विमला गुप्ता, वीरगंज, १८ वैशाख/
कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएको व्यक्तिमा पनि कोरोनाको सङ्क्रमण भएको हुन सक्छ भन्ने तथ्य पुष्टि भएको छ।
बुधवार बाराका दुईजनामा कोरोना सङ्क्रमण भएको रिर्पोट आएपछि सो कुरा पुष्टि भएको हो। बाराको जीतपुरमा एकजना र सिम्रौनगढमा एकजना गरी दुईजनामा कोरोना सङ्क्रमण देखियो। तर उनीहरूमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
कोरोना (कोभिड–१९) सङ्क्रमणका विभिन्न लक्षणहरू हुन्छन्। सुक्खा खोकी हुनु, रुघा लाग्नु, निमोनिया हुनु, श्वासप्रश्वास छिटोछिटो हुनु, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, हाच्छ्यूँ आउनुलगायतका लक्षणहरू कोरोना सङ्क्रमितहरूमा देखिने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ। तर बाराका दुईजनामा यस्ता कुनै पनि लक्षण नदेखिएको स्वास्थ्यकर्मीको भनाइ उद्धृत गर्दै बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।
“ती दुईजना सङ्क्रमितमा कोरोनाको कुनै लक्षण फेला परेको छैन। हेर्दा दुवैजना तन्दुरुस्त हुनुहुन्छ,” प्रजिअ पण्डितले भने ।
बाराको मात्रै होइन। हाम्रो मुलुकमा सङ्क्रमित पुष्टि भएका अधिकांशमा लक्षण नदेखिएको स्वास्थकर्मीहरूले बताएका छन्। यसअघि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पाँचजनामध्ये चारजनामा पुष्टि भएको १० दिन बितिसक्दा पनि कोरोनाको लक्षण नै देखिएको थिएन।