राधेश्याम पटेल, वीरगंज, १५ असार/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सारबाट पछिल्लो साढे १० महीनामा १२ अर्ब केराउ, अढाई अर्बको मरिच र एक अर्ब मूल्य बराबरको छोहोडा आयात भएको छ।
चालू आवको जेठ १४ गतेसम्मको तथ्याङ्क अनुसार १ अर्ब २ करोड ९२ लाख ७९ हजार ४३८ रुपैयाँ राजस्व तिरेर १२ अर्ब ४२ करोड १४ लाख ७३ हजार मूल्य बराबरको २९ करोड २० लाख ७ हजार ३ सय ३० किलो केराउ आयात भएको छ भने ८८ करोड ३७ लाख ९४ हजार ७ सय २९ राजस्व तिरेर २ अर्ब ६५ करोड ९४ लाख ६८ हजार मूल्य बराबरको ६२ लाख ६४ हजार ७८० किलो मरिच आयात भएको श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिएका छन्।
त्यसैगरी, असार ६ गतेसम्मको तथ्याङ्क अनुसार ३१ करोड ६ लाख २४ हजार ४ सय ३७ राजस्व तिरेर १ अर्ब १७ करोड ९३ लाख ८४ हजार ६१ मूल्य बराबरको ७ करोड ४३ लाख ६७ हजार ९ सय ६० किलो छोहोडा आयात भएको छ। गत वर्षको तुलनामा छोहोडाको आयात झन्डै १ अर्ब ७ करोड मूल्य बढीको छोहोडा नेपाल भित्रिएको छ। गत वर्ष २ करोड ७७ लाख १२ हजार राजस्व तिरेर १० करोड ६० लाख ५९ हजार मूल्य बराबरको १३ लाख ५३ हजार ४ सय २५ किलो छोहोडा भित्रिएको थियो।
त्यसैगरी, चालू आवमा गत वर्षको तुलनामा दोबर मूल्यभन्दा बढीको
केराउ आयात भएको छ। गत वर्षको १२ महीनामा ३५ करोड १६ लाख ५८ हजार राजस्व तिरेर ६ अर्ब १६ करोड १२ लाख ६७ हजार मूल्य बराबरको १५ करोड २१ लाख ९४ हजार ८ सय ३२ किलो केराउ आयात भएको थियो भने त्योभन्दा अघिल्लो वर्ष १० करोड ७९ लाख १४ हजार राजस्व तिरेर १ अर्ब ९३ करोड ४० लाख मूल्य बराबरको ५ करोड २ लाख २० हजार ३ सय ४२ किलो केराउ आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ।
त्यसैगरी, गत आवको १२ महीनामा ७८ करोड ६८ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ राजस्व तिरेर रु ३ अर्ब १७ करोड ३० लाख ५१ हजार ४ सय ९९ मूल्य बराबरको ७५ लाख ९८ हजार ८ सय ६० किलो मरिच आयात भएको थियो भने त्योभन्दा अघिल्लो वर्ष ४४ करोड ६१ लाख ३३ हजार ७ सय ६७ राजस्व तिरेर २ अर्ब ४१ करोड ९१ लाख ६६ हजार ९ सय ४७ मूल्य बराबरको ६३ लाख ६० हजार ९ सय ६४ किलो मरिच आयात भएको थियो।