सञ्जय साह मित्र
अहिले नेपालले भ्रमण वर्ष मनाइरहेको छ ।
हरेकले जीवनमा यात्रा गरेका छन् । यात्रा त जीवनको पुनर्ताजगी हो । कुनै कारणवश अहिले यात्रा गर्न समर्थ नभएका व्यक्तिहरूसित पनि यात्राका रमाइला कथाहरू छन् । यात्राका सुन्दर यादहरू छन् । अब त्यहीं यात्राका डोबहरूलाई एकचोटि पछ्याउने बेला आएको छ । यात्राको पुनर्कथनको आवश्यकता भएको छ ।
समाजका दोस्रो र तेस्रो पुस्ताले कमसेकम हरेक दिन आपूmले विगतमा कहाँ यात्रा गरेको भन्ने कुरा आपूmभन्दा अनुजलाई सुनाउनुपरेको छ । पहिलेको यात्रावर्णन र अहिलेको यात्रावर्णनमा आउने भिन्नता र मिठासबारे सामाजिक बहस चलाउनु आवश्यक भएको छ । यस प्रकारको बहसको औचित्य कहाँनेर गएर पुष्टि हुन्छ भने सुन्नेलाई उत्प्रेरणा हुन्छ । उत्प्रेरित भएर त्यो ठाउँ पुग्ने, डुल्ने र कथनेसित एकचोटि फेरि यात्रावर्णन कथ्ने रहर जाग्दछ । हो, यही रहर त हरेक नेपालीमा जगाउनुपरेको छ ।
यात्रा त हरेकले गर्नुपर्दछ । यात्राको आनन्द लिनुपर्दछ । हुनत कतिपयलाई यात्रामा निकै कठिनाइ हुन्छ । कतिपयलाई बसमा बान्ता हुन्छ भने कतिपयले आपूmलाई सानो गाडीमा ‘एडजस्ट’ गर्न सक्दैनन् । तर गन्तव्यमा पुगेपछि भने सबै रमाउँछन् । सवारीसाधनमा भएको कठिनाइलाई बिर्सेर पुगेको ठाउँ हेरेर आनन्दित हुने बानी चाहिं साँच्चै राम्रो हो । साँच्चै यात्रालाई आनन्दमयी बनाउने कुराको खोजी गर्ने र यात्राको कठिनाइलाई बिर्सने हाम्रो राम्रो बानीले आप्mनो यात्रालाई मात्र नभएर अरूको यात्रालाई पनि रमाइलो बनाउने गर्दछ ।
एउटा उखान छ– थोर करे राम बेसी कविजी । अर्थात् रामको वर्णन रामले भन्दा कविले गर्न सक्छन् । यसको तात्पर्य यो पनि हो कि यात्राको वर्णन यात्रा भोगाइको आनन्दभन्दा यात्राको वर्णनले दिन सक्छ । यात्राबारे वर्णन गर्नु यात्राको भन्दा पनि आनन्ददायक हुने कुरो धेरैले बुझेका छन् । यस कारण कम्तीमा हरेक यात्राको वर्णन अनुजसित गर्नु आवश्यक छ ।
अझ लेख्न सक्नेले यात्राको वर्णन लेख्नु पनि पर्दछ । यात्राको वर्णन लेख्दा सकेसम्म यथार्थ झल्किने सरल तर कलात्मक बनाएर लेख्नु राम्रो हुन्छ । यात्राका सम्पूर्ण पात्रहरूको नाम अटाउने गरी यात्राको डोबलाई पछ्याउनुपर्दछ शब्दमा ।
यात्रामा पुगेका स्थान तथा भेटेका पात्रहरूको बारेमा पनि थोरबहुत चर्चा गर्दै जानुपर्दछ किनभने ती पात्रहरूको पनि संलग्नता बढोस् । अझ सम्भव भएसम्म ऐतिहासिकता तथा तथ्य र बुझिएको सत्य पनि खोतल्ने प्रयास गरिनुपर्दछ ।
लेखकहरूले आप्mना अभिव्यक्ति कुनै पत्रिका वा अनलाइनका लागि मात्र लेख्ने होइन । वर्तमान परिवेशमा सामाजिक सञ्जालको भूमिका पनि निकै ठूलो रहेको छ । सम्पूर्ण लेख, संस्मरण, नियात्रा वा यात्रावर्णनलाई सामाजिक सञ्जालमा जस्ताको त्यस्तै राख्नुपर्दछ भन्ने होइन तर कम्तीमा जुन ठाउँको यात्रा गरिएको हो, त्यस ठाउँको भ्रमण गर्ने उत्साह जगाउने कुरा भने अवश्य राख्नुपर्दछ । कम्तीमा एउटा तस्वीर अवश्य राख्नुपर्दछ । सामान्यतया के मान्यता छ भने कैयौं शब्दले बोल्ने कुरो एउटा फोटोले नै बोल्दछ । कुनै शब्दभन्दा पहिले फोटोमा सर्वसाधारणको आँखा पुग्ने गर्दछ । यस कारण वर्तमान परिवेशले सामाजिक सञ्जालमा पनि फोटोका साथै भ्रमणको उत्प्रेरणा जगाउने सामग्रीको अपेक्षा गर्दछ । यसलाई पारिस्थितिक धर्म वा कर्तव्य पनि मान्न सकिन्छ ।
नेपाल भ्रमण वर्ष चलिरहेको वर्तमान अवस्थामा यसलाई प्रोत्साहन गर्न लेखकहरूले मात्र नभएर पत्रिका, अनलाइन, टेलिभिजन तथा रेडियो–एफएमका सञ्चालक वा प्रमुखहरूले पनि नेपाल भ्रमण वर्षसँग सम्बन्धित सामग्रीलाई प्राथमिकता दिनुपरेको छ । सम्भव भएसम्म हरेक दिन एउटा पठनीय सामग्री र कम्तीमा एउटा समाचार अवश्य प्रकाशित गर्नुपर्दछ । अझ आप्mना लेखक, स्तम्भकार तथा सहयोगी र संवाददाताहरूलाई यस प्रकारको सामग्री पठाउन प्रोत्साहित गर्नुपर्दछ । अझ सम्बन्धित सञ्चारमाध्यमका प्रमुखले आप्mना यात्राका डोबहरूलाई शब्दमा रूपान्तरण गरी सार्वजनिक गर्नुपर्दछ । यसले गर्दा सञ्चारमाध्यमका लेखक, पाठक तथा अन्य प्राविधिक पक्षका मानिसहरूलाई पनि आप्mनो यात्राको वर्णन, देशदर्शन तथा स्मृतिहरूलाई सार्वजनिक गर्न प्रोत्साहन होओस्, सजिलो होओस् ।
नेपाल भ्रमण वर्षमा नेपालभित्रैका यात्राहरूलाई प्राथमिकता दिइनुपर्दछ । यात्राका विविधताहरूलाई पस्कनुपर्दछ । यात्रालेखनलाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्दछ । एउटा यात्राले अर्को यात्रालाई जन्माउने हुन्छ । यात्रा गर्ने, गराउने तथा यात्राको गन्तव्य निर्धारण गर्नेजस्तो सम्पूर्ण पक्षमा यस प्रकारको सामग्रीले सहयोग गर्दछन् । अहिलेको आवश्यकता भनेको यात्रालाई प्रोत्साहन गर्नु पनि हो ।
थोरै भएपनि नेपालीहरू यात्रामा निस्कन थालेका छन् । नेपाली देशबाहिर पनि जान थालेका छन्, यात्राकै क्रममा । हो, विदेशमा यात्राको क्रममा पुगेका नेपालीले सकेसम्म आपूmले जोसित जसरी विदेशमा कुरा गर्न सकिन्छ वा प्रचारप्रसार गर्न सकिन्छ, त्यसरी नेपाल घुम्न आउने प्रस्ताव गर्नुपर्दछ । नेपालका प्रमुख पर्यटकीय स्थानको बारेमा त धेरैलाई जानकारी छँदैछ, अझ सानातिना पर्यटकीय स्थान तथा आप्mनो गाउँघर र शहरवरिपरिका प्राकृतिक तथा जैविक सम्पदाको बारेमा पनि बताउनुपरेको छ ।
अहिले कतिसम्म बुझिएको छ भने धेरैलाई आप्mनै जिल्लाका पर्यटकीय स्थानहरूको बारेमा जानकारी रहेको छैन । जानकारीको अभावमा कतिपय पर्यटकीय सम्पदाको संरक्षण र संवद्र्धन हुन सकेको छैन । आप्mनै पर्यटकीय सम्पदाहरू उदास र निराश बनेका छन् । गुल्जार हुनुपर्नेमा उजाड बनेका छन् । हो, अब आप्mनै गाउँठाउँका यात्रा गर्न सकिने वा आपूmले गरे गराएको यात्राको वर्णन सार्वजनिक गर्नुपरेको छ । आप्mनै गाउँठाउँले पनि पर्यटकीय गन्तव्य पाउनुपरेको छ ।
शायदै कुनै स्थानीय तह होला, जहाँ पर्यटकीय दृष्टिकोणले विकास गर्न सकिने ठाउँको अभाव होला । हो, भ्रमण वर्षमा कम्तीमा त्यस्ता सम्भावनाहरूको खोजी गरी सम्बन्धित निकायलाई घच्घच्याउन सकिन्छ । यस्तो कम्तीमा वातावरण बनाउन सकिन्छ, जसले गर्दा अन्य गाउँठाउँका मानिस त्यस्ता ठाउँमा पुगेर त्यस ठाउँको बारेमा कतै लेख्न सकून् र त्यसले सम्बन्धित निकायको कानमा पर्यटकीय महŒवको गुञ्ज पुगोस् । यात्राका डोबहरूको पुनर्कथनले यात्राका अन्य डोबहरूको निर्माण गरोस् ।