गाँजा पँmडानी गरिएका समाचार प्रायः दिनहुँ आइरहेका छन् । विशेषगरी पर्सा र बारा जिल्लाका विभिन्न क्षेत्रमा प्रहरीले गाँजा पँmडानी गरिरहेको छ । करेसाबारी तथा बगैंचाबारी, सुर्तीबारी, उखुघारी, नदीखोला एवं जङ्गल किनारालगायतका स्थानहरूमा गाँजाको बोट फेला परिरहेका छन् । विगतमा यस क्षेत्र गाँजाको पकेट क्षेत्रजस्तै थियो । हिउँद महीनामा जिल्लाका ग्रामीण क्षेत्रहरूमा गाँजाबाहेक अरू खेतीबाली नै थिएन । माओवादी द्वन्द्वको रापमा हौंसिएको गाँजा तत्कालीन प्रहरी प्रशासन र कृषकलाई समेत गतिलै आम्दानी भइरहेको थियो । गाँजाखेती मुलुकको लागि फाइदा कि बेफाइदा भन्ने विषयमा अझै पनि तर्क–वितर्क र बहसहरू चलिरहेका छन् । तर जहाँ जे सुकै भएपनि हाम्रो मुलुकको प्रचलित ऐन कानून अनुसार गाँजा प्रतिबन्धित वस्तु हो । यसर्थ यसको उत्पादन, प्रशोधन, सेवन, ओसारपोसार तथा खरीद–बिक्री दण्डनीय छ । पर्सामा गाँजाको जालोलाई तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले तोडेका थिए । श्रेष्ठपछि पर्सा आएका प्रहरी उपरीक्षक रमेश खरेलले गाँजाको जालो खडा गर्नेहरूको जरो किलो पनि उखेलेर गाँजाखेतीरहित जिल्ला बनाएका थिए ।
गाजा रोप्ने समय भदौ अन्तिम तथा असोजको सुरुआतमा हो । यसको ब्याड हुर्काउन नै करीब एक महीना समय लाग्छ । बिरुवा अतिसंवेदनशील हुने भएकोले यसको ब्याड घामपानीबाट जोगाउन त्रिपाल टाँग्ने वा छाप्रो हाल्ने पनि गरिन्छ । बिरुवा रोपेर ४ महीना पूरा गरेको बिरुवाबाट मिर्चैया गाँजा बनाउन सकिन्छ भने ५ महीनाको लस्साबाट चरेस उत्पादन हुन्छ । ६ महीना लागेपछिको बिरुवाबाट गाँजाको चिपट नै तयारी हुन्छ । अलि पहिले रोपिएको गाँजाको बिरुवा रहेछ भने पुस अन्तिम सातासम्म चिपटको योग्य भइसक्छ । माघ महीना भनेको त कुनै पनि गाँजा तयार भइसक्ने अन्तिम अवधि हो । यतिबेला पँmडानी गरे पनि त्यो गाँजा काम लाग्छ । जलाउन चाहे पनि लस्साको कारण यो पूरै जल्दैन । अर्कोतर्पm वल्लो गाउँमा पँmडानी टोली पुग्दा पल्लो गाउँको गाँजा काटेर लुकाइसकेको हुन्छ । यस कारण पुसदेखि माघसम्म पाकिसकेको गाँजा पँmडानी गरिनु देखावा मात्रै हो । किसानहरूले नै केही बोट वा क्षेत्र पँmडानीका लागि प्रहरीलाई राखिदिएका हुन्छन्, ताकि उपल्लो निकायमा प्रतिवेदन पठाउन सजिलो होस् ।
तस्करीको सामान जस्तो एकै दिनमा सीमा कट्ने वस्तु गाँजा होइन । अर्थात् घरेलु मदिरा जस्तो घरभित्र लुकाएर केही दिनमा कच्चा पदार्थ तयार गरिने वस्तु पनि होइन । गाँजालाई त घरबाहिर खेतमा ५/६ महीनासम्म राख्नुपर्छ । द्वन्द्वकालको बेला छैन, प्रहरीलाई आप्mनो क्षेत्रभित्रको कान्ला, कान्ला थाहा हुनुपर्छ, नत्रभने कुनै अवाञ्छित क्रियाकलाप भएमा कसरी थाहा पाउने ? हरेक ठाउँमा समाजका मानिसहरू पुगेका छन् र देखेका छन् भने गाँजा हुर्किरहेको कुरा प्रहरीलाई कसरी थाहा भएन । आप्mनो क्षेत्रभित्र गाँजा हुर्केको सूचना ६ महीनासम्म नपाउने प्रहरीले अन्य आपराधिक गतिविधिको सूचना कसरी पाउन सक्छ ? नागरिकसँग प्रहरी भिज्न नसकेकै हो त ? यसो होइन भने जानकारी भएर पनि प्रहरीले संरक्षण गरेको हुनुपर्छ । संरक्षण यत्तिकै हुँदैन, नियतमा खोट हुनुपर्छ । नत्र हिजो त्यही सुरक्षा संयन्त्रले जिल्ला नै सफा गर्दा, अहिलेको संयन्त्रले केही ठाउँको छिटपुट गाँजाबालीलाई समयमैं नष्ट गर्न नसक्नुको राज बुझिनसक्नु छ । यसतर्पm जिल्ला प्रहरी र जिल्ला प्रशासनको ध्यान जाओस् ।