प्रस, वीरगंज, १७ जेठ/
एडिबीको सहयोगमा वीरगंजमा सञ्चालित क्षेत्रीय विकास कार्यक्रम अन्तर्गत विकास निर्माण कार्य ठेक्का लिएको कालिका कन्स्ट्रक्शनले सञ्चालन गरेको कालोपत्रे गर्ने प्लान्टबाट निस्किने धूवाँले वातावरण दूषित पारेको भन्दै अहिले विरोध शुरू भएको छ।
वीरगंज महानगर–१५ लक्ष्मणवास्थित नृसिंह माविको करीब ३ बिघा जग्गामा डेढ वर्षदेखि सञ्चालित कालिका कन्स्ट्रक्शनको प्लान्टबाट निस्किने धूवाँले वातावरण प्रदूषित गरेको भन्दै सो वडाका अध्यक्ष र छिमेकी वडाध्यक्षसमेतले विरोध शुरू गरेका छन्।
लकडाउनको समयमा सबै मानिस घरमा बस्ने गरेको र प्लान्टबाट निस्किने धूवाँको मुस्लोले घरमा बस्नै नसक्ने अवस्था रहेको स्थानीयहरूले गुनासो गरेपछि आफूहरूले ठेकेदारको ध्यानाकर्षण गराएको वडाध्यक्षद्वय गजेन्द्र पटेल र भरतप्रसाद कुर्मीले बताए। उनीहरूले शुरूदेखि नै धूवाँको प्रदूषण नियन्त्रण गर्न ठेकेदारलाई ध्यानाकर्षण गराउँदै आएकोमा बेवास्ता गरेको आरोप लगाएका छन्।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले भने विकासको काममा जिम्मेवार व्यक्तिहरूबाट व्यवधान खडा गर्नुको साटो समस्याको उचित समाधानतर्फ पहल हुनुपर्ने बताए। उनले डेढ वर्षदेखि सञ्चालित आयोजनाको अन्तिम अवस्थामा आएर धूवाँले समस्या पारेको भन्दै जिम्मेवार व्यक्तिहरूबाट विरोध हुनु दुःखद भएको बताए। उनले काममा सुविधा होस् भनेर बस्तीभन्दा टाढा तोकिएको मापदण्ड पूरा गरेर प्लान्ट स्थापना गरिएको र त्यसबाट केही समस्या छ भने आपसी समझदारीमा मिलाउन सकिने बताए। उनले आयोजनाको काम अन्तिम चरणमा भएकोले थोरै समयको लागि प्रदूषणको मार सहन पनि अपील गरेका छन्।
ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्शनका व्यवस्थापक ठाकुर ढकालले जनगुनासोलाई मध्यनजर गरेर पुरानो प्लान्ट विस्थापित गरी डेढ करोड रुपैयाँको लागतमा नयाँ प्लान्ट जडान गरिएको बताए। उनले कालोपत्रे कार्यमा योभन्दा कम प्रदूषण हुने अन्य यन्त्र संसारमा नभएको दाबी गरे। आयोजनाको काममा महानगरपालिकाले स्थान तय गर्नुपर्ने र तोकिएको स्थानमा कम्पनीले काम गरिरहेको व्यवस्थापक ढकालले बताएका छन्। उनले स्थानीयको विरोधपछि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र प्लान्ट सञ्चालन गरिरहेको बताए। विरोध बढ्दै गएपछि जेठ १४ गतेदेखि प्लान्टको काम बन्द रहेको पनि उनले बताएका छन्।
स्थानीय र केही जनप्रतिनिधिको विरोधमा आफूले उनीहरूको ध्यानाकर्षण गराएको बताए। आयोजना अन्तर्गत कालोपत्रे कार्य ७० प्रतिशत सम्पन्न भएको र अब ३० प्रतिशत काम बाँकी रहेको अवस्थामा सहजरूपले काम गर्न दिइने हो भने अढाई महीनामा काम सकिने उनले बताए।
विरोध किन ?
कालिका कन्स्ट्रक्शनले नृसिंह मावि अन्तर्गत गुठी संस्थानको जग्गामा प्लान्ट जडान गर्दा स्थानीय र जनप्रतिनिधिसँग सो जग्गामा माटो भर्ने र पर्खाल बनाउने सहमति गरेको थियो। तर योजनाको काम सम्पन्न हुन लाग्दा पनि सो कार्य नगरेको हुँदा विरोध भएको केही गाउँलेले बताए। वडाध्यक्ष गजेन्द्र पटेलले पनि यो कुरालाई स्वीकार गरेका छन्। उनले खाली जमीनमा माटो भर्ने र खुला जग्गामा पर्खाल लगाउने ठेकेदार कम्पनीले प्रतिबद्धता जाहेर गरेको पनि अहिले सो काम नभएको हुँदा विरोध गरेको बताए। उनले सहमति अनुसारको काम ठेकेदारले गरेको खण्डमा योजनाको काममा अवरोध नहुने आश्वासन दिएका छन्। ठेकेदार कम्पनीका व्यवस्थापक ठाकुर ढकालले पनि सहमति भएको स्वीकारेका छन्। उनले सहमति अनुसार प्लान्ट जडान गर्दै माटो भर्ने काम लगभग पूरा भएको र नृसिंह माविको भवन भत्काएर त्यसबाट निस्किने इँटा प्रयोग गरी पर्खाल लगाउने कुरामा कम्पनी तयार रहेको बताएका छन्। कम्पनीले गरेको प्रतिबद्धताबाट पछि नहटेको उनले प्रतीकलाई बताए।
एडिबीका इन्जिनीयर शैलेन्द्र श्रेष्ठले प्लान्टको विरोध भइरहेको र सोबारेमा आगामी मङ्गलवार सरोकारवालाहरूको बैठक डाँकिएको बताए। उनले विकासको काम रोक्ने अथवा निरन्तरता दिने भन्ने विषयमा सरोकारवालाहरूसँग बैठक डाँकिएको जानकारी गराएका छन्।