प्रस, वीरगंज, १६ असार/
व्यवस्थित र सुरक्षित वीरगंजको लागि मङ्गलवारदेखि छाडा चौपाया, सफाइ र सडक–फूटपाथ अतिक्रमणविरुद्ध अभियान शुरू भएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले सडक, फूटपाथ अतिक्रमण हुने गरी निर्माण सामग्री नराख्न आह्वान गरेकी छन्। उनले महानगर र वडापालिकाको स्वीकृतिबेगर हुने यस्ता कार्यविरुद्ध कारबाई गर्ने चेतावनी दिइन्।
यसैगरी, महानगरले तोकेको समय र स्थानमा मात्र फोहर फाल्न आह्वान गरेकी छन्। शहरमा छाडा चौपायालाई पनि नियन्त्रण गरिने उनले बताइन्। यसै क्रममा आज नगरप्रहरीको सहयोगमा आठवटा गाईवस्तुलाई नियन्त्रणमा लिइएको छ। आदर्शनगर क्ष्Fेत्रमा निर्माण सामग्री सडक फूटपाथ छेकिने गरी खसालेको ट्याक्टरलाई पनि नियन्त्रणमा लिइएको थियो।
वीरगंजलाई व्यवस्थित र सुरक्षित गर्ने अभियान केही दिनदेखि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा शुरू भएको हो। सामुदायिक सेवा केन्द्र, विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहभागितामा ट्राफिक नियम कानून पालना गराउन, बजार व्यवस्थित गर्नलगायतका कार्यहरू भइरहेका छन्।
यसै क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र मुर्लीको सहकार्यमा पावरहाउसदेखि घण्टाघरसम्म सडक फूटपाथमा राखिएका अनधिकृत पसलहरूलाई व्यवस्थित गर्ने कार्य भएको थियो। प्रनि दीपक साहको अगुवाइमा सडक फूटपाथ अतिक्रमण हटाउने कार्य भएको हो।