प्रस, परवानीपुर, १६ असार/
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीका अध्यक्ष असलम देवान वडाको विकासमा उदासीन देखिएको वडावासीको आरोप छ।
उनले आफ्नै गाउँको सडक निर्माणमा समेत लापरवाही गर्दा अहिले सयौं जनता मारमा परेको गाउँलेको गुनासो छ। भलुहीको म्याग्नस फर्मास्यूटिकल्स प्रालिदेखि मुस्तकिम अन्सारीको घरसम्मको करीब साढे ४ सय मिटर लम्बाइको सडक खराब हँुदा अहिले गाउँलेहरू सास्ती खेप्न बाध्य भएको स्थानीय नेपाली काङ्ग्रेसका नेता ताहिर हुसैनले बताए।
वडा कार्यालयबाट हरेक वर्ष लाखौं रकम बजेट आएको जनताले सुन्ने गरेको तर वडाध्यक्षले केही काम गर्न नसकेकाले बालबालिका, महिला, पुरुष तथा सबैलाई सडक भएर आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ। यस विषयमा वडाध्यक्ष असलम देवानसँग बुभ्mदा उनले लकडाउनको कारण सडक निर्माण कार्य प्रभावित भएको स्वीकार गरे।
उनले गत वर्षदेखि चालू आवमा गरी कुल १ करोड २० लाख रुपैयाँको बजेट आए तापनि दुई वर्षमा मात्र ३० लाख रुपैयाँको काम मात्र हुने स्थिति रहेको बताए। उनले लकडाउनमा गिट्टी, बालुवालगायत निर्माण सामग्रीको पनि अभाव भएकोले समयमा सडक निर्माण कार्य गर्न नभ्याएको दाबी गरे। उनले गाउँलेले सडक निर्माणको काममा आफूलाई नसघाएको पनि प्रतिक्रिया दिएका छन्।