प्रस, गरुडा, १७ जेठ/
क्वारेन्टाइनमा जोखिममा काम गरीरहेका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको भन्दै रौतहटको ईशनाथ नगरपालिकाका सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका छन्।
शुक्रवार ईशनाथ नगरपालिका–७ जोकहास्थित मदर्सामा भेटिएका दुई सङ्क्रमितलाई आइसोलेशनमा लैजाने क्रममा स्थानीयले अवरोध गरेका थिए। सङ्क्रमित दुईजनालाई उपचारको लागि बाहिर लैजानुभन्दा आफ्नै टोलमा राखेर उपचार गर्नुपर्ने माग राख्दै सङ्क्रमितका पक्षले ढुङ्गा प्रहार गर्दै स्वास्थ्यकर्मीमाथि पनि आक्रमण र दुव्र्यवहार गरेको थियो। सोको विरुद्ध नगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा काम नगर्ने अडान लिएका छन्।
क्वारेन्टाइन र स्वास्थ्यचौकीमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा, फाटा, गरासी र खुर्सानीको धूलोसहित आक्रमण भएकोले आक्रमण गर्नेलाई पक्राउ गरी कारबाहीको लागि नगरपालिकाका स्वास्थ्यकर्मीहरूले माग गरेका छन्।
नपामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा ड्युटी नगरी नगरपालिका कार्यालयमा धर्ना दिने निर्णय गरेको स्वास्थ्य संयोजक इशराजुल खानले जानकारी गराएका छन्।