प्रस, पथलैया, १६ चैत/
कोरोनाको सङ्क्रमण पैmलन नदिन सरकारले जारी गरेको ‘लकडाउन’ले बाराका अधिकांश क्षेत्र ठप्पजस्तै छ। जिल्लाको जीतपुरसिमरा, निजगढ, कलैया, परवानीपुरलगायतका क्षेत्रमा छिटपुटबाहेक यातायात, उद्योग, होटल र बजार क्षेत्र बन्द छन्।
अस्पताल, औषधि, तरकारी, डेरी, खाद्यान्नका पसल खुलेका देखिन्छन्। त्यसबाहेक अन्य क्षेत्र सञ्चालनमा आउन नदिन प्रहरी परिचालित छ। निर्णयलाई अटेर गरी खुलेका पसल बन्द गराउन प्रहरीसँगै जनप्रतिनिधि हिंडिरहेका छन् । अत्यावश्यक काम नभई सडकमा गुडेका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ।
सडकमा झोला बोकेर फाटफुट पैदल यात्रु हिंडिरहेका भेटिन्छन्। लकडाउनले यातायात ठप्प भएपछि सर्वसाधारण पैदलै घर फर्कनेक्रम जारी छ। लकडाउनको अर्थ जहाँ छौ, त्यही बस्नु हो, तर सर्वसाधारणलाई घर पुग्न हतारो देखिन्छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेपनि काठमाडौंसहित देशका विभिन्न शहरबाट हिंडेर सर्वसाधारण घर फर्किरहेका छन्।
राजमार्गमा एम्बुलेन्स, दमकल, प्रेस, इन्धन, दूध, तरकारी, फोहोर र प्रशासनबाट अनुमतिप्राप्त सवारीसाधन मात्रै सञ्चालनमा छन्। एकअर्काबीचको सम्पर्क घटाउन सरकारले गरेको लकडाउन निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी राजमार्गमा खटिएका देखिन्छन्। अटेर गरी हिंड्ने सवारीसाधन र नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको बारा प्रहरी प्रवक्ता एवं प्रनाउ गौतम मिश्रले बताए।
घरघरमैं उपभोग्य सामान
लकडाउनले बजार क्षेत्र बन्द भएपछि जीतपुरसिमरा उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयले दैनिक उपभोग हुने खाद्यवस्तु नागरिकको घरमैं पु¥याउने व्यवस्था मिलाएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाका प्रत्येक वडामा एउटा सानो सवारीसाधनलाई अनुमतिपत्र उपलब्ध गराएर नागरिकको घरमा सामान पु¥याउने व्यवस्था मिलाइएको छ ।
नागरिकले उक्त सवारीसाधनका चालकलाई फोन गरेर आपूmलाई आवश्यक सामान मगाउन सक्ने गरी व्यवस्था मिलाएको इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले जानकारी दिए। “जनप्रतिनिधि र प्रहरीसँगको सल्लाहमा एउटा गाडीको व्यवस्थापन गरेका छौं। उक्त गाडीले नागरिकको घरमैं सेवा दिनेछ,” उपसचिव गैरेले भने, “यसो गर्नाले नागरिकलाई सामानको अभाव हँुदैन र सङ्क्रमणको जोखिमसमेत कम हुन्छ।”
जिल्लाका अन्य क्षेत्रमा स्थानीय तह र प्रहरीबीचको समन्वयमा नागरिकलाई दैनिक उपभोग्य वस्तु खरीद गर्ने व्यवस्था मिलाइएको छ।
उद्योग कलकारखाना ठप्प
लकडाउनपछि पथलैया–वीरगंज औद्योगिक करिडोरका अधिकांश उद्योग ठप्प छन्। मजदूरको भीडभाड बढी हुने भएका कारण उद्योगलाई पनि ठप्प पारिएको हो।
खाद्यान्न, ग्यास, तेल उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग सञ्चालनमा आउन नदिन प्रहरीले निगरानी गरिरहेको छ। सयौं मजदूरको भीडभाड हुने र जोखिम बढ्ने भएको हुँदा प्रहरी परिचालन गरेर निगरानी बढाइएको इप्रका सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
सरकारको निर्णय अटेर गरी सञ्चालनमा रहेका केही उद्योगलाई प्रहरीले बन्द गराएको छ। उद्योग बन्द भएपछि दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने मजदूर भने समस्यामा परेका छन्।
टोलटोलमा बाटो बन्द
लकडाउनमा पनि मानिसको आवतजावत नरोकिएपछि जिल्लाका विभिन्न स्थानमा नागरिक आपैंm सचेत देखिएका छन्। बाहिरी मानिसको आवागमन रोक्न स्थानीयले आप्mनो गाउँटोल सुरक्षित राख्न बाटो बन्द गर्न थालेका छन्।
जीतपुरसिमरा उपमहानगरको सिमरा, डुमरवानालगायतका क्षेत्रमा स्थानीयले बाटो बन्द गरेको देखिन्छ। जिल्लाका अन्य स्थानमा पनि स्थानीयले बाटो बन्द गर्न थालेका छन्। सङ्क्रमणलाई पैmलन नदिन र आआप्mनो टोलका नागरिक जोगाउन सामूहिक निर्णय गरी बाटो बन्द गरेर घरभित्र बस्न थालिएको सिमराका दीपक थापाले बताए।
जनप्रतिनिधि कोरोना उपचार केन्द्र बनाउँदै
कोरोनाको सम्भावित जोखिम बढ्न नदिन बाराका सबै स्थानीय तहले आआप्mनो क्षेत्रमा कोरोना सङ्क्रमित उपचार केन्द्र बनाइरहेका छन्।
जिल्लामा पहिलोपटक तयारी थालेको जीतपुरसिमरा उपमहानगरपालिकाले एक सय शैøयाको क्वारेन्टाइन र आइसोलेशन वार्ड तयार गरेको छ। अस्पताल बनाउन उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।
एक दशकभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित गार्मेन्ट उद्योगको भवनमा उपमहानगरले अस्पताल तयार गरेको हो। अस्पताल निर्माणमा सेना, प्रहरी, सशस्त्र प्रहरीसहित राजनीतिक दल, उद्योग, कारखाना, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले सहयोग गरेको नगरप्रमुख डा कृष्ण पौडेलले जानकारी दिए। अस्पतालमा नगर र सेनाका चिकित्सक टोली बस्ने डा. पौडेलले बताए ।
यसैगरी, निजगढ, कोल्हवीसहित विभिन्न स्थानीय तहले उपचार केन्द्र बनाउने कामलाई तीव्रता दिएका छन्। आप्mनो क्षेत्रमा पूर्वतयारीसहित उपचार केन्द्र बनाउन जनप्रतिनिधि र स्थानीय सचेत देखिएका छन्।