$type=ticker$count=12$cols=4$cate=0

कोरोना सङ्क्रमण र नेपालको व्यवस्थापन

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    लगभग एक महीनादेखि कोरोना भाइरसले मचाएको ताण्डवले विश्वका करीब–करीब सबै मुलुक त्रासमा छन् । कतिपय ठूला, विकसित एवं सुविधासम्पन्न देश त निकै दुःखदायी अवस्थामा छन् भने पूरा विश्व नै लकडाउनको असहनीय भार सहेर ज्यान जोगाउन चिन्तित छ। हरसम्भव प्रयास भइरहेपनि सङ्क्रमित र मृतकको सङ्ख्या बढेको बढ्यै छ। मान्छे जन्मेपछि मर्नु स्वाभाविक हो, तर यो सङ्क्रमण यस्तो दर्दनाक छ कि यसले भ्रातृत्व, सद्भाव, मानवता सबै सखाप पारिदिएको छ। यसले असहनीय विभेद उत्पन्न गरेको छ । कोरोनाको आशङ्का हुनेबित्तिकै बिरामी घरपरिवार, पत्नी, सन्तान, आमाबुबा, साथीभाइ र सहयोगी हातबाट अलग हुनुपरेको छ। जो–जो सम्पर्कमा आएका छन्, उनीहरूलाई पनि खोजी–खोजी अलग्याउने काम हुँदैछ । जुन सङ्क्रमण फैलनबाट रोक्ने एकमात्र उपाय हो र यो सराहनीय हो तरपनि
रोगी तथा उसको परिवारको अवस्था सोच्दा आङ सिरिङ हुन्छ। मान्छेले मृत्यु पहिले नै मृतावस्था महसूस गर्न थालेका छन्। यसर्थ यो सङ्क्रमण हुनु मानवजीवनको सबैभन्दा दुर्भाग्य अवस्था हो। यस सङ्क्रमणबाट जोगिन हरसम्भव प्रयास गर्न पछि हट्नुहुँदैन।
    सरकारले कफ्र्यू लगाएपनि, लकडाउन गरेपनि नागरिकले सहर्ष स्वीकार गरी पालना गर्नुपर्छ। यसले दुईवटा लाभ हुन्छ। पहिलो, आफू र परिवार सङ्क्रमणबाट जोगिन्छस दोस्रो असल नागरिकको कर्तव्य निर्वाह हुन्छ। यसपालिको संविधानले नागरिकको कर्तव्य तोकेको छ। जसमा संविधान र कानूनको पालना नागरिकको कर्तव्यको रूपमा व्यवस्था गरिएको छ। सरकारको आदेश र निर्देश पनि कानून नै हो। जसको पालना गर्दा नागरिक कर्तव्य पूरा हुन्छ। यसर्थ लकडाउनको पालना गर्नु नागरिकले संवैधानिक कर्तव्य पूरा गर्ने राम्रो अवसर पाएको ठान्नुपर्छ। सुरक्षाकर्मी तथा सरकारले घरभित्र रहन तथा भीडभाड नगर्न जारी गरेको आदेशलाई सराहनीय कदम भन्दै सबैले स्वागत गर्नुपर्छ। यस त्रासदबाट पार पाउन एक्लो सरकारबाट सम्भव छैन। हरेकले आआफ्नो तहबाट सक्दो योगदान गर्नुपर्छ । एकले अकर्Fलाई सहयोग तथा समन्वय गर्नुपर्छ । सङ्क्रमितलाई विभेद महसूस नहुनेगरी उपचारमा लाग्नुपर्छ। कोरोनाबारे अफवाह फैलाउनु ठूलो अपराध हो।        सामाजिक सञ्जालमा धेरै गलत समाचार सम्प्रेषित हुने गरेको आमगुनासो छ। यसलाई नियन्त्रण गर्न उत्तिकै खाँचो छ। रुघाखोकी तथा ज्वरो यसको प्रमुख लक्ष्Fण भएपनि सबै रुघाखोकी तथा ज्वरोले कोरोना सङ्क्रमण हो भन्ने पुष्टि भएको छैन। यसर्थ रुघाखोकी र ज्वरोका बिरामीलाई अस्पतालभित्र छिर्नै नदिनु, उपचार गर्न अस्वीकार गर्नु अनुचित हो । यस्तो क्रियाकलाप रोक्न आमनागरिक तथा सरकारको पहल हुन जरुरी छ। कोरोनाले त्रासदी फैलाएपनि एउटा सकारात्मक सन्देश के छ भने मृत्यु हुनेभन्दा निको हुने बढी छन्। यसर्थ कोरोना लागेपछि जीवन नै सिद्धिन्छ भन्ने सोच राख्नु उचित होइन। नलागोस् भनी सजग रहनुपर्छ। साठी पार गरेका व्यक्तिलाई रोगले बढी समात्ने दाबी भएपनि ९५ वर्षीय सङ्क्रमित पनि निको भएको समाचार छ। यसर्थ पूरै निराश हुने अवस्था छैन।
    यो भाइरसलाई मानवनिर्मित हतियार भनिएको छ। वास्तवमा यो भाइरस कसैले बनाएको हो भने त्यो सम्पूर्ण मानवजगत्को कसूरदार हो। मानवताविरोधी हो। तर अहिले आरोपतिर नलागी सबै मिलेर यसको नियन्त्रण गर्न लाग्नुपर्छ। अहिले विवाद भयो भने सङ्क्रमण झन् फैलिन्छ। यसर्थ शक्तिशाली राष्ट्रले पनि संयमता अपनाउनुपर्ने बेला आएको छ। विपत् नियन्त्रणपश्चात् यसको छानबीन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ, जसले शक्तिको होडमा मानवता नबुझ्नेहरूले पाठ सिकून्। यद्यपि अहिले नै कुनै देशविशेषले बनाएको सामान मानिसले प्रयोग गर्न त परै जाओस् छुन पनि तैयार छैनन्। यो त उक्त देशको लागि ठूलो नोक्सानी हो । यो नोक्सानीको सोधभर्ना गर्न कैयौं दशक लाग्छ।
    कस्तो खतरनाक भाइरस छ, जसले सुविधासम्पन्न एवं शक्तिशाली मुलुकलाई समेत त्राहिमाम पारेको छ। अमेरिका, चीन, इटाली, स्पेन, ब्रिटेनलगायत  शक्तिशाली मुलुकलाई समेत नियन्त्रण गर्न हम्मेहम्मे पारेको छ भने साना एवं गरीब मुलुकको हालत कस्तो होला १ नेपालजस्तो गरीब एवं केही सुविधा नभएको मुलुकको सौभाग्य नै भन्नुपर्छ, अहिलेसम्म त्यस्तो दुर्भाग्य देख्न पाइएको छैन। यहाँ रोग जाँच गर्ने उपकरणको अभाव त छँदैछ, हात धुने साबुनसम्म कति ठाउँमा अप्राप्य छ। तीन तहको सरकार भएपनि हरेक नागरिकको घरमा साबुन, सेनिटाइजर तथा मास्क वितरण हुन सकेको छैन। भगवान्ले नै नेपालीहरूलाई बचाएका छन्। अहिलेसम्म पाँचजना सङ्क्रमित फेला परेपनि ती सबै विदेशबाट आएका परेका छन्। यसर्थ हामीले विदेशको डलरभन्दा आफ्नै रुपियाँमा चित बुझाएर माटोको सेवा गर्नुपर्छ। धेरै ठूला ओहदामा बसेकाहरू आफू नेपालमैं बसेपनि घरपरिवार विदेशमा राखेका छन्। उनीहरूले पनि विचार गर्नुपर्छ।
    अहिले विश्व नै जोखिममा रहेपनि सबैभन्दा बढी जोखिममा निम्नवर्गका मजदूर र किसान छन्। जो धूलोधूवाँमा काम नगरी छाक टार्न सक्दैनन्। त्यस्तालाई जोगाउन सरकारले आर्थिक सहयोग जुटाइदिनुपर्छ। स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले अहिले विकास कार्य स्थगित गरी नागरिकको जीवनरक्षामा खर्च गर्नु आवश्यक छ। आखिर जनताले दिएको करको सदुपयोग यस्तै बखतमा गर्ने हो। भारत तथा अमेरिकाले आआफ्नो नागरिकलाई हरेक खालको सुविधा दिइरहेका छन्। यस्तो अवस्थामा नेपाल सरकारले जोखिममा रहेका नागरिकमा खर्च गर्नु उपयुक्त देखिन्छ। नेपाल सरकारले कोरोना नियन्त्रणका लागि गरेका प्रयास सराहनीय देखिएकाले यसको निरन्तरताबाट पनि नागरिक पछि पर्ने अवस्था छैन। लकडाउनबाट कमसेकम सङ्क्रमण फैलेको त छैन।
    स्वतन्त्र देशका नागरिकका लागि स्वतन्त्रता ठूलो कुरा हो। नागरिकको स्वतन्त्रतामा अनावश्यक अवरोध भयो भने नमान्नु स्वाभाविक हो। अहिले लकडाउनमा पनि घरबाहिर निस्कने प्रयास भएका छन्, जसलाई अस्वाभाविक मान्नुहुँदैन। यो नागरिक स्वतन्त्रताको चिनारी हो। यसलाई बढी कडारूपमा लिनुहुँदैन तर नागरिकले पनि बुझ्नुपर्ने कुरा के हो भने स्वतन्त्रताको उपभोग जीवन रहेपछि मात्र गर्न सकिन्छ । यसर्थ जीवनरक्षाको लागि केही हप्ता, वा केही महीना लकडाउनमा बस्नुपरे पनि त्यसलाई अन्यथा मान्नुहुँदैन। सङ्कटको घडीमा नागरिक स्वतन्त्रताको खोजी गर्नु उचित हुँदैन। यसैले संविधानले जतिसुकै मौलिक हकको व्यवस्था गरेपनि सङ्कटकालमा मौलिक हक निलम्बन गर्न सक्ने अधिकार सरकारलाई दिएको हुन्छ । अहिलेको लकडाउनले मौलिक हकमा बन्देज भएपनि सङ्कटकालको अवस्था हो। जसलाई सहजरूपले लिनुपर्छ । आशा गरौं, कोरोना सङ्क्रमणले नेपाल तथा नेपालीलाई त्यति नोक्सानी नपु¥याउला। अहिलेसम्म यहाँ बसेका नेपालीमा सङ्क्रमण नभेट्नु र स्वदेशमा बसेका कुनै नेपालीको सङ््क्रमणबाट मृत्यु नहुनु सुखद सन्देश हो।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कोरोना सङ्क्रमण र नेपालको व्यवस्थापन
कोरोना सङ्क्रमण र नेपालको व्यवस्थापन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgNfIht-p0tx-bFOJUMVS2PIs2DQkaZgg_4DYsk1yTHbJeGpnjLvBY5Vmnqx38nsFiCW6B6tI6X2ENFxmiaj-dn_L2ovz5UK_srmAh_vtSCtxW6phyphenhyphenGO-CEB7Su2JKAITub9jxzy1tiTXiG/s320/birendra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgNfIht-p0tx-bFOJUMVS2PIs2DQkaZgg_4DYsk1yTHbJeGpnjLvBY5Vmnqx38nsFiCW6B6tI6X2ENFxmiaj-dn_L2ovz5UK_srmAh_vtSCtxW6phyphenhyphenGO-CEB7Su2JKAITub9jxzy1tiTXiG/s72-c/birendra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/03/blog-post_237.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/03/blog-post_237.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy