असारको १५ हिजो बित्यो। यो दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। किनकि धान नेपालीहरूको मुख्य खाद्यान्न हो। धानको खेती नेपालमात्र होइन, प्रायः सबै दक्षिणी र दक्ष्Fिणपूर्वी एशियामा मुख्य बालीका रूपमा गरिन्छ। हुनत विश्वमा धान मात्र मुख्य बाली होइन। गहुँ, मकै पनि मुख्य बाली हुन्। देशको भूगोल, हावापानी, माटो र वातावरण सुहाउँदो खाद्यान्न नै कुनै पनि देशको मुख्य बाली हुने गर्दछ। समशीतोष्ण जलवायु र भूगोल, उर्वर पानी लाग्ने माटो रहेको ठाउँ धानबालीका लागि उपयुक्त मानिन्छ। कुनै पनि बाली माटोको गुण अनुसार उत्पन्न हुन्छ। कुनै पनि खाद्यान्न खास भूगोलको हावापानी अनुसार रुचाइन्छ। र धानबालीका लागि एशियाका यी भूभागको माटो, मौसम उपयुक्त छ। मानिसको प्राथमिक आवश्यकतामा प्रमुख भोजन हो। भोजन सुपाच्य, शक्तिबद्र्धक र अनेक प्रकारका परिकार बनाउने योग्य हुनुपर्छ। स्वाद, प्रजातिमा विभिन्नता भएको बाली छ भने त्यसलाई सबै स्वादका मानिसले मन पराउँछन्।
धानमा यी सबै विशेषता छ। धान उत्पादन हुने भूगोलकै चर्चा गरौं। एशियाका नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, म्यान्मा, चीन, थाइल्यान्डलगायत मुलुकको हावापानीमा धान बाली हुने विशेषता छ। भूगोल अनुसार धानका प्रजाति पनि हजारौं छन्। नेपालमा मात्र सयौं प्रजातिका धान उपलब्ध छन्। मसिनो–मोटो, कालो, सेतो, रातो, गम्कने प्रकार त छन् नैस धान नै यस्तो बाली हो, जुन वर्षैभरि पानी भरिएको जग्गामा पनि हुन्छ–भियतनाम, कम्बोडिया। आवश्यकता अनुसार पानी लाग्ने र सुक्ने नेपाल, भारतलगायत देशमा र पानी थोरै भएपनि उब्जनी दिने जातको धान पनि हुन्छ। यी क्ष्Fेत्रमा वर्षको बा–ह महीनामा धेरै समय गर्मी हुन्छ। गर्मीमा शरीरलाई ठण्डक दिने भोजन आवश्यक पर्छ, जुन भातमा मात्र पाइन्छ। भात खाएपछि प्यास कम लाग्छ, जसले गर्दा यस भूभागका किसानलाई टन्टलापुर घामले पनि अत्याउन सक्दैन। पोषणको दृष्टिकोणले पनि भात आफैंमा सम्पूर्ण भोजन हो। यसलाई बढी गुणकारी बनाउन सकिन्छ, शरीर अनुसार यसको गुण हटाउन पनि सकिन्छ। मोटो र चिनी रोगीले माड पसाएर यसलाई पथ्य बनाउन सक्छन् भने सामान्य मानिसका लागि त यो सबै दृष्टिले सन्तुलित आहार हो।
धानमा जति धेरै प्रजाति, रूप–रङ, स्वाद, आकार अन्य कुनै पनि खाद्यान्नको हुँदैन। यसमा टाँसिने गुण पनि हुन्छ, जसले गर्दा दशैं वा अन्य धार्मिक समारोहमा चामलको टीका लगाइन्छ। यसरी यसको धार्मिक र सांस्कृतिक महत्व पनि छ। धानबाहेक अन्य कुनै खाद्यान्नमा सुगन्ध हुँदैन। त्यसैले परापूर्वकालदेखि धान रोपाइँलाई सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। धान रोपाइँ गर्दा के पहाड, के मधेस सबै ठाउँमा पूजा गरिन्छ, गीत गाइन्छ। अन्य कुनै पनि बाली वा वनस्पति रोप्दा राजनीतिक कारणले समारोह गरिएबाहेक धानजस्तो सांस्कृतिक मर्यादा कसैले पाउँदैन। हो, हिजोआज मानिसमा शारीरिक श्रमको अल्पता, रहनसहन–खानपिनमा विकार आदिले गर्दा भातलाई परहेज गर्ने चलन बढ्दो छ तर त्यो अज्ञानजन्य परहेज हो। किनकि आधुनिकताले गर्दा हामीले धान कुटेर चामल मात्र निकाल्दैनौं, चामललाई पनि कुटेर त्यसमा पाइने फाइबर त निकाल्छौं नै पोषक तत्व नष्ट पार्न पालिस पनि गर्दछौं। गुण झिकिदिएपछि बाँकी रहने त अवगुण नै हो, त्यसमा धान वा चामलको के कसूर ?