प्रस, वीरगंज, १५ असार/
नारायणी अस्पताल प्रयोगशालाकी प्रमुख डा नीरा पाठकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको स्वाब नमूना परीक्ष्Fण रिपोर्ट आउन ढिला भएको बताएकी छन् ।
असार ४ देखि ७ गतेसम्मको १३ सय स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलिखेलमा पठाइएको र त्यसमध्ये ६ सयवटाको मात्र रिपोर्ट आएको तथा ७ सयवटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी गराएकी छन् । नारायणी अस्पतालको प्रयोगशालामा जडित पिसिआर मेशिन सञ्चालनमा रहे पनि त्यस बखतको १३ सय नमूना काठमाडौं पठाइएको र आधाको मात्र रिपोर्ट आएकोले गुनासो बढेको बताइन् ।
नारायणी अस्पतालमा दुईवटा पिसिआर मेशिन सञ्चालनमा छन् । यी मेशिनमा पर्सा, बारा र रौतहटबाट आउने स्वाब नमूना परीक्ष्Fण भइरहेको छ । आज मात्र तीन सयवटा स्वाब नमूना आएको र रातिसम्म रिपोर्ट प्रकाशित हुने उनले बताइन् । नारायणी प्रयोगशालामा सञ्चालित पिसिआर मेशिनबाट परीक्ष्Fण द्रुत गतिमा भइरहेको उनले जानकारी गराइन् ।
आइसोलेशन खाली हुँदै
वीरगंज महानगरको सहयोगमा नारायणी अस्थायी कोभिड गण्डक अस्पतालमा सञ्चालित आइसोलेशन खाली हुँदैछ । सङ्क्रमितहरूको रिपोर्ट क्रमशः नेगेटिभ हुँदै गएपछि आइसोलेशन खाली हुन थालेको हो । असार १४ गते २१ जना र १५ गते २ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । आइसोलेशनमा सोमवार एकजना थप भएसँगै अहिले ५ जना मात्र रहेको डा उदयनारायण सिंहले बताए ।