संसारको सबैभन्दा पहिलो घडी पोमैन्डर वाच अफ १५०५ वा वाच १५०५ को नामले
चिनिन्छ। यसलाई जर्मन आविष्कारक पिटर हेनलेनले बनाएका थिए र उनलाई नै पहिलो
घडी निर्माता मानिन्छ। पिटर हेनलेनले यस घडीलाई करीब ५१५ वर्षअघि अर्थात्
सन् १५०५ मा बनाएका थिए।
स्याउ आकारको पोमैन्डर घडीको कथा निकै रोचक छ। भनिन्छ, सन् १९८७ मा घडी बनाउने एक युवकले लन्डनको कबाडी बजारबाट १० पाउन्डमा पोमैन्डर किनेका थिए तर उनलाई थाहा थिएन कि यो दुनियाँको पहिलो घडी हो।
उनले त्यस घडीलाई निकै वर्षसम्म राखे र सन् २००२ मा उनले कसैलाई त्यो घडी बेचिदिए। जसले यो घडी किनेका थिए, उनले पनि घडी अर्कैलाई बेचिदिए । अन्ततः जब पोमैन्डर घडी एकजना शोधकर्ताको हात प¥यो, तब यसले संसारको पहिलो घडीको पहिचान पायो। यो घडीमा बनाउने वर्ष पनि लेखिएको छ र त्यसमा आविष्कारक पिटर हेनलेनको हस्ताक्षर पनि छ। भनिन्छ, यो घडी पिटर हेनलेनको निजी घडी थियो, जुन उनले सदैव आफूसँग राख्दथे। दुनियाँको सबैभन्दा पहिलो घडीको विशेषता भनेको यो कपर र सुनबाट बनेको छ । आजको समयमा यस घडीको मूल्य ५० देखि ८० मिलियन डलर पर्छ। यो अनुमान सन् २०१४ मा अमेरिकाको चर्चित एन्टिक विक मैगजिनले लगाएको थियो। –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)