डा. रमेश मिश्र
आयुर्वेद विश्वको प्राचीन चिकित्सा प्रणाली हो । विश्वमा मानवको उत्पत्तिसँगै आयुर्वेदको विकास भएको वर्णन विभिन्न पुराण, ग्रन्थहरूबाट प्राप्त हुन्छ । आयुर्वेदमा देश, काल, प्रकृति अनुसार स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्ष्Fा र कुनै कारणवश रोग लाग्यो भने उसको उपचारको राम्रो व्यवस्था गरिएको छ । आयुर्वेद अनुसार रोग लागेर रोगको चिकित्सा गर्नुभन्दा रोगै हुन नदिने अति राम्रो हो भनी ऋतुचर्या, दिनचर्या, रात्रिचर्याको पालन गराउन बढी जोड दिइन्छ, जसले रोग प्रतिरोधक क्षमता व्यक्तिमा विकसित होस् र सबै व्यक्ति निरोगी रहून् ।
संसारका सबै व्यक्ति स्वस्थ र लामो जीवनयापन गर्न चाहन्छन् । यसको लागि ऋतुचर्या, दिनचर्या, रात्रिचर्याको जुन विधि छ, सोको पालना गर्नुपर्छ । यसको लागि ऋतुहरूको बारेमा पूर्णज्ञान हुनु जरुरी छ र त्यसैअनुरूप आहारविहार र सेवन गर्नुपर्छ । प्रकृतिकृत शीतोष्णादि सम्पूर्ण काललाई ऋषिहरूले एक वर्षमा संवरण गरे सूर्य र चन्द्रमाको गति विभेदबाट वर्षलाई दुई भागमा विभाजन गरिन्छ, जसलाई अयन भनिन्छ । यी अयन उत्तरायण र दक्षिणायण हुन्छन् । उत्तरायणमा रात्रि सानो र दिन ठूलो हुन्छ एवं सूर्यको किरण प्रखर हुनाले चराचर शक्तिहरूको शोषण हुन्छ, यस कारण यसलाई आदानकाल भनिन्छ । दक्षिणायणमा दिन सानो र रात्रि ठूलो हुन्छ, यस कारण चन्द्रमाको प्रभाव बढी हुन्छ, जसमा प्राणीहरूले बल प्राप्त गर्दछन् र शरीरको पोषणको काम हुन्छ । यी अवयवहरू प्रत्येकका तीन/तीन उपविभाग छन्, जसलाई ऋतु भनिन्छ । यी ऋतुहरू ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर र वसन्त हुन् ।
आयुर्वेदशास्त्रमा दोषहरूको सञ्चय, प्रकोप र शमनको लागि यी ६ ऋतुहरूलाई नै मुख्य मानिएको छ । अहिले वसन्त ऋतु हो । वसन्त ऋतुमा बिस्तारै–बिस्तारै जाडो कम हुँदै जान्छ र वातावरण रमणीय हुँदै जान्छ । मन्द–मन्द हावा चल्न थाल्छ । सबै बिरुवामा पुराना पात झर्न थाल्छन्, नयाँ पात पलाउन थाल्छन् । आयुर्वेद अनुसार शिशिर ऋतुमा मधुर स्निग्ध आहार बढी सेवनले र काल स्वभावले शरीरमा बढी कफको सञ्चय हुन्छ, जुन अहिले वसन्त ऋतुमा सूर्यको तापले बिस्तारै पग्लिन थाल्छ र प्रायःजसो सबै व्यक्तिहरूमा कफको प्रकोप हुन्छ ।
कर्फाश्रतो हिं शिशिरे वसन्तेऽकार्भु तापितः ।
हत्वादग्नि कुरूते रोगानतस्तं त्वरया जयते् ।।
(अ.ह्.स.ऋ.३।१८)
परिणामस्वरूप धेरै व्यक्तिमा रुघाखोकी, भोक नलाग्ने लक्षण देखा पर्दछन् ।
धेरै व्यक्तिमा रुघाखोकी बढी देखा पर्दछ । जसको जति रोग प्रतिरोधक क्षमता बढी हुन्छ, शरीरबाट बढी सञ्चित कफ निस्केपछि शान्त भइहाल्छ र जसको रोग प्रतिरोधक क्षमता कम हुन्छ र यसबेला शरीर रुघाखोकीले कमजोर भएपछि अन्य रोग लाग्ने सम्भावना रहन्छ । हालका दिनहरूमा छिमेकी देश चीनमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमणको डर सबैलाई छ । यस कारण वसन्त ऋतुमा हाम्रोजस्तो हावापानी र भौगोलिक बनोट भएका देशहरूमा रुघाखोकी वसन्त ऋतुमा हुनु आयुर्वेदको दृष्टिले राम्रै मानिन्छ तर हामी सतर्क हुनुपर्दछ किनकि कोरोना भाइरस सङ्क्रमणमा पनि कफको लक्षण हुन्छ । अतः वसन्त ऋतुमा रुघाखोकी लाग्यो भने डराउनुहुँदैन, बरु सतर्क रहनुपर्दछ ।
आयुर्वेद अनुसार वसन्त ऋतुमा कफ निष्कारक औषधिहरू सेवन गरी कफ बाहिर निकाल्नुपर्दछ । आयुर्वेद अस्पतालहरूमा यस वसन्त ऋतुमा वमन गराइन्छ, जसलाई वसन्ती वमन भनिन्छ । तुलसी, अदुवा, मरिचको कव्वाथ सेवन गर्नुपर्दछ । कटु, तिक्त रस, मह, हर्रो चूर्णको सेवन गर्नुपर्दछ । यस ऋतुमा मधुर, अम्ल, शीत, स्निग्ध तथा गरिष्ठ भोजन गर्नुहुँदैन ।
शरीरलाई न्यानो राख्नुपर्दछ । सफा लुगा लगाउनुपर्दछ । पटकपटक साबुनपानीले हात धुनुपर्दछ । बढी भीडभाड भएको ठाउँमा जानुहुँदैन । सकेसम्म मास्क लगाउनुपर्दछ । रोगको लक्षण देखा परे तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।
(लेखक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंजका प्रमुख हुन् ।)