विमला गुप्ता, वीरगंज, ९ वैशाख/
अहिले विश्वभरि कोरोनाको त्रास छ। कोरोनाको सङ्क्रमण फैलन सक्ने डरले अहिले मानिसहरू घरभित्रै बसेका छन्। यस्तो अवस्थामा गर्भवती महिलाहरूलाई समेत नियमित चेकजाँचका लागि अस्पताल आउजाउ गर्न समस्या भएको छ।
एकातिर कोरोना भाइरसको सङ्क्रमणको भय अर्काेतर्पm चिकित्सकको निगरानीमा गर्भमा रहेको बच्चाको अवस्था बुभ्mन कठिनाइ हँुदा अहिले यो समस्याले गर्भवती महिलाहरू बढी चिन्तित छन्। यस्तो अवस्थामा घरमैं बसी गर्भवती महिलाले आफ्नो र गर्भमा रहेको बच्चाको हेरविचार गर्न सक्छन्, नारायणी अस्पताल वीरगंजकी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा लक्ष्मी थापाले बताएकी छन्।
“गर्भवती महिलालाई दिनहुँ सन्तुलित आहारको आवश्यकता हुन्छ, साथै यस्तो बेला निरन्तरको चेकजाँच र आइरन, क्याल्सियम जस्ता औषधिहरूको पनि आवश्यकता हुने गर्दछ,” डा थापाले भनिन्, “यस्तो कठिन परिस्थितिमा गर्भवती महिलाले अन्य दिनको भन्दा विशेषरूपले घरमैं बसेर आपूm र बच्चाको ध्यान दिने तर जोखिमपूर्ण अवस्था छ भने चिकित्सकसँग समयमैं सम्पर्क गर्न आवश्यक छ।”
डा थापा भन्छिन, “यदि गर्भवती महिलालाई समयअगावै अचानक रगत र पानी बग्न थाल्यो, ढाड र पेट बेस्सरी दुख्न थाल्यो, रक्तचाप बढेर हातखुट्टा सुन्निन थाल्यो साथै लगातारको टाउको दुखाइ, ज्वरो आएमा नजीकको स्वास्थ्यचौकी अथवा नियमित जाँच गराउने चिकित्सकसँग सल्लाह गरिहाल्नुपर्छ। बच्चा पेटमा नचले अथवा अन्य दिनभन्दा कम अथवा बढी चलेमा जोखिमपूर्ण अवस्था हो र यस्तोमा चिकित्सकसँग सम्पर्क गर्न डा. थापाको सुझाव छ।
“गर्भमा रहेको बच्चा २४ घण्टाको अवधिमा १० देखि १२ पटकसम्म चलेको हुनुपर्छ। यदि आमा पहिलोपटक गर्भवती भएकी छन् भने १ घण्टामा एकपटक बच्चा चलेको थाहा पाउनुपर्छ। यस्तो भएमा गर्भमा रहेको बच्चाको अवस्था सही छ भनी बुभ्mनुपर्छ। यदि बच्चा एक दिनमा सोभन्दा बढी अथवा कम चलेको महसूस भएमा चिकित्सकसँग सम्पर्क गरिहाल्नुपर्छ,” डा थापाले बताइन्।
आमाको आहारले भु्रणको विकास हुने भएकोले गर्भवती महिलालाई अन्य दिनको भन्दा विशेष पोषणयुक्त आहारको आवश्यकता हुने गर्दछ। तर यस लकडाउनको अवधिमा गर्भवती महिलाले घरमा भएका खानेकुरा जे उपलब्ध छन्, त्यसलाई नै सही तरीकाले उपयोग गरे आमा र बच्चाले सही पोषण पाउन सक्ने डा थापा बताउँछिन्।
“माछा, मासु, अन्डाबाट नै सही पोषण पाउँछ भन्ने सोच गलत हो। अहिले कोरोना सङ्क्रमणको समयमा बाहिर असुरक्षित तरीकाले पाइने खानेकुरा खानुभन्दा गर्भवती महिलाले शाकाहारी भोजन तथा घरमैं पाइने खानेकुराबाट सन्तुलित आहार प्राप्त गर्न सक्छिन्,” डा थापा भन्छिन, “अहिले लकडाउनको समयमा औषधिको लागि बारम्बार अस्पताल जानु पनि उचित छैन । गर्भवती महिलाले खाने औषधि भनेको आइरन र क्याल्सियमको चक्की हो। गर्भवती भएको ४ महीनादेखि सुत्केरी भएको ३ महीनासम्म यी चक्की खान सकिन्छ। जुन नजीकको स्वास्थ्यचौकी अथवा आपूmले चेकजाँच गराउने गरेको चिकित्सकको पुर्जा अनुसार एकैपटक ल्याएर राख्दा राम्रो हुन्छ।”
गर्भावस्थामा महिलाहरू आपूm र बच्चाको सही स्वास्थ्य अवस्था बुभ्mन प्रत्येक महीना अस्पताल जानुपर्ने हुन्छ। तर डा थापा भन्छिन, “गर्भवती आमा र बच्चाको अवस्था सामान्य छ भने अहिले यस सङ्क्रमणको समयमा घरबाहिर निस्कनु उपयुक्त हुँदैन।” सकेसम्म घरमैं बसेर ध्यान दिंदा सुरक्षित हुन सक्ने उनको भनाइ छ।
“गर्भवती आमाले भारी नउठाउने, भ¥याङ चढ्ने–उत्रिने नगर्ने, झुकेर काम नगर्ने, बढी तेल मसला भएको तथा बासी खानेकुरा नखाने, उचित खानपान तथा आरामको ख्याल गर्दै सरसफाइमा ध्यान दिनुपर्दछ। गर्भवती महिलाले साधारण कुरामा ख्याल गरे ठूलो जोखिमबाट आपूm र गर्भस्त शिशुलाई जोगाउन सक्छिन्,” डा थापाले सचेत गराउँदै भनिन्।
डा थापाका अनुसार यदि केही समस्या भए अस्पताल आउनुभन्दा पहिले नियमित चेकजाँच गर्ने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ। समस्या जटिल भए अथवा बच्चा जन्मिने समय पूरा भए मात्र लकडाउनको समयमा अस्पतालमा आउँदा राम्रो हुन्छ ।