प्रस, रौतहट, १६ असार/
सामाजिक संस्था छाया नेपालले रौतहटको परोहा नगरपालिका वडा नं ५, ६, ८ र ९ मा राहत सामग्री वितरण गरेको छ।
वडाका दलित, एकल महिला, अपाङ्ग परिवारलाई राहत वितरण गरिएको छाया नेपालका रौतहट प्रतिनिधि राजेश साहले बताएका छन्। १२७ परिवारलाई प्रदान गरेको राहतमा प्रतिपरिवारलाई २५ किलो चामल, २ किलो दाल, १ किलो खानेतेल, १ किलो नून, १ थान झुल रहेका छन्।
मङ्गलवार बिहान परोहा नगरपालिकाको वसन्तपाटी टोलमा सामाजिक दूरी कायम राख्दै राहत वितरण गरिएको रौतहट प्रतिनिधि साहले बताएका हुन्। कार्यक्रम नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति रवीन्द्रप्रसाद साह र नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सदस्य शैलेन्द्र झाले उद्घाटन गरेका थिए। सो अवसरमा सञ्चारकर्मी, स्थानीय भद्रभलादमीको उल्लेख्य सहभागिता थियो। यसैबीच, सो संस्थाले जिल्ला अस्पताल गौरलाई ४० थान पिपिई र एन–९५ मास्क प्रदान गरेको छ। त्यस्तै, भारत–नेपाल मैत्री सङ्घ अनाथालयलाई ५ बोरा चामल, दाल, खानेतेल, नून, साबुन र झुल प्रदान गरेको प्रतिनिधि साहले बताएका छन्। कोरोनाका कारण हात–मुख जोड्न अप्ठ्यारो भई राहतको माग भएकोले राहत वितरण थालनी गरेको छाया नेपालले जनाएको छ।