विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा सतर्कतामा लागिपरेको भन्ने पर्साका स्थानीय तहहरूले जनताको नाममा विभिन्न किसिमका स्वास्थ्य सामग्री, क्वारेन्टाइन व्यवस्थापन र अतिविपन्न परिवारको लागि वितरण गरिएको राहत सामग्रीमा अनियमितता बढ्दै गइरहेको छ।
पर्सामा एक महानगरपालिका, तीनवटा नगरपालिका र दशवटा गाउँपालिका छन्। उक्त पालिकाहरूले जनताको नाममा वितरण गरेका विभिन्न सामग्री खरीदमा अनियमितताको गन्ध आइरहेको छ। निगरानी तथा कारबाही गर्ने निकाय कोरोना भाइरस महामारीको कारण सुस्त भएपछि स्थानीय पालिकाहरूमा मनोमानी बढ्दै गइरहेको छ।
पर्साका स्थानीय तहहरूले खरीद गरेका मास्क, ग्लोब्स, सेनिटाइजर, साबुन, प्लास्टिकका सामग्री, पिपिई वितरण गरेकोमा सोको विवरण अभैm वेबसाइटमा राखेका छैनन्। अतिविपन्नको नाममा खरीद भएका खाद्यान्न सामग्री र वितरणमा खर्च भएको विवरण स्थानीय निकायहरूले आफ्नो वेबसाइटमा सार्वजनिक गरेका छैनन्। साथै खरीद सामग्रीहरूको बिल भर्पाइसमेत सार्वजनिक गरेका छैनन्।
स्थानीय तहहरूले खरीद गरेको सामग्रीको भ्याट बिल तथा भर्पाइ वेबसाइटमा नराखिनुले स्थानीय तहका पदाधिकारीहरूको मनमा खोट देखिएको पालिकाका बासिन्दाहरूले बताइरहेका छन् । प्रायः खरीद गरेको सामानको विवरण र दररेटभन्दा बढी बनाएर बिल भर्पाइ भुक्तानी हुने भएकोले सार्वजनिक नगरेको हुन सक्ने आशङ्का बलियो बन्दै गइरहेको छ। स्वच्छ छविका लागि पालिकाका पदाधिकारीहरूले समयमैं ध्यान दिऊन् र पारदर्शिता अपनाऊन्।
–बलराम प्रसाद, बिरुवागुठी, पर्सा