नियमितरूपमा हात धुनु कीटाणु र सङ्क्रमण पैmलिनबाट रोक्ने सबैभन्दा राम्रो माध्यम हो, किनभने खानाबाट पैmलिने बिमारीमध्ये पचास प्रतिशत योगदान फोहर हातको हुन्छ । हाम्रो हातबाट नै फोहर, भोजनको माध्यमबाट शरीरभित्र पस्छ र रोग लाग्न थाल्छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले सल्लाह दिएको छ कि हातलाई साबुनपानीले १५ देखि २० सेकेन्डसम्म धुनुपर्छ, तर बढीजसो व्यक्ति बाथरूम गएपछि हातलाई करीब ६ सेकेन्डसम्म धुन्छन्, जबकि केवल पाँच प्रतिशत व्यक्तिले मात्र हात धुन १५ सेकेन्ड वा सोभन्दा बढी समय लगाउँछन् । यस जानकारीलाई वाटर डट ओआरजीमा पनि प्रकाशित गरिएको छ र यो शोध जर्नल अफ एन्भायरमेन्ट हेल्थमा पनि प्रकाशित भएको छ ।
एउटा शोधमा दुनियाँभरका १९ प्रतिशत व्यक्ति अर्थात् हरेक पाँचमध्ये एकजना व्यक्ति शौच गरेपछि हात धुन साबुन उपयोग गर्छन्, जबकि दशजना व्यक्तिमध्ये एकजना व्यक्ति शौचपछि हात पनि धुँदैनन् । यसमा पुरुष महिलाभन्दा निकै अगाडि छ र अपेक्षाकृत सरसफाइ कम गर्छन् । शोध अनुसार पुरुषको आधा जनसङ्ख्या हात धुन साबुनको प्रयोग गर्छ जबकि १५ प्रतिशत पुरुषले हात पनि धुँदैनन् । त्यस्तै ७८ प्रतिशत महिला हात धुन साबुन प्रयोग गर्छन् र ७ प्रतिशत महिलाले हात धुन साबुनको पनि उपयोग गर्दैनन् । दुनियाँको हरेक तीन विद्यालयमध्ये एक विद्यालयमा हात धुन पर्याप्त सुविधा छैन । यो अवस्था त्यतिबेलाको हो, जब हरेक वर्ष २२ मार्चमा विश्व जल दिवस, ५ जूनमा विश्व पर्यावरण दिवस र १५ अक्टुबरमा विश्व हात धुने दिवस मनाइन्छ । यस्ता कार्यक्रममा करोडौं रकम खर्च गरेपनि झाडापखालाको कारण लाखौं बच्चाको हरेक वर्ष मृत्यु हुन्छ । कैयौं विशेषज्ञले भनेका छन्, साबुनबाट हात धुँदा झाडापखालाको खतरा ४७ प्रतिशतसम्म कम हुन्छ तर दुनियाँका दुई बिलियन व्यक्तिले सफा पानी नै पाउँदैनन् । यस्तो अवस्थामा कोरोना भाइरस दुनियाँमा महामारी बनेपनि, यसले सबैलाई सेनिटेशनको शिक्ष्Fा दिंदैछ ।
कोरोना भाइरसले अहिले तबाही मचाइरहेको छ र केही समयपछि यो समाप्त हुनेछ तर स्वच्छताको शिक्ष्Fा कोरोना भाइरसले दिएर गएको छ भनी त्यसलाई हरेकले सधैंभरि याद राख्नेछ । अहिले लगभग हरेक व्यक्तिले नियमितरूपमा साबुनपानीले हात धुँदैछन् । चिकित्सकबाट बीस सेकेन्डसम्म हात धुने सल्लाह दिइएको छ, जसलाई उनीहरूले पालना पनि गरिरहेका छन् । कोरोना भाइरसले, जुन व्यक्तिलाई साबुनपानीले हात धुने बानी थिएन, उसको हातमा पनि सेनिटाइजर थमाइदिएको छ । अहिले मानिसले स्वच्छता कायम राख्न सेनिटाइजरको महŒवबारे थाहा पाएका छन् ।