ओमप्रकाश चौधरी, सेढवा, १७ वैशाख/
लगातारको लकडाउनका कारण वर्षेबाली धानको बीउ नपाउँला कि भन्ने ग्रामीण किसानहरूलाई चिन्ता छ।
लकडाउनले नेपाल–भारत सीमा पनि बन्द छ। पर्साको ग्रामीण क्षेत्रका बासिन्दाहरूको नेपाली धानको बीउसम्म पहुँच छैन। उनीहरू प्रत्येक वर्ष सीमावर्ती भारतीय बजारबाट धानको बीउ ल्याउने गर्थे। यस वर्ष भारतीय सीमा बन्द भएपछि किसानहरू चिन्तित बनेका हुन् ।
साउन महीनाको पहिलो सातादेखि शुरू हुने रोपाइँका लागि २५ दिनदेखि एक महीनाको बीउ चाहिन्छ। त्यसको लागि ब्याडमा बीउ राख्न उन्नत बीउको जोहो गर्ने बेला भइसकेको किसानहरू बताउँछन्। ग्रामीण किसानहरू स्थानीय बजारमा बीउ खोजिरहेका छन्। तर बजारमा बीउ उपलब्ध नभएको पटेर्वासुगौली–३ का धान किसान सुभाष चौधरीले बताए।
नेपाली बजारमा भारतीय बीउ तथा कीटनाशक औषधि आपूर्ति नभएकोले किसानहरू समस्यामा परेको चौधरीको भनाइ छ। वैशाखको अन्तिम सातामा सोना मन्सुली, भदैई मन्सुली तथा सोना सारो प्रजातिका बीउ राख्ने गरिन्छ।
यता ठोरी गाउँपालिका वडा नं ५ ठूलो बाघमोर्चाका किसान अष्टबहादुर लोप्चनले रोपाइँ गरिसकेको बताए। उनले लकडाउनभन्दा पहिले नै हर्दीनाथ–१४४२ जातको नेपाली बीउ पाएकाले रोपाइँ समयमैं सम्पन्न भएको जानकारी गराए ।
लकडाउनको अवधि लम्बिंदै जाँदा मल, बीउ र कीटनाशक औषधि पाउन छाडेकोले अरू किसान धान रोप्ने कि नरोप्ने दोधारमा परेका लोप्चनले बताए । बीउ तथा कीटनाशक औषधिको प्रत्याभूति सरकारले गर्नुपर्ने ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, पर्सागढी, जगरनाथपुरलगायतका पालिकाका अगुवा किसानहरूको माग छ।
लकडाउनले थिलथिलो मुलुकलाई सरकारले समयमा ध्यान दिने हो भने कृषि क्षेत्रले उठाउन सक्ने ठोरीका नागरिक अगुवा शम्भु खड्काको तर्क छ । यसतर्फ तीनै तहका सरकारले ध्यान नदिंदा किसानको मात्रै नभएर मुलुककै भविष्य अन्धकार देखेको उनले बताए।
यता जगरनाथपुर गापाको क्षेत्रमा भने केही व्यापारीले भारतबाट लुकीछिपी सोना सारो जातको धानको बीउ ल्याएर बिक्री गरेका छन्। बीउ अभाव भएकोले उनीहरूले उक्त बीउमा मनपरी मूल्य लगाउने गरेको जगरनाथपुरका धान किसानहरूले बताएका छन्। व्यापारीहरूले सोना सारो जातिको भारतीय धानको बीउ १५० रुपैयाँ प्रतिकिलो र सोना मन्सुली जातको बीउ १२५ रुपैयाँ प्रतिकिलोको दरले बिक्री गरेको जगरनाथपुर गाउँपालिका–४ हरपुरका किसान सोह्रदास थारूले बताएका छन्।