अमेरिकामा ३० वर्षदेखि आकस्मिक सेवासँग जोडिएका डा रिचर्ड लेविटनले
मृत्युको ठूलो कारण बताएका छन्। उनले भने, “म तीस वर्षदेखि आपत्कालीन
चिकित्सामा काम गरिरहेको छु। सन् १९९४ मा मैले इन्ट्युबेशनमा एउटा इमेजिङ
सिस्टम बनाएको थिएँ। रोगीको श्वसन नलिकामा राख्ने यस प्रक्रियाबारे गहन
अध्ययन भयो। हालै, जब न्यूयोर्कको अस्पतालमा रोगीको बाढी देखें, तब म
बेलेभ्युस्थित अस्पतालमा स्वेच्छाले काम गर्न थाले। यस क्रममा महसूस भयो कि
हामी कोरोना भाइरसबाट हुने निमोनिया चाँडै पत्ता लगाउन सकिरहेका छैनौं र
रोगीलाई जीवित राख्न तीव्र गतिले काम गर्नुपर्छ। हामीले यो थाहा पाएपछि
अचम्ममा प¥यौं कि लक्षणविनाको निमोनियाले सङ्क्रमितको ज्यान लिंदैछ।
जिन्दगीमा पहिलोपटक आपत्कालीन कक्षमा एकै प्रकारका बिमारी भएको व्यक्ति यति
धेरै सङ्ख्यामा देखें। सबैलाई कोभिड–१९ जनित निमोनिया थियो।”
पहिलो दिन, पहिलो घण्टामा नै मैले दुईजना रोगीमा श्वसन नलिका लगाउनुप¥यो । साँस फेर्न समस्याको अलावा काँधदेखि टाउकोमा चोट खाएका रोगीको सिटी स्क्यानमा पनि निमोनिया पाइएको थियो। कैयौं बुजुर्ग सङ्क्रमित अज्ञात कारणले मरे।
के हो साइलेन्ट हाइपोक्सियाः बढीजसो रोगीले साँस फेर्नमा कुनै समस्या नभएको बताएका थिए। तर उनीहरूको फोक्सोको एक्स–रेमा उनीहरूमा आक्सिजनको स्तर कम पाइएको थियो। पछि थाहा पाइयो कि भाइरसजनित निमोनियाले पहिले रोगीमा आक्सिजनको स्तर कम गर्छ। साइलेन्स यसै कारण भनिएको थियो कि साधारणतया निमोनियामा छातीमा असहज महसूस हुन्छ तर कोरोना मामिलामा यस्तो हुँदैन। गम्भीर निमोनियामा पनि रोगीले तीव्र गतिले साँस लिइरहेका हुन्थे र कैयौं रोगी मोबाइल चलाइरहेका हुन्थे। यस विचित्र स्थितिलाई बुझ्ने प्रयासमा सङ्क्रमणपछि आक्सिजनको स्तर कम त हुन्छ तर फोक्सो भने क्रियाशील रहन्छ । साइलेन्ट हाइपोक्सियाले रोगी मर्नुको कारण साँसको कमी नभई बरु फोक्सोमा क्षतिले हुन्छ। धेरै रोगी गम्भीर निमोनियाको स्थितिमा नै आपात्कालीन कक्ष्Fमा पुग्छन्। कैयौंलाई भेन्टिलेटरको आवश्यकता पर्छ र मेशिनको अभावमा ज्यान जाने गर्छ। साइलेन्ट हाइपोक्सियाको पत्ता पल्स आक्सिमिटरबाट लगाउन सकिन्छ। यसलाई चलाउनु थर्मामिटरजत्तिकै सजिलो छ। यसको डिस्प्लेमा दुई अङ्क देखिन्छ। एउटा आक्सिजन सैचुरेशनको र अर्को पल्स रेटको। हाइपोक्सिया पत्ता लगाउन समयमा उपचार र सही निगरानीको कारण ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन निको भएका हुन्। –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)