम्बन्ध हुने कारण यो पनि देखिन्छ कि विश्वामित्रसहित राम र लक्ष्मण गङ्गा पार गरेपछि एक रात वैशालीका राजा सुमतिको दरबारमा आतिथ्य ग्रहण गरेका थिए। जनकपुर, अहिल्यास्थान, ताटका वध गरिएको ठाउँ गरी यी तीनवटै ठाउँभन्दा निकै स्पष्ट रूपमा वैशालीको बारेमा वाल्मीकि रामायण (सर्ग ४७)मा स्पष्ट पारिएको छ।
सीरध्वज जनकका भाइ कुशध्वजसित भावनात्मक सम्बन्ध र सरोकार हामी सबैको हुनुपर्छ, उनको राजधानी सांकाश्या नगरीको खोजी तथा सम्बन्धबारे हाम्रो चासोमा वृद्धि हुनुपर्ने देखिन्छ।