राधेश्याम पटेल, वीरगंज, १७ जेठ/
केन्द्र र प्रदेश सरकारले रौतहटमा कोरोना सङ्क्रमण पुष्टिको लागि पिसिआर परीक्षण गर्न भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) उपलब्ध गराउन सकेको छैन। देशका सबै जिल्लाभन्दा बढी सङ्क्रमित रौतहटमैं देखिएको छ। रौतहटमा १८१ जना सङ्क्रमित पुष्टि भएको छ। तर केन्द्र र प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयले रौतहटका स्वास्थ्यकर्मीहरूको मागलाई बेवास्ता गर्दै आएको रौतहटका स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन्।
हिजोदेखि प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा भिटिएम माग्न फोन गरिरहेको छु, कसैले फोन उठाइरहेको छैन, शनिवार बिहान पनि मैले १० हजार भिटिएम चाहियो भनी फोन गरें,” स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले भने, “तर प्रदेश सरकारसँग पनि भिटिएम नरहेकाले हाललाई उपलब्ध गराउन सकिंदैन भनी जवाफ आएको छ।” यस्तो अवस्थामा कसरी काम गर्ने भनी उनले दुःखेसो पोखे। भिटिएमकै अभावले गर्दा आइतवारदेखि स्वाब नमूना सङ्कलन कार्य ठप्प हुने उनले बताए।
जिल्लाका ८२ वटा क्वारेन्टाइनमा करीब ८ हजारजना भारतबाट आएकाहरू बसेका छन्। एक साता बित्न लाग्दा पनि जम्मा दुई महीनाको अवधिमा २ हजार ४ सय ४८ जनाको पिसिआर परीक्षणको लागि स्वाब नमूना सङ्कलन गरिएको छ। जसमध्ये १८१ जनामा सङ्क्रमण पुष्टि भएको र शनिवार बिहानसम्म १ हजार ३ सय २२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ भने बाँकी रिपोर्ट नेगेटिभ आएको छ।