प्रस, वीरगंज, १८ चैत/
सङ्घीय सांसद प्रदीप यादवले किसानको खेती किसानीमा बाधा–अवरोध नगर्न आग्रह गरेका छन्। कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणको महामारीको मुखमा छौं भने भोलिका लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हेक्का राख्नुपर्छ भन्दै उनले अहिले खेतमा गहुँ, दलहन र तेलहन पाकेर भिœयाउने बेला भएकोले उनले अवरोध नगर्न भनेका हुन्।
“देश र दुनियाँ अहिले विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरसको चपेटमा परेको बेला सरकारले पहिले एक साताको लागि देश लकडाउन ग¥यो र त्यसलाई थप एक हप्ता बढाएको छ, जुन आवश्यक छ।
यसक्रममा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको अभाव नहोस् भनेर आपूर्ति व्यवस्था मिलाउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूले पुग–अपुग प्रयास गरिरहेका छन्,” सांसद यादवले भने, “तर यसबीच गाउँका किसानहरूको खेती किसानीमा बाधा–अवरोध पु¥याएको गुनासो प्राप्त भएको छ। अन्न उत्पादन गर्ने किसानको काममा बाधा नपुगोस् भनेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सुरक्षा बल तथा सबै स्थानीय तहको ध्यानाकर्षण गराउन चाहन्छु।”