प्रस, सेढवा, ८ साउन/
पर्साको थरुहट क्ष्Fेत्रका किसानहरू भदैया मन्सुली र अगहनी धानको गोडमेलमा व्यस्त छन्।
वर्षे बाली धानमा विभिन्न प्रजातिका घाँस, झारहरू उम्रने गरेकाले त्यसलाई गोडमेल गरी सफा गरेर मल छर्दा धान उत्पादन बढी हुने पटेर्वासुगौली गापा–३ का किसान भगन चौधरीले
समयमा गोडमेल नगर्दा उत्पादन घट्ने हुनाले अहिले किसानहरू गोडमेलमा लागिपरेका छन्। बिहानैदेखि किसानहरू गोडमेलमा सक्रिय देखिएका छन्। भदैया मन्सुली धानको दोस्रोपटक गोडमेल भइरहेको छ भने अगहनी धान र सोना मन्सुलीको पहिलोपटक गोडमेल भइरहेको छ। दुवै धानको गोडमेलमा किसानहरू व्यस्त छन्।
जीराभवानी गापा–१ का भरत दास थारूले भदैया धानलाई सोहनी (गोडमेल) गर्दै बेहनीको अवस्थामा आएको बताए। उनले भदैया धानको गोडमेल अन्तिम भएको र यो समयमा किसानलाई युरिया मलको आवश्यकता रहेको बताए। तर किसानलाई आवश्यक भएकै बेलामा कृषि सामग्री कम्पनी र साल्ट टे«डिङमा युरिया मलको अभाव छ।
भारतबाट एक–दुई बोरा आवश्यकता अनुसार ल्याइने युरिया मल पनि पछिल्लो चरणमा त्यहाँ लकडाउन कडा गरिएपछि रोकिएको छ। भारतीय सीमा सुरक्षा प्रहरीले किसानहरूलाई एक–दुई बोरा मल ल्याउन रोक लगाएको छैन। तर तस्करहरूसँगको मिलेमतोमा नेपालतर्फका सुरक्षाकर्मीले भने किसानहरूलाई दुःख दिने गरेको उनले गुनासो गरे।
नेपालमा पचास किलो तौलको युरिया मल रु ७५० मा प्राप्त हुन्छ भने भारतमा सोही मल भारु ३५० मा पाइन्छ। अहिले युरिया मलको अभाव भएकोले किसानहरूले ४५ किलो तौलको भारतीय युरिया मल रु १५ सयमा खरीद गर्नुपरेको छ। केही किसानले मात्रै युरिया मल सञ्चय गरेका छन्।
अधिकांश किसानलाई गोडमेल गरेपछि युरिया मल कहाँबाट ल्याउने भन्ने चिन्ता छ।
बताए। उनले यस वर्ष आकाशे पानीमा आश्रित किसानहरूसमेत नियमित वर्षाले उत्पादन सप्रने भएपछि खुशी भएको बताए।पर्साको थरुहट क्ष्Fेत्रका किसानहरू भदैया मन्सुली र अगहनी धानको गोडमेलमा व्यस्त छन्।