– जिसी हरि
साँझ पर्दै थियो । रामाशङ्करले जब्बर सिंहलाई भन्यो– “राम्ररी सुत है १ भोलि पत्र आउन सक्छ ।” यी सब कुरा भनिरहँदा जब्बर सिंहलाई हर्ष न विस्मात् केही प्रभाव परेन । जब्बर सिंह केही समयअगाडिदेखि नै सामाजिक सेवा अन्तर्गतका विभिन्न गतिविधिमा अग्रसर भइरहँदा पटकपटक सम्मानित पनि भइरहेको थियो । होला कुनै कसैले पुनः मलाई सम्मान गर्दैछन् । दैवको लीला हो वा प्रकृतिको नियम मानिसले दुनियाँमा सबै चीज भेट्छ मात्र आफनो गल्ती भेट्दैन । निदाउन खोज्दाखोज्दै पनि खै किन हो रातको दोस्रो प्रहर बितिसक्दा पनि जब्बर सिंहलाई निद्रा परेन । एउटै आधा वाक्य ...“पत्र आउन सक्छ ।” ले कताकता मस्तिष्कमा ढ्याङ्ग्रो ठोकेजस्तो लाग्यो । उसले रामाशङ्करको मानसिक तथा शारीरिक क्रिया प्रतिक्रियाको एकपटक पुनर्कल्पना पनि ग¥यो । आखिर आशावादी भएर नै व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्वले निरन्तरता पाइरहेको कुरालाई विभिन्न कालखण्डमा भए गरेका तथ्यले पुष्टि गर्दै आएका छन् । आशावादी हुनुपर्छ भन्दै निदाउने कोशिश ग¥यो ।
ब्रह्माण्डका सम्पूर्ण चीज परिवर्तनशील छन् । त्यसमाथि मानव मस्तिष्कमा उठ्ने विचारहरू (मनहरू) झनै तरल छन् । तर्क तथा प्रमाणमा निर्भर रहन्छन्, विश्वासमा अडेका हुन्छन् तर कतिबेला कुन दिशातिर मडारिन्छन् । त्यसको रिमोट कसैको हातमा हुँदैन । मान्छे पृथ्वीको सर्वोच्च सामाजिक प्राणी हो । मान्छे शिक्षा, धन, बुद्धि, विवेकले गर्दा मात्र सामाजिक प्राणी नभई स्वतस्पूmर्तरूपमा भएको हो । व्यवहार भने पृथक होला त्यो परको कुरा हो । रात बित्दै गयो । बिहानीको पहिलो प्रहर भाले नबास्दै जब्बर सिंहको घरमा हल्लिखल्ली सुनियो । अघिपछि प्रहरीको बीचमा जब्बर सिंह हतकडीसहित पहिले गरेका कर्म कुकर्मको पुनरावलोकन गर्दै ल¥याङ–ल¥याङ हिंडिरहेको भान हुन्थ्यो । भ्mयालबाट हेर्नेहरूले भन्दै थिए– “पाप धुरीबाट कराउँछ ।”
प्युठान, हालः रौतहट