प्रस, गरुडा, १६ चैत/
कोरोना भाइरस सङ्क्रमण नहोओस् भन्ने सचेतना अपनाउन लकडाउन गरिएको अवस्थामा चैती छठ प्रभावित हुने देखिएको छ। कात्तिकमा जस्तै चैतमा पनि छठ मनाउने गरिएको छ।
चैती छठ मनाउने व्रतालुहरूले आइतवार खरना मनाउँदै छन्। दिनभरि निराहार बसेर साँझ चामलको रोटी, दूधको खीर, मूलासमेतको सामग्रीसहित छठीमाईको पूजा गरी प्रसाद खाने चलन छ।
हाटबजारहरू बन्द भएको र भीडभाड पनि गर्न नहुने भएकोले चैती छठको खासै तयारी गरिएको छैन। नदी तथा पोखरीलगायतका जलाशयमा गएर सोमवार अस्ताउँदो र मङ्गलवार उदाउँदो सूर्यलाई अघ्र्य दिइँदैछ। लकडाउनले गर्दा छठघाटमा खासै तयारी गरिएको छैन। छठघाटमा व्रतालुहरूलाई रात्रिविश्राम नगराइने बताइएको छ। हरेक वर्ष चैती छठको गरुडामा व्यवस्थापन गर्दै आएका रामबालक साहले गरुडाको चानी नदी किनारको छठघाटमा अत्यावश्यक व्यवहारका लागि एक मिटरको दूरीमा व्रतालु बस्ने व्यवस्था मिलाउने तर धेरै भीडभाड हुन नदिने जानकारी गराएका छन्। छठ व्रतालु प्रभा सिंहले छठको सँझियाघाटको दिन सोमवार दिउँसो र बिनहियाघाटको दिन मङ्गलवार बिहान केही समय लकडाउनलाई व्रतालुहरूको निम्ति अनुशासनमा रहेर केही खुकुलो बनाउन आग्रह गरेकी छन्।
लकडाउनले गर्दा चैती छठको सामान किन्न व्रतालुहरूलाई निकै अप्ठ्यारो भएको छ।