प्रस, वीरगंज, १८ जेठ/
नारायणी अस्पतालले आइतवारदेखि मिर्गौला रोगीको लागि डायलोसिस सेवा शुरू गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी आजदेखि अस्पतालको डायलोसिस सेवा शुरू भएको जानकारी गराएका छन् । उनले अस्पतालका अन्य सेवाहरू भने छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन काम भइरहेको बताए । विज्ञप्तिमा वैशाख २ गतेदेखि कोभिड अस्पतालमा परिणत भएको नारायणी अस्पताल जनरल अस्पतालमा परिणत भएको नेपालकै पहिलो अस्पताल भएको जनाउँदै यहाँबाट प्रदान हुने अन्य सेवाहरू क्रमिकरूपमा सञ्चालन गर्नेतर्पm काम भइरहेको बताइएको छ ।
मेसु डा उपाध्यायले कोभिड अस्पताल घोषणा भएपछि पनि अस्पतालको आकस्मिक कक्षबाट ज्वरो क्लिनिक र सर्पदंशका बिरामीहरूको उपचार भइरहेको बताए । उनले तत्कालै अन्य आकस्मिक सेवा सञ्चालन गर्दा बिरामीहरूलाई इन्डोर सेवा दिनुपर्ने बाध्यकारी अवस्था भएको हुनाले तत्काल आकस्मिक सेवा सञ्चालन नभए पनि यसको लागि प्रयासरत रहेको बताए । विज्ञप्तिमा अस्पतालका सबै सेवाहरू पूर्ववत्रूपमा सञ्चालन गर्न काम भइरहेको र अस्पताललाई निर्मलीकरण गर्ने काम पनि भइरहेको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालले तत्काल बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने र सबै बहिरङ्ग विभागमा अधिकतम २५ जनाभन्दा बढी बिरामीको उपचार नहुने बताइएको छ । अधिकतम २५ जनालाई एउटा विभागबाट सेवा दिने र सोको लागि सामाजिक दूरी बनाउने मेसु डा उपाध्यायले विज्ञप्तिमार्पmत् जानकारी गराएका छन् ।
नारायणी अस्पताल कोभिड भएपछि त्यहाँ रहेका सङ्क्रमितहरूलाई जेठ १० देखि १२ गतेसम्म नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको थियो । अहिले नारायणी सङ्क्रमितविहीन भएपछि अस्पतालको पूर्ववत् सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार कार्य भइरहेको मेसु डा उपाध्यायले बताए ।