प्रस, ठोरी, १७ माघ/
नेकपाको वर्गीय सङ्गठन अखिल नेपाल किसान महासङ्घ ठोरीको एकता भेला शुक्रवार सुवर्णपुरमा सम्पन्न भएको छ ।
गापास्तरीय भेलाका मुख्य अतिथि नेकपा पर्साका सचिव विजय महतोले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर बनेको ठूलो शक्ति नेकपालाई कमजोर हुन नदिन दलका नेता तथा कार्यकर्तामा पनि भावनात्मक एकता हुनुपर्ने बताए ।
भेलाका विशिष्ट अतिथि सो पार्टीका प्रदेश कमिटी सदस्य पद्मलाल श्रेष्ठले उपल्लो तहका नेताको सिको जिल्ला तथा स्थानीयस्तरका नेता, कार्यकर्ताले गर्ने भएको हुँदा सुधार उपल्लो तहबाट नै हुनुपर्ने विचार व्यक्त गरे । गाउँपालिका अध्यक्षसमेत रहेका श्रेष्ठले ठोरी गापाका अधिकांश योजनाहरू किसान लक्षित रहेको दाबी गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख तथा पार्टी जिल्ला कमिटी सदस्य ठाकुरप्रसाद न्यौपानेले पार्टी सङ्गठन र संसदीय फाँटले जनभावनाअनुरूप काम गर्न सके मात्रै दिगो हुने बताए ।
किसान महासङ्घ पर्साका सहइन्चार्ज गङ्गाबहादुर खड्काले सहजीकरण गरेको भेलामा प्रेस सङ्गठन २ नम्बर प्रदेश कमिटी सदस्य गोविन्दप्रताप श्रेष्ठ, किसान महासङ्घ पर्साका इन्चार्ज धनबहादुर श्रेष्ठ, नेकपाका जिल्ला कमिटी सदस्य तथा ठोरी–२ का अध्यक्ष रामप्रकाश कुँवर, जिल्ला कमिटी सदस्य हरिबहादुर सुनार, आदिवासी नेता अष्टबहादुर लोप्चनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नवगठित किसान महासङ्घ ठोरीका संयोजक यमबहादुर बस्नेत, सहसंयोजक शिवराम खड्कालगायत १२ सदस्यीय गाउँपालिका एकाइ समितिका सदस्यहरूलाई महासङ्घका पर्सा जिल्ला सहसंयोजक सोमबहादुर लामाले पद तथा गोपनीयताको शपथ गराएका थिए ।