– बैद्यनाथ ठाकुर
महर्जन सरले एक दिन शिष्यहरूलाई गृहकार्यमा माटोको खरायो, भ्यागुतो, स्याउ बनाएर ल्याउन भन्नुभयो । विद्यार्थीहरूले एक हप्तापछि ती कुराहरू बनाइ रङ्गरोगन गरी ल्याए । महर्जन सरले त्यसमध्ये सबैभन्दा राम्रो असलीभैंm देखिने चार/चार वटा भ्यागुतो, स्याउ र खरायो छानेर छुट्टीपछि गाउँभन्दा परको खाली चौरमा राख्न लगाउनुभयो ।
भोलिपल्ट विद्यार्थीलाई लिएर सर चौरमा जानुभयो र सबैलाई ती मूर्तिहरूको निरीक्षण गर्न भन्नुभयो । विद्यार्थीहरूले हिजो जस्तो राखेको थियोे आज उस्तै छ भने ।
त्यसपछि सरले भन्नुभयो– “हेर, कति राम्रो भ्यागुतो रहेछ तर रातिमा यिनीहरूलाई कुनै सर्पले खाएको छैन । तिमीहरूले बनाएको खरायो झन् वास्तविक जस्तै छ तर कुनै स्यालले खाएको छैन । स्याउ त आहा, हेर्दा नै खाउँखाउँ लाग्ने तर रातिराति उड्ने चमेरोले पनि खाएको छैन । किन होला...? एकछिन छलफल गरेर भन त...।”
एकछिनको छलफलपछि एकजना विद्यार्थीले भन्यो– “हाम्रो निष्कर्ष यो हो कि यी सामग्रीहरू नक्कली भएकाले उनीहरूले खाएनन् ।”
स्याबास... तिमीहरूको उत्तर शतप्रतिशत ठीक हो । एउटा जनावरलाई पनि असली र नक्कलीको ज्ञान छ तर हामी मानिसहरू झन् पढेलेखेकाहरू कागजमा छापिएको भगवान्को नक्कली तस्बिर, माटो वा ढुङ्गा वा धातुबाट बनेको देवीदेउताको नक्कली मूर्तिहरूलाई तन, मन र धनले सधैं पूजा गर्छाैं ।
हामीले पूजा गरेको भगवान् असली हो ? असली नक्कली पहिचान गर्ने सवालमा हामीभन्दा जनावरको बौद्धिकता विकसित छ कि कसो...?
अन्तमा सरले कसैलाई केही भन्न छ कि भन्दा एकजना छात्राले भनिन्–सर, हजुरले भन्नुभएको कुरा एकदमै ठीक हो । हिजोआज सुर्तीजन्य पदार्थको बट्टामाथि लेखिएको हुन्छ ‘यसको सेवन स्वास्थ्यको लागि हानिकारक छ, यसले क्यान्सर हुन्छ’ तर पनि यसको सेवन बौद्धिक व्यक्तित्वहरूले गर्ने गर्छन् । हाम्रा विद्यालयका सरहरू पनि खानुहुन्छ । साँच्चीकै हाम्रो बौद्धिक स्तर खत्तम नै छ...।