प्रस, बिरुवागुठी, १८ वैैशाख/
पर्सागढी नगरपालिका–३ स्थित बडनिहार बजार बिहीवारदेखि सात दिनको लागि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ। आज बिहान उक्त बजारका व्यापारीहरूको भेलाले सो निर्णय गरेको हो।
नेपाल सरकारले कोरोना भाइरसका कारण लगाएको लकडाउन केही दिनदेखि पर्साको ग्रामीण भेगमा खुकुलो देखिएको थियो। पर्साको पूर्वी भेगको मुख्य बजार जीतपुरका एकजनामा हिजो कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बडनिहारका बासिन्दाहरू पनि सतर्क भएका हुन्। आज दिउँसो १२ बजेदेखि लागू हुनेगरी वैशाख २५ गतेसम्मको लागि सम्पूर्ण व्यापार, व्यवसाय, बैंक, लघुवित्त, सहकारी संस्थासमेत बन्द गर्ने र अति आवश्यक सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन चल्न नदिने भेलाले निर्णय गरेको छ।
भेलाले गरेको निर्णय कार्यान्वयन भए नभएकोबारे अनुगमन तथा समन्वयनको लागि वडासदस्य अरुणप्रकाश रेग्मीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। समितिका सदस्यहरूमा दीनदयाल दाहाल, वीरेन्द्र चौधरी, सुकमान तामाङ, सुनील तिमल्सिना, शम्भु दास थारू, टकबहादुर क्षेत्री छन्। समितिले लकडाउनको अवज्ञा गर्ने जोकोहीलाई पनि सामाजिक तथा आर्थिक कारबाई गर्ने निर्णय गरेको भेलाका सहभागीहरूले बताएका छन्।