वर्तमान समयमा बढ्दो तनाव आज व्यक्तिको जीवनमा यस प्रकारले प्रवेश गरेको छ कि त्यसको कारण सधैं नयाँ रोग र समस्या बढ्दैछन् । आज दुनियाँभरमा तनावको कारण रोगग्रस्त हुने बिरामीको सङ्ख्या बढ्दैछ किनभने लामो समयसम्म हाम्रFे तन र मनमा तनाव रहँदा दुवै रोगी बन्छ । ध्यान दिनुपर्ने कुरा यो हो कि तनावको यो सङ्क्रमण यति तीव्र गतिले बढ्दैछ कि तनावग्रस्त व्यक्तिको वरपर बस्ने व्यक्तिलाई पनि यसले सहजै शिकार गर्दैछ ।
हामी आपैंmले आप्mनो जीवनमा तनावका अनेक कारण पैदा गरिरहेका छौं । जसरी जीवनमा तनाव बढ्छ साथै नयाँ–नयाँ रोग पनि बढिरहेका छन् किनभने जीवनमा आउने तनाव त्यस अनुपातमा घटिरहेको छैन, जुन अनुपातमा त्यो बढिरहेको छ । चिकित्सकको भनाइ अनुसार लगभग ९० प्रतिशत बिरामी आप्mनो स्वास्थ्य समस्याको लागि स्वयम् नै जिम्मेवार हुन्छ । जब व्यक्तिको मस्तिष्कले पूर्ण आराम पाउँदैन र त्यसमाथि सधैं दबाब बनिरहन्छ, तब व्यक्तिमाथि तनाव हावी हुन्छ ।
चिकित्सकीय भाषा अनुसार, तनाव अर्थात् शरीरको होमियोस्टैसिसमा गडबडी । यो त्यो अवस्था हो, जुन कुनै पनि व्यक्तिको शारीरिक, मानसिक र मनोवैज्ञानिक कार्यप्रणालीलाई गडबड गरिदिन्छ । अनेक वैज्ञानिक शोध अनुसार तनावको दौरान व्यक्तिको शरीरमा कैयौं प्रकारका शारीरिक तथा जैविक बदलाव हुन्छन्, जसमा शरीरमा कैयौं हार्मोनको स्तर बढ्छ, जसमा एड्रिनेलिन र कोर्टिसोल प्रमुख हुन् । यसको कारणले मुटुको ढुकढुकी तीव्र गतिले धड्किनु, पाचनक्रिया मन्द हुनु, रक्तप्रवाह प्रभावित हुनु, टाउको दुख्नु, नर्भस सिस्टमको कार्यप्रणाली गडबड हुनु र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु जस्ता शारीरिक समस्या उत्पन्न हुन्छन् । लगातार तनावमा रहनाले शरीरमा यसको नराम्रो प्रभाव पर्छ ।
उदाहरणको लागि जो व्यक्ति प्रायः बढी तनावमा रहन्छ, उसमा बुढेसकालको लक्षण प्रकट हुने प्रक्रिया तीव्र हुन्छ । शरीरले स्टे«स हार्मोन बनाउँछ, जसबाट शरीरमा जैविक बदलाव हुन थाल्छ । तनावको क्रममा निद्रा, खानपान र शारीरिक सक्रियतामाथि नराम्रो असर पर्छ, जसबाट असमय बुढेसकाल आउन थाल्छ ।
तनाव दमको सुरुआतको कारण पनि हुन सक्छ । तनावको कारण दमको लक्षण गम्भीर हुन सक्छ । जो मातापिता बढी तनाव लिन्छन्, उनका सन्तानमा दम हुने आशङ्का बढ्छ । तनावको कारण हाम्रो पाचनतन्त्र प्रभावित हुन्छ । लगातार तनावमा रहनाले पेट बाउडिने, पेट फुल्ने, सुन्निने, भोक नलाग्ने वा अत्यधिक लाग्ने, अपच आदि समस्या बनिरहन्छ । तनावको कारण पाचक रस (हाइड्रोक्लोरिक एसिड)को स्राव बढी मात्रामा हुन्छ, जसको अधिक मात्राबाट पेटको भित्री परत र पाचनमार्गलाई नोक्सान पु¥याउँछ । यसबाट अल्सर हुने खतरा पनि बढ्छ ।
तनावको स्थितिमा प्रायः हृदयको ढुकढुकी तीव्र हुन्छ र रक्तप्रवाह बढ्छ । अचानक हुने भावनात्मक तनावबाट हृदयसम्बन्धी गम्भीर समस्या हुन सक्छ । यसैले जसलाई पहिलेदेखि हृदयसम्बन्धी समस्या छ, उसले तनावबाट जोगिनुपर्छ । शोध अध्ययनले बताउँछ कि तनावले मुटुको रोगको आशङ्कालाई १५ देखि २० प्रतिशतसम्म बढाउँछ ।
तनावले हाम्रो शरीरको रक्तनलिकालाई पनि खुम्च्याउँछ, जसबाट रक्त दबाब बढ्छ र लगातार रक्त दबाब बढेपछि स्ट्रोकको खतरा पनि बढ्छ । तनावको कारण हाम्रो शरीरको रोग प्रतिरोधक तन्त्रको कार्यप्रणाली गडबड हुन्छ । हाम्रो शरीरको रोग प्रतिरोधक तन्त्र एन्डोक्राइन सिस्टमबाट प्रत्यक्षरूपले सम्बन्धित हुन्छ, यसैले हाम्रोनको स्राव पनि नकारात्मकरूपले प्रभावित हुन्छ ।
तनावले हाम्रो मस्तिष्कलाई शान्त रहन दिंदैन, जसबाट निद्रासँग सम्बन्धित समस्या हुन थाल्छ । निद्रामा व्यतिक्रम आउँदा हाम्रो दिमागले पूर्ण क्षमताका साथ काम गर्न सक्दैन, जसबाट व्यक्तिको सोच्ने क्षमतामा पनि असर पु¥याउँछ ।
लामो समयसम्म रहने तनावले मस्तिष्कका ती रसायनलाई परिवर्तित गर्न सक्छ, जसले हाम्रो मनोदशालाई नियन्त्रित गर्छ । जो व्यक्तिले बढी तनाव लिन्छ, ऊ अवसादबाट ग्रसित हुने आशङ्का ८० प्रतिशतसम्म बढ्छ र यसको साथै उसलाई कैयौं मानसिक रोग लाग्ने सम्भावना पनि बढ्छ ।
लगातार हुने तनावको स्थितिले मस्तिष्कका कोशिका र हिप्पोकैम्पसलाई नष्ट गर्छ, हिप्पोकैम्पस हाम्रो स्मरण राख्ने भाग हो, यसमा नराम्रो असर पर्दा डिमेन्शिया (स्मरणसम्बन्धी समस्या) हुने खतरा बढ्छ ।
अतः तनावलाई जीवनमा उचित प्रबन्ध गर्नु अत्यन्त जरुरी छ र यसको लागि कैयौं उपाय छन्, जस्तै– योग, प्राणायाम, ध्यान, रिलैक्सेशन प्रविधि र व्यावहारिक उपाय । अमेरिकन एकेडेमी अफ न्युरोलोजीले त ध्यान अर्थात् मेडिटेशनको लागि ‘मेडिटेशन इज मेडिसिन’ शब्दावलीको उपयोग गरेको छ । यसको रिपोर्टमा यो भनिएको छ कि ध्यानले सतर्कता र एकाग्रतालाई बढाउँछ, स्मरण सुधार्छ र पीडाको अनुभूतिलाई कम गर्छ । यसको अलावा प्राणायाम र रिलैक्सेशन प्रविधि (विश्रान्तिकारक उपाय)ले पनि तनावलाई टाढा गर्न र त्यसमाथि नियन्त्रण पाउन मदत गर्छ ।
रिलैक्सेशन प्रविधिमा एउटा सरल प्रविधि–प्रोग्रेसिभ रिलैक्सेशन प्रविधि हो, जुन निकै सरल छ । यसमा व्यक्ति कुनै आरामदायक स्थानमा शान्त भएर बस्ने वा पल्टिनुपर्छ र आप्mनो आँखा बन्द गर्नुपर्छ । अब १० सेकेन्डसम्म खुट्टाका औंलालाई कसेर जति बढी भित्र फर्काउन सकिन्छ, फर्काउनुपर्छ र त्यसपछि ढिला छाड्नुपर्छ । खुट्टाको औंलापछि आप्mनो पञ्जा, खुट्टा, पेट, हातको औंला र त्यसपछि घाँटी र अनुहारमा बढीभन्दा बढी तनाव वा खिचाव दिनुपर्छ, त्यसपछि त्यसलाई पनि खुकुलो छाड्नुपर्छ । र, यो भावना हुनुपर्छ कि यस पूरै प्रक्रियाको माध्यमबाट तनाव हाम्रो खुट्टाको औंलादेखि टाउकोसम्म हुँदै शरीरबाट बाहिर निस्किन्छ ।
तनावबाट मुक्त हुन स्वयंसँग भन्न सकिने सकारात्मक कथन (स्वकथन) पनि निकै सहयोगी हुन्छ । यसैले थोरै पनि खाली समयमा राम्रFे वाक्यलाई मनमा दोहो¥याउनुपर्छ । यसको लागि कुनै शान्त स्थानमा बसेर आँखा बन्द गरेर गहिरो साँस लिने र छाड्ने गर्नुपर्छ र मनमा दोहो¥याउनुपर्छ– ‘सबै ठीक छ’, ‘जे हुन्छ राम्रो हुन्छ’, ‘मभित्र असीम सामथ्र्य छ’, ‘म जेसुकै गर्न सक्छु’ ।
सङ्गीत पनि तनावको विरोधी हो, यसैले आप्mनो रुचिको गीत–सङ्गीत सुनेर हामी आप्mनो तनावलाई कम गर्न सक्छौं र तनावबाट थोरै समयको लागि राहत पाउन सक्छौं । यो थोरै समयको राहतले हामीलाई यति भरपूर ऊर्जा दिन्छ, जसबाट हामी आप्mनो कार्यबाट तनाव कम गर्न सक्छौं ।
शरीरको मालिशबाट पनि तनावग्रस्त मांसपेशीलाई आराम पाइन्छ र यसबाट रक्तसञ्चार पनि सुधार हुन्छ। प्राकृतिक वातावरण पनि हाम्रो तनावलाई विस्मृत गर्न र हामीलाई ऊर्जाले भरपूर गर्नमा सहायक हुन्छ। तनाव टाढा गर्नको लागि आप्mनो दिनचर्यामा ६ देखि ८ घण्टासम्मको नियमित निद्रा लिनुपर्छ र सुत्नुभन्दा एक घण्टा पहिले इलेक्ट्रोनिक उपकरण जस्तैः टिभी, कम्प्युटर, मोबाइल आदि बन्द गर्नुपर्छ । सन्तुलित, सुपाच्य र पोषणयुक्त आहार ग्रहण गर्नुपर्छ । शरीरमा पानीको कमीले हाम्रो मानसिक ऊर्जा र क्षमतालाई कम गर्छ, यसैले प्रतिदिन ८ देखि १० गिलास पानी पिउनुपर्छ । आप्mनो दिनचर्याबाट केही समय आप्mनो परिवार र मित्रको लागि निकाल्नुपर्छ । यस प्रकार ससाना उपायबाट ठूलठूला तनावलाई पनि धराशयी गर्न सकिन्छ, तर यसलाई अपनाउन आवश्यक छ ।