प्रस, सेढवा १६ माघ/
कक्षा ४ मा अध्ययनरत १२ वर्षीया मनीताकुमारी ठाकुर (नाम परिवर्तन)को बिहे तय भएपछि विद्यालय जान छाडेकी छन् ।
ठाकुरको बिहे आगामी फागुन महीनाको अन्तिम सातामा तय भएको छ । आर्थिक तथा शैक्षिक अवस्था कमजोर रहेको मनीताको परिवारले धेरै दाइजो नदिए पनि एउटा साइकल, सुनको औंठी, लत्ताकपडा र भाँडाबर्तन दिने तय भएको छ ।
मधेसी समुदायमा विद्यमान छोरीलाई पढाउन नहुने विकृत मानसिकताको कारण मनीता निकै ढिलो गरी विद्यालय प्रवेश गरेकी थिइन् । बल्लतल्ल कक्षा ४ सम्म आइ यस शैक्षिकसत्र २०७६ को दोस्रो त्रैमासिक परीक्षामा सम्मिलित भएपनि विवाहको तय भएपछि विद्यालय जान बन्द गरेकी छन् । मनीताको अभिभावकका अनुसार छोरीको बिहे गर्नैपर्छ, अहिले नाबालिग उमेरमा विवाह गर्दा दाइजो कम लाग्ने, बीस वर्ष उमेर कटेपछि दाइजो धेरै दिनुपर्ने हँुदा अहिले नै विवाह तय गरेको दुःखेसो पोखे ।
त्यस्तै, गत वर्ष फागुन महीनामा जीराभवानी गाउँपालिका वडा नं २ सेढवामा दाइजोकै कारण एकजना युवतीले ज्यान गुमाउनुपरेको थियो । लालसाकुमारी बिनको बिहे तय भएपछि उनका अभिभावकले मदिरासेवन गरी घरमा सल्लाह गर्नेक्रममा दाइजो दिन नसक्ने निर्णय लिएपछि त्यही राति नै लालसाले घरको दलिनमा पासो लगाइ आत्महत्या गरेकी थिइन् । गाउँलेहरू मिली गुपचुपरूपमा लालसाको शव जलाउन लैजाँदा इलाका प्रहरी कार्यालय सेढवाको टोलीले शव बरामद गरेको थियो ।
नेपाल सरकारले बालविवाह तथा दहेजप्रथालाई न्यूनीकरण गर्न वा हटाउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याए पनि पर्सामा प्रभावकारी हुन सकेको छैन । पर्सेली समुदायबाट बालविवाह तथा दहेजप्रथा हटाउन जिल्ला प्रहरी कार्यालय पर्सा तथा स्थानीय सरकारको लाखौं रुपैयाँको लगानीमा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूले कुरीतिविरुद्धको अभियान सञ्चालन गर्दै आएपनि परिणाम शून्य देखिन्छ ।