प्रस, परवानीपुर, १७ फागुन/
नेपाली सेनाको मध्यपृतनापति गणले वीरगंजमा आयोजना गरेको म्याराथन प्रतियोगितामा सेनाकै खेलाडीहरूको वर्चस्व रह्यो ।
एकताको लागि दौड, स्वस्थ देश–स्वस्थ मधेस नाराका साथ शनिवार आयोजित म्याराथन दौड प्रतियोगिताको ४२ किलोमिटरमा सेनाकै खेलाडीहरूले प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यस्तै २१ किलोमिटरको पुरुष र महिला तर्फ पनि सेनाकै खेलाडीहरू पहिला, दोस्रा र तेस्रा भए ।
पुरुष ४२ किलोमिटरमा सेनाका खगेन्द्र भाट प्रथम, राजन रोकाया द्वितीय, हरिकुमार रिमाल तृतीय भए । भाटले २ घण्टा २१ मिनेट १५ सेकेन्ड, रोकायाले २ घण्टा २७ मिनेट ४९ सेकेन्डमा ४२ किलोमिटरको दूरी पार गर्दै क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
४२ किलोमिटरमा प्रथम भाटले २ लाख, द्वितीय रोकायाले डेढ लाख र तृतीय रिमालले १ लाख नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे । ४२ किलोमिटरका खेलाडीहरू बाराको पिलुवाबाट कलैया हँुदै वीरगंजस्थित सेनाको ब्यारेकमा पुगेका थिए । अन्य समूहको दौड वीरगंजबाट शुरू भएको थियो ।
२१ किलोमिटरको महिलातर्फको दौडमा राजपुरा प्रसाइ प्रथम, पूmलमति राणा द्वितीय र बिन्दा श्रेष्ठ तृतीय भए । उनीहरूले क्रमशः रु ७५, ५० र ३५ हजार नगद पुरस्कार पाए । पुरुषतर्फ गजेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र रामजी बस्नेत तृतीय भएर रु ७५, ५० र ३५ हजार नगद पुरस्कारसहित शिल्ड, प्रमाणपत्र प्राप्त गरे यसैगरी १० किलोमिटर महिला खुला तर्फ शकुन्तला ठगुन्ना प्रथम, मञ्जु राउत द्वितीय र महिलाको विभागीयतर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, सरस्वती भट्टराई द्वितीय र बिर्सना कुमाल तृतीय भए । उनीहरूले क्रमशः रु २०, १५, १० हजार नगद पुरस्कार पाए । १० किलोमिटरको पुरुष खुलातर्फ सागर श्रष्ेठ, दिनेश बोगटी, प्रिन्स क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भए भने विभागीयतर्फ कल्याण बानिया, गणेश ठकुरी र टंकी कार्की क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले पनि क्रमशः रु २०, १५ र १० हजार नगदसहित पुरस्कार पाए ।
५ किलोमिटरतर्फ ४० वर्ष माथिको समूहमा जयनरेश सिंह, राजेश्वर कुमार, श्याम चौधरी क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले रु १०, ७, ५ हजार नगद पुरस्कार जिते । ५ किलोमिटरमा कक्षा ११, १२ का छात्राहरूमा अन्जु खडका, मीना ज्ञवाली र सङ्गीता यादव क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने छात्रतर्फ नारायणकुमार कुश्मा, देवनन्दन, आदर्शकुमार पटेल क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै रु १०, ७ र ५ हजार पुरस्कार जिते । त्यसैगरी ५ किलोमिटरतर्फ कक्षा ८ देखि १० सम्ममा छात्रातर्फ फुलनाज खातुन, सृष्टि साह, कृतिका बस्नेत क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने छात्रतर्फ युवराज लामा, आदेशकुमार यादव र आयुष मिश्रा क्रमशः प्रथम, द्वितीय र तृतीय भए र उनीहरूले पनि क्रमशः रु १०, ७ र ५ हजार नगद पुरस्कार पाए । फरक प्रकृतिको दौड (व्हील चेयर) प्रतियोगितामा सन्तोष महतो, अनिल कलवार र राकेश महतो क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले पनि रु १०, ७ र ५ हजार पुरस्कार पाए ।
नेपाली सेनाको मध्यपृतनापति उपरथी नरेशचन्द्र भट्टको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मुख्यमन्त्री लालबाबू राउतले नेपाली सेनाले बाढी, आगलागी र टोर्नाडोलगायत प्राकृतिक विपद्मा गरेको समाजिक र उद्धार कार्य सराहनीय भएको बताए । उनले म्याराथन दौड प्रतियोगिताले मधेससँग सेनाको साइनो थप प्रगाढ हुने बताए । उनले आगामी दिनमा प्रदेश सरकारले मुख्यमन्त्री दलित गरीब आवास योजना ल्याउन लागिरहेकोले सो योजनामा पनि सेनालाई सहयोग गर्न आग्रह गरे ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले प्रदेश २ मा निर्माण गरेको मितेरी पार्कको कार्य शुरू भइसकेको र आउने दिनमा पनि आप्mनो सेवा र सामाजिक कार्यक्रम अघि बढाउँदै जाने बताए ।
कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, वीरगंज महानगरका नगरप्रमुख विजय सरावगी, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया तथा सुबोध गुप्तालगायतको सहभागिता थियो ।