प्रस, वीरगंज, १८ जेठ/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले ठोरीको ठुटेखोला सिमानामा भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतीय नागरिकले नेपाली भूमिमा गरेको हस्तक्षेप र पानी उपभोग गर्ने अनधिकृत प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्ति प्रकाशित गरी उनले सो क्षेत्रमा दशकौंदेखि भारतीय नागरिकले नेपाली भूमिलाई विवादित बनाइ विद्युत् लाइन विस्तार, पुल निर्माण जस्ता विकास कार्यमा अवरोध सिर्जना गर्दै सीमा अतिक्रमण गर्न गरेको प्रयासलाई ठोरीवासीले असफल बनाएकोमा आफू गौरवान्वित भएको बताएका छन् ।
ठोरी क्ष्ँेत्रमा नेपाल–भारत सिमाना छुट्याइ सीमास्तम्भसमेत स्थापना भइसकेको अवस्थामा नेपाली भूमिमा आई ठोरीवासीको विकासको आधार खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातमा असर पुग्ने गरी भारतीय सुरक्षाकर्मीहरूले आफ्ना नागरिकलाई उक्साइ नेपाली भूमिमा कुलो खन्ने कार्य गराएकोमा नेता रिजालले आपत्ति प्रकट गरेका छन् । नेपाल सरकार तथा स्थानीय प्रशासन नेपाली भूमिको सुरक्षामा उदासीन रहेको अवस्थामा शालीनतापूर्वक मातृभूमिको सुरक्षाका लागि आवाज उठाउँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले आफ्नै जनताको मनोबल खसाउने तथा भारतीय पक्षको वकालत गर्ने जस्ता कार्यको घोर निन्दा गरेका छन् ।
भारतीय पक्षले नेपाली जलस्रोतमा अतिक्रमण गर्ने, ठोरीवासीको भौतिक पूर्वाधार अवरूद्ध बनाउनेजस्ता कार्य अविलम्ब रोकी नेपाली भूमि र आमनागरिकको सुरक्षाको व्यवस्था गर्दै विवाद समाधान गर्न प्रभावकारी कदम चाल्न नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयसँग उनले माग गरेका छन् ।