नेपालमात्र होइन, विश्व नै कोरोनाको महामारीबाट जुध्दैछ। कोरोनाको यस महामारीबाट जोगिन एकथरी मानिस आफूलाई कोरोनाको इन्जेक्शन लगाइ कोरोना सङ्क्रमित बनाएर प्रतिरोधी औषधि प्रयोग गर्ने अवसर जुटाइदिन तत्पर छ। एकथरी मानिस आफ्नो गाँस काटेर भएपनि लकडाउनले गर्दा खान नपाएका मानिसको पेट भर्ने जोहो गर्न छटपटाइरहेको छ। एकथरी मानिस यत्रो सरुवा रोगको परवाह नगरी सङ्क्रमितको उपचारमा जुटेको छ। अहिलेसम्म उपचार नै नभएको कोरोनाको भयलाई मनबाट निकालेर सुरक्षाकर्मीहरू रापिलो सडकमा लकडाउन सफल बनाउन कटिबद्ध भएर खटेका छन्। जसमा जुन सीप छ, ऊ त्यसैबाट, आजको समयको माग पूरा गरिरहेको छ। रोगको डर नमानी कृषक खेतमा काम गरिरहेको छ, उपभोक्ता साथै परिवारको गर्जो टार्न एकथरी मानिस गली–गल्छेडो पुगेर उपभोग्य सामग्री आपूर्ति गरिरहेको छ। त्यही अर्कोथरी मानिस पनि देखिएको छ, जो यस महामारीको आगोमा आफ्नो हात सेक्ने काम गरिरहेको छ। एकथरीले कोरोना उपचारका लागि आफ्नो अस्पताल निश्शुल्क प्रदान गरेको छ भने अर्कोथरी अस्पताल शुल्क लिएर पनि सेवा गरिरहेको छैन।
यस युगका महान् वैज्ञानिक आइन्स्टाइनले एक बखत भनेका थिए– मानिस देवताभन्दा पनि ठूलो उपकारी हुन सक्छ र मानिस दानवभन्दा पनि अत्याचारी हुन सक्छ। अहिले त्यो भनाइ सान्दर्भिक भएको छ। उपभोग्य सामग्रीका पसलहरू बन्द छन्, लुकीछिपी केहीले चर्को मूल्यमा, कालाबजारी गरेर सामग्री बेचिरहेका छन्। समस्त सेवाभावी संस्थाहरू गच्छे अनुसार सहयोग गर्न जुटेका छन् तर यी संस्थाहरूको माउ संस्थास सरकार भने राजनीतिक समीकरण मिलाउने घिनलाग्दो खेल खेल्दैछ। सांसदहरूको अपहरण गर्दैछ, मानिसको ज्यानको रक्षा गर्ने प्रहरीलाई मानिस अपहरण गर्न प्रयोग गर्दैछ। रोगको उपचार नरहेको अवस्थामा रोग पहिचान गर्ने उपकरणसमेत गुणस्तरहीन उपलब्ध गराएर जनताको ज्यान खतरामा पार्दैछ, रोगको भय उत्पन्न गराउँदै छ। केन्द्र सरकारले उपलब्ध गराएको पिसिआर मेशिनले गलत रिपोर्ट दिइरहेको छ। यो त्यो सरकार हो, जसमाथि जनतालाई रोगी हुन नदिने, रोग भए उपचार गर्ने, जनतालाई भोको मर्न नदिने, भोकोलाई भोजन दिने दायित्व छ। सरकार भनेको मानिसहरूले नै चलाएको सर्वशक्तिमान संस्था हो, जसले इच्छा मात्र गर्ने हो भने जनताले धरतीमैं स्वर्गको अनुभूति गर्न पाउँछ।
आदिकालमा पनि मानिसहरूमा विकृति हुन्थे। त्यसताका पनि मानिस चोर थिए, व्यापारीहरू नाफा लिन्थे। तर त्यसताका चोरहरूको पनि आचारसंहिता थियो। उनीहरू गरीबको घरमा चोरी गर्दैनथे। जतिसुकै धनी भएपनि धर्मात्मा र समाजसेवीलाई सताउँदैनथे। व्यापारीहरू नाफा खान्थे। तर त्यतिमात्र जसले आफू र आफ्नो परिवारको भरणपोषण हुन सकोस्। परिवार, आफन्त र इष्टमित्रको भरणपोषणबाहेक बढी भएको धन समाज कल्याणका लागि खर्च गर्दथे। यद्यपि त्यो युग आजको जस्तो शिक्षित थिएन, सभ्य थिएनस हो संस्कृत अवश्य थियो। संस्कृति नै सबैथोकको नियामक थियो । र संस्कृतिले एउटै कुरा सिकाउँथ्यो–सर्वे भवन्तु सुखिनः। सबै सुखी रहून्। अर्कालाई दुःख दिनेलाई चोरले नै सबक सिकाउँथे, आजको सरकार त पहिलेका चोरहरूभन्दा पनि निकृष्ट भएको छ। स्वास्थ्य उपकरणमा कमिशन खान्छ। गुणस्तरहीन उपकरण खरीद गर्छ।