जीवनमा सही लक्ष्यको निर्धारण एउटा महत्वपूर्ण पाटो हो, जसको अभावमा जीवन दिशाहीन डुङ्गासरह संसार सागरको लहरमा भटकिरहन्छ तर कतै पुग्दैन। प्रायः लोकचलन, घरपरिवारका ठूला बुजुर्गहरूको इच्छा लक्ष्य निर्धारणका प्रमुख कारक रहन्छन्। यसमा केही नराम्रो छैन, यदि यी सब आफ्नो इच्छा एवं अन्तःप्रेरणाको अनुरूप हुन्छ भने। अन्यथा देखासिकी वा दबाबमा अपनाइएको जीवन लक्ष्यले त्यस सार्थकतालाई बोध दिन सक्दैन, जसको मनुष्य यस सृष्टिको सर्वश्रेष्ठ प्राणी भएको नाताले हकदार हुन्छ। सही लक्ष्यको अभावमा जीवन उपलब्धिले भरिएको भएपनि त्यस सुखदेखि टाढा रहन्छ, जसको उसले आकाङ्क्षा राख्छ। सबैथोक भएर पनि व्यक्ति स्वयम्लाई पूर्णताको बोधबाट कोसौं टाढा पाउँछ।
जीवन लक्ष्य निर्धारण निकै सरल कार्य पनि होइन। धेरै सौभाग्यशाली हुन्छन् ती व्यक्ति जसको जीवन लक्ष्य स्पष्ट हुन्छ, अन्यथा मनुष्य भ्रामक लक्ष्यमा हराएको मनलाई बहलाउँदै फिर्छ, उसको पूरा जीवन जसरी मृगमरीचिकाको पछाडि भटकिएर बित्छ र जीवनको बिदाइका पल एक दुःखद घटनाका साथ त्रासद अन्त्य हुन्छ। अतः जीवन लक्ष्यमा भइरहेको चूकलाई समय रहँदै परिमार्जन गर्नुपर्छ, यसको पुनर्निर्धारण गरेमा यसलाई समझदारीको कदम मानिनेछ। जीवन लक्ष्य निर्धारण गर्दा निम्न कुरामाथि ध्यान राखौं–
रुचिअनुरूप लक्ष्य– लक्ष्य रुचि अनुरूप हुन्छ भने जीवन सरल र सहज बन्छ। सर्वविदित छ कि रुचिपूर्ण कार्यमा मन स्वतः एकाग्र हुन्छ र कार्यमा मन लाग्छ। रुचिको कार्य अगाडि भएपछि व्यक्तिले आलटाल गर्न सक्दैन, उसले प्राथमिकताको आधारमा त्यसलाई निप्टाउँछ र काम पूरा गर्छ। यदि कार्य रुचिको भएन भने व्यक्तिले त्यसलाई गर्न रुचाउँदैन र समय अभाव भन्दै रुन्छ। लक्ष्य रुचिअनुरूप हुनु एउटा ठूलो कारक हो, जसले जीवनलाई सरल एवं सुरुचिपूर्ण बनाउँछ।
मौलिक प्रतिभामा आधारित लक्ष्य– लक्ष्य आफ्नो क्षमता, प्रतिभा एवं योग्यताअनुरूप हुनु एउटा महत्वपूर्ण कारक हो। आफ्नो नैसर्गिक प्रतिभा एवं योग्यताअनुरूप यदि लक्ष्यको निर्धारण भयो भने कार्यमा सफलता एवं सिद्धि समयमैं पाउन सुनिश्चित हुन्छ, अन्यथा नदीको धारविपरीत तैरिए जस्तै परिस्थितिको सामना गर्नुपर्छ। जबकि यदि हाम्रो रुचि छ भने आफूले चाहेको क्षमताको विकास आफ्नो श्रम एवं पुरुषार्थको आधारमा पनि गर्न सकिन्छ तर यसको लागि आवश्यक धैर्य, जीवट एवं अध्यवसायको हुनु अनिवार्य हुन्छ, जुन सबैको लागि सम्भव हुँदैन र जसमा प्रायः चूक हुन्छ।
सामाजिकरूपबाट उपयोगी एवं कल्याणकारी लक्ष्य– लक्ष्य उपयोगी हुनु पनि आवश्यक छ, जसबाट न केवल स्वयम्को जीवन सिङ्गारिन्छ, समृद्ध हुन्छ र समाजको पनि हित हुन्छ। अरूको शोषण एवं समाजको अहितमा आधारित आत्मकेन्द्रित लक्ष्य कुनै पनि रूपले वरेण्य मान्न सकिंदैन। जीवन लक्ष्य श्रेष्ठ, उदात्त एवं महान हुनु आवश्यक छ, यसैको आधारमा भावनात्मक विकास, चित्त शुद्धि एवं आत्मविश्वासको ठूलो उद्देश्य पूरा हुन्छ र जीवनले बाहिरी सफलताका ेसाथै आन्तरिक शान्ति एवं सार्थकताको अनुभूतिलाई प्राप्त गर्छ।
आफ्नो स्वभावअनुरूप लक्ष्य– भन्न आवश्यकता छैन कि लक्ष्य आफ्नो मूल प्रकृति एवं स्वभावको अनुरूप हुनु अभीष्ट हो। यो गीतामा भनिएको स्वधर्मको खोज जस्तै हो, जसको लागि स्वयम्को प्रयासको साथ कुशल मार्गदर्शकको आवश्यकता पनि पर्छ। आफ्नो दममा खोज गर्दागर्दै यसमा धेरै समय लाग्न सक्छ, तर कुनै सक्षम–समर्थ मार्गदर्शन एवं दिशाबोधले यस कार्यलाई सरल बनाइदिन्छ। अतः यस्तै मानव प्रकृतिको मर्मज्ञ व्यक्तिको सहयोग लिन सकिन्छ। आफ्नो नियमित आत्मनिरीक्षण यसको पहिलो चरण हो। तीव्र अभीप्सा यसको दोस्रो चरण हो, जसको आधारमा समयमा उचित मार्गदर्शन पाउनु पनि सुनिश्चित हुन्छ।
लक्ष्य चुनौतीपूर्ण हुनु अभीष्ट– जीवन लक्ष्य चुनौतीपूर्ण हुनु पनि एउटा महत्वपूर्ण तत्व हो। यदि लक्ष्य पहुँचभित्र छ वा निकै सरल छ भने यसलाई प्राप्त गर्नमा कुनै विशेष पुरुषार्थ गर्नुपर्दैन। यस्तोमा व्यक्ति पथको रोमाञ्चबाट वञ्चित रहन्छ र साथै जीवनको श्रेष्ठतम सम्भावना पनि प्रकट हुन सक्दैन। लक्ष्य उच्चतम आदर्शअनुरूप हुनु एउटा ठूलो कदम हो। इतिहास साक्षी छ कि यस्तै जीवन लक्ष्यलाई साथ लिएर व्यक्ति जीवनको दिव्यतम सम्भावनालाई साकार गर्नमा सक्षम भएको छ र जगको वास्तविक हित गरेको छ। यो मार्ग सबैको लागि खुला छ।
लक्ष्यमा आदर्श एवं व्यवहारको सङ्गम– निस्सन्देह जीवन लक्ष्य आदर्शअनुरूप होस्, जसबाट अन्तर्निहित क्षमताको प्रकटीकरण सम्भव हुन सक्छ र जीवनको विकास सुनिश्चित हुन्छ। यसको लागि स्पष्ट एवं व्यावहारिक हुनु पनि आवश्यक छ, जसलाई हामी नियमितरूपले कार्यरूपमा परिणत गर्न सक्छौं तथा जसको प्रगति हामी नियमित अन्तरालमा मापन गर्न सक्छौं। अकल्पनीय आदर्शमा आधारित लक्ष्य जसको कुनै व्यावहारिक स्वरूप हुँदैन, जसको प्रगतिको कुनै मापन हुँदैन, यस्ता कपोलकल्पित लक्ष्यले जीवनलाई त्यो आवश्यक उत्साह र प्रेरणा दिन सक्दैन, जुन जीवनको रणक्षेत्रमा अनेक बाधा–व्यवधानबीच अगाडि बढ्न सहायक हुन्छ।
उपरोक्त आधारमा तय लक्ष्यले जीवनलाई एउटा नयाँ अर्थ दिन्छ, नित्यप्रतिको चुनौतीलाई अवसरमा बदलिने साहस दिन्छ, आफ्नो श्रेष्ठ स्वरूप प्रकट हुने अवसर दिन्छ, व्यक्तिको आत्मिक विकासको आधार बनाउँछ र आफ्नो भाग्यविधाता आफैं हुने विश्वास जगाउँछ। यस्तो जीवन लक्ष्यले अन्ततः व्यक्तिको चरम एवं परम सम्भावनालाई साकार गर्न मार्गप्रशस्त गर्छ। यस्तै जीवन लक्ष्य हामीले पनि निर्धारित गर्नुपर्छ।