उमाशङ्कर द्विवेदी
अर्जुनका पुत्र श्रुतकीर्तिलाई दुःशासनको पुत्रले द्रोणाचार्यतिर जानबाट रोकिदिए, तर उनी आप्mना पितासमान नै वीर थिए, उनले तीनवटा बाण हानेर दुःशासनको पुत्रको धनुष, ध्वजा र सारथिलाई घाइते पारी स्वयम् द्रोणको सामु आइपुगे ।
राजन्, पटच्चर राक्षसको वध गर्ने ती वीर दुवै सेनामा प्रतिष्ठित थिए । उनलाई लक्ष्मणले रोके । उनले लक्ष्मणको धनुष र ध्वजालाई काटेर उनीमाथि भीषण बाण वर्षा गरे । दु्रपदपुत्र शिखण्डीलाई महामति विकर्णले रोके, अनि शिखण्डीले बाणको जालोभैंm फिजाएर उनलाई रोके तर तपाईंको वीरपुत्रले त्यसलाई काटे । उत्तमौजा क्रमशः आचार्यतिर बढ्दै गइरहेका थिए । उनलाई अङ्गदले रोके । ती पुरुषसिंहहरूको घमासान युद्ध हेरेर सबै सैनिकले वाह, वाह भन्न थाले । महान् धनुर्धर दुर्मुखले पुरुजितलाई आचार्यतिर बढ्नबाट रोके । यसबाट आजित भएर पुरुजितले उनको आँखीभौंको बीचमा बाण हाने । कर्णले पाँच केकय भाइलाई रोके । उनीहरूले बडो क्रोधित भएर कर्णमाथि वर्षा गर्न आरम्भ गरे । कर्णले पनि कैंयनपटक आप्mनो बाणजालबाट आच्छादित गरिदिए । यस प्रकार कर्ण र केकयदेशीय पाँचवटै राजकुमार आपसको बाण वर्षाभित्र अलोप भएको कारण आप्mनो घोडा, सारथि, ध्वजा र रथसहित अदृश्य भए । तपाईंका तीन पुत्र दुर्जय, विजय र जयले नील, काश्य र जयत्सेनलाई अगि बढ्नबाट रोके । यसै प्रकार क्षेमधूर्ति र बृहत्–यी दुई भाइले द्रोणतिर बढ्दै गरेका सात्यकिलाई आप्mनो तीखो बाणबाट घाइते पारिदिए । ती दुवैको साथ सात्यकिको बडो अद्भुत संग्राम भयो । राजा अम्बष्ठ एक्लै आचार्यसित युद्ध गर्न चाहिरहेका थिए । उनलाई चेदिराजले बाणवर्षा गरेर रोकिदिए अनि अम्बष्ठले एउटा अस्थिभेदिनी शलाका हानेर चेदिराजलाई घाइते पारिदिए । वृष्णिवंशीय वृद्धक्षेमका पुत्र बडो क्रोधित भएर गइरहेका थिए, जसलाई आचार्य कृपले आप्mनो बाणबाट रोकिदिए । यी दुवै वीरहरू अनेकौं प्रकारका युद्ध गर्नमा खप्पिस थिए । उनीहरूबीचको युद्ध हेरेर जम्मैजना आश्चर्यचकित हुन पुगे । सोमदत्तका पुत्र भूरिश्रवाले द्रोणतिर आइरहेको राजा मणिमानको मुकाबिला गरे । मणिमानले बडो फुर्तीका साथ भूरिश्रवाको धनुष, तूणीर, ध्वजा, सारथि र क्षत्र काटेर रथबाट तल झारिदिए । अनि भूरिश्रवाले आप्mनो रथबाट हाम्फालेर बडो त्वरित गतिमा हातमा तरबार लिई उनलाई उनको घोडा, सारथि, ध्वजा र रथसहित काटिदिए । फेरि उनी अर्को रथमाथि चढेर अर्को धनुष लिई आपूm स्वयम्ले घोडा हाँकेर पाण्डवको सेनालाई कुल्चिन थाले । यसै प्रकार दुर्जय वीर पाण्डवहरूलाई आइरहेको हेरेर उनलाई महाबली वृषसेनले आप्mनो बाण वर्षाएर रोके ।
यसैबेला द्रोणचार्यमाथि धावा गर्ने अभिप्रायले घटोत्कच गदा, परिघ, तरबार, पट्टिस, लोहदण्ड, ढुङ्गा, लौरो, भुशुण्डी, प्रास, तोमर, बाण, मूसल, मुद्गर, चक्र, भिन्दिपाल, बन्चरो, धूलो, वायु, अग्नि, जल, भस्म, डल्लो, तृण र वृक्षादिबाट प्रहार गर्दै सम्पूर्ण सेनालाई घाइते र नष्ट पार्दै तथा यताउति लखेट्दै अगि आए । उनीमाथि राक्षसराज अलम्बुषले नानाथरीका हतियारबाट प्रहार गरे । ती राक्षस वीरहरूबीचमा घोर युद्ध हुन थाल्यो ।
यस प्रकार तपाईं र पाण्डवहरूको सेनाका रथी, गजारोही, अश्वारोही र पदाति सैनिक एकअर्काको विरोधमा घमासान मचाए । यतिबेला द्रोणलाई मर्नबाट बचाउनको लागि जस्तो युद्ध भयो, त्यस्तो न कसैले कहिले सुनेकै थियो, न हेरेको नै थियो । राजन् त्यहाँ जताततै अनेकौं प्रकारका युद्ध भइरहेको थियो, त्यसमध्ये केही घोर युद्ध थियो, केही भयानक थियो त केही बडो विचित्र युद्ध थियो ।
धृतराष्ट्रले सोधे– सञ्जय, पाण्डवहरू युद्ध गर्नको लागि अलग–अलग बाँडिएपछि मेरा पुत्रहरू तथा उनीहरूले कुन प्रकारले युद्ध गरे ?
सञ्जयले भने– राजन्, जम्मैजना संग्रामको लागि तम्तयार भएपछि तपाईंका पुत्र दुर्योधनले गजारोही सेनालाई लिएर भीमसेनमाथि आक्रमण गरे तर युद्धकुशल भीमले केही बेरमैं त्यस गजसेनाको व्यूहलाई ध्वस्त पारिदिए । उनको बाणबाट सम्पूर्ण हात्तीहरूको मद ओर्लिहाल्यो र तिनीहरू मुख फर्काएर भाग्न थाले । यसै प्रकार भीमसेनले त्यस सम्पूर्ण सेनालाई कुल्चिदिए । यो हेरेर दुर्योधनको क्रोध दन्किएर आयो र उनी भीमसेनको सामु आई उनीमाथि आप्mनो तीखो बाण हान्न थाले तर एक निमेषमैं भीमसेनले बाण वर्षाएर उनलाई घाइते पारिदिए तथा दुईटा बाण हानेर उनको ध्वजामा चित्रित मणिमय हात्ती र धनुषलाई काटिदिए । यस प्रकार दुर्योधनलाई पीडित भइरहेको हेरेर अङ्गदेशका राजा हात्तीमाथि सवार भएर भीमको सामु आए । उनको हात्तीलाई आपूmतिर आइरहेको हेरेर भीमसेनले बाणवर्षा गरेर उसको टाउकोलाई अत्यन्त घाइते पारिदिए । यसबाट आत्तिएर त्यो हात्ती पृथ्वीमाथि लड्यो । हात्ती लड्ना साथै अङ्गदेशका राजा पनि भुइँमा खसिहाले । यसैबेला बडो फुर्तीका साथ भीमसेनले एउटा बाण हानेर उनको टाउको पनि छिनालिदिए । यो हेर्ने बित्तिकै उनको सेना आत्तिएर युद्धभूमिबाट भागिहाले ।
यसपछि ऐरावतको वंशमा जन्मिएको एउटा विशालकाय हात्तीमाथि सवार भएर प्राग्ज्योतिषनरेश भगदत्तले भीमसेनमाथि आक्रमण गरे । उनको हात्तीले क्रोधित भएर अगाडिको दुईटै खुट्टा तथा सूँडबाट भीमसेनको रथ र घोडालाई कुल्चिदियो । भीमसेनलाई ‘अञ्जलिकावेध’ (हात्तीको भुँडीको एउटा विशेषस्थानमा सुम्सुम्याउने विद्यालाई अञ्जलिवेध भनिन्छ) विद्याबारे थाहा थियो, त्यसैले उनी भागेनन् बरु दुगुरेर हात्तीको पेटमुनि लुकेर हात्तीमाथि सो विद्याको प्रयोग गर्न थाले । त्यस गजराजमा दश हजार हात्तीको समान बल थियो र ऊ भीमसेनलाई मारिहाल्ने उद्देश्यले कुम्हालेको चक्रको समान चक्राकार घुम्न थाल्यो । अनि भीमसेन तलबाट फुत्त निस्केर उसको सामु आए । हात्तीले सूँडबाट हानेर उनलाई खसालेर घुँडाले मिच्न थाल्यो अनि भीमसेनले आप््mनो शरीरलाई घुमाइ उसको सूँडलाई बाहिर थुतेर फेरि उसको पेटमुनि लुके अनि केही बेरमैं त्यहाँबाट बाहिर निस्की बडो वेगले भागिहाले । यो हेरेर सेनामा बडो कोलाहल मच्चियो । पाण्डवसेना त्यस हात्तीबाट अत्यन्त भयभीत भएर भीमसेन उभिएको स्थानमा पुगे । क्रमशः...।