प्रस, सिम्रौनगढ, १८ वैशाख/
सिम्रौनगढमा लकडाउन पालना गराउन युवाहरू सक्रिय भएका छन्। लकडाउन अवधिमा सामाजिक दूरी कायम गरेर किनमेल गर्नुपर्नेमा यहाँका पसलहरूमा प्रहरी देखेपछि दूरी बनाउने र प्रहरी नभएपछि दूरी कायम नगरेपछि युवाहरू सक्रिय भएका हुन्।
सिम्रौनगढ बजारमा बिहान सात देखि दश बजेसम्म र दिउँसो अत्यावश्यक वस्तु खरीदका लागि समय तोकिएको छ। यो समयमा प्रहरी सक्रिय भएको बेला सामाजिक दूरी बनाएर सामान खरीद गर्ने गरिए पनि प्रहरी नभएको बेलामा जथाभावी भीड हुन थालेपछि युवाहरू सक्रिय भएका हुन्।
युवाहरूको समूहले प्रहरी नभएको बेलामा सामाजिक दूरी बनाएर सामान खरीद गर्नको लागि सघाउ पु¥याउँदै आएका छन्।
अरविन्द महतो, मनोज सर्राफ, अजित महतो, मनिर आलम, सञ्जय गुप्ता, मुन्ना महतोलगायतका युवाले निर्धारण गरिएको समयमा सामाजिक दूरी बनाएर मानिसहरूलाई सामान खरीद गराउने कार्य गर्दै आएका छन्।
यसैबीच, सिम्रौनगढ नपाका एकजनामा कोरोना सङ्क्रमण फेला परेपछि बिहीवारदेखि प्रहरीले अत्यावश्यक वस्तुको बिक्री बन्द गराएको छ। औषधिबाहेक आज सबै पसल प्रहरीले बन्द गरायो। सिम्रौनगढलाई सील गरिएको कारण आज औषधिबाहेकका पसलहरू सञ्चालनमा आएनन्।