प्रस, वीरगंज, १५ फागुन/
पर्सा प्रहरीले घूस खाएर अभियुक्तलाई छाडेको कसूरमा चारजना प्रहरीलाई अख्तियारको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले फागुन ८ गते भारतीय नागरिकबाट बरामद रु २० लाख असूल गरी मानिस छाडेको कसूरमा अस्थायी प्रहरी चौकी इनर्वा गाउँका प्रसनि पूर्णबहादुर तामाङ, प्रह विष्णुदयाल चौधरी, प्रज राजबहादुर तामाङ र अवधेश राय यादवलाई हिजो पक्राउ गरेको र आज अख्तियारको जिम्मा लगाएको प्रहरी उपरीक्षक गङ्गा पन्तले बताइन् । अभियुक्त चारैजनाबाट भारतीय नागरिकलाई छाडेबापत लिएको रकम बरामद भएपछि अख्तियारको जिम्मा लगाएको प्रउ पन्तले बताइन् । पक्राउ परेका प्रसनि तामाङबाट रु ४ लाख, प्रह चौधरीबाट रु १ लाख १० र प्रज यादवबाट रु १ लाख २५ हजार बरामद भएको थियो । उनीहरूले आआप्mनो कोठामा रकम लुकाएर राखेका थिए ।
प्रहरी स्रोतका अनुसार फागुन ८ गते प्रह चौधरीले रु २० लाख रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेका थिए । चौधरीले प्रसनि तामाङलाई खबर गरी अन्य प्रहरीको सहयोगमा चार घण्टासम्म वीरगंज–१६ भुटनदेवीमा नियन्त्रणमा राखेर कुरो मिलेपछि छाडेका थिए । सोही घटनाका एक अभियुक्त प्रज अवधेशले पाएको रु १ लाख २५ हजार जिप्रका पर्सामा बुझाएपछि घटना सार्वजनिक भएको हो । उनले बाँडफाँडको रकममा चित्त नबुझेपछि प्रहरीमा रकम बुझाएर घटना सार्वजनिक गरेको बुझिन आएको छ । पक्राउ परेका चारैजना यस अघि जिप्रका, पर्साको अपराध अनुसन्धान शाखामा कार्यरत थिए ।