$type=ticker$count=12$cols=4$cate=0

आर्थिक विकासमा ओलीको योगदान कस्तो रह्यो ?

SHARE:

विश्वराज अधिकारी
    आगामी फेब्रुअरी (सन् २०२०)मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो कार्यकालको दुई वर्ष पूरा गर्ने छन् । उनी १५ फेब्रुअरी २०१८ मा दोस्रोपटक प्रम नियुक्त भएका थिए ।
    ओली दोस्रोपटक प्रम नियुक्त भएदेखि अहिलेसम्ममा कुनै पनि किसिमको आर्थिक विवादमा नपर्नु, प्रमको रूपमा उनको भूमिका संशयरहित हुनु राष्ट्रको आर्थिक विकासका लागि सुखद कुरा हो भने उनको लागि यो एक ठूलो उपलब्धि हो । उनले कुनै पनि किसिमको आर्थिक अपराध गरेको र सो अपराध अदालतद्वारा प्रमाणित भएको स्थिति त आएन नै, प्रम (ओली)ले आर्थिक हिनामिना गरे भन्ने आरोप गम्भीर किसिमबाट उनीमाथि कहीं कसैबाट लागेन पनि । जनस्तरमा उनीमाथि कुनै गम्भीर आरोप लागेन नै, कुनै राजनीति दलले पनि ‘ओलीले यो आर्थिक फाइदा लिनका लागि आप्mनो पद (प्रम)को यस किसिमबाट दुरुपयोग गरे’ भनेको सुनिएन पनि । नेपालमा यस किसिमको घटना दुर्लभ हो । नेपालका प्रमले आप्mनो वा दलका लागि आर्थिक लाभ प्राप्त गर्न आप्mनो पदको दुरुपयोग गरेको उदाहरण धेरै छ । निवर्तमान प्रम कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीद्वय मात्र कुनै पनि आर्थिक लाभ वा आर्थिक हिनामिनाको शङ्का वा विवादमा परेनन् । भोलिका दिनहरूमा के हुने हो भन्न सकिंदैन, तर आजसम्म प्रम ओली कुनै पनि किसिमको आर्थिक विवादमा तानिएका छैनन् । राजनीतिक विवादमा तानिनु सामान्य कुरा हो । विरोधी दल वा सर्वसाधारणले उनको आलोचना गर्नु सामान्य कुरा हो । र, स्वच्छ लोकतन्त्रका लागि त्यस्तो हुनु आवश्यक हुन्छ पनि । ओलीका राजनीतिक क्रियाकलापको निकै र चर्को आलोचना हुने गरेको पाइन्छ ।
    नेपालमा आर्थिक भ्रष्टाचारको इतिहास पुरानो छ । श्री ३ महाराज
(राणा प्रधानमन्त्री)हरूले जनताको श्रम (विनाभुक्तानी काममा लगाएको) र सम्पत्ति (राज्यले उठाएको कर) दुरुपयोग गरेर आप्mनो शानका लागि अनेक विलासी महल एवं दरबारहरू निर्माण गरेको इतिहास ताजा नै छ । काठमाडौंस्थित नेपालको प्रमुख प्रशासकीय भवन सिंह दरबार तत्कालीन प्रम चन्द्र शमशेरले सन् १९०८ मा निजी प्रयोगका लागि आप्mनो आवासको रूपमा निर्माण गराएका थिए । त्यस्ता दरबार नेपालमा राणा प्रमहरूबाट ठूलो सङ्ख्यामा निर्माण भए । यसैगरी, नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि पनि नेताहरूले शक्ति (मन्त्री, प्रम, सांसद आदि जस्ता पद) प्राप्त गरेर अनेक बङ्गलाहरू निर्माण गरे । भ्रष्टाचार गरे । नेपालको इतिहासले नै पनि देखाउँछ, नेपालमा आर्थिक भ्रष्टाचार एक संस्कृतिको रूपमा मौलाउँदै आएको छ । अर्थात् नेपालमा आर्थिक भ्रष्टाचार ठूलो मात्रामा हुने गर्छ । र, नियन्त्रण गर्न सकिएको छैन । 
    ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘करप्सन परसेप्सन्स इन्डेक्स (ऋएक्ष्स् ऋयचचगउतष्यल एभचअभउतष्यलक क्ष्लमभह)को सन् २०१८ संस्करणमा विश्वभरिमा सर्वाधिक भ्रष्टाचार हुने राष्ट्रको रूपमा सोमालिया परेको छ । र, भ्रष्टाचार अति नै हुनेमा सोमालियाको स्थान १८०औं रहेको छ । नेपाल पनि विश्वभरमा अति भ्रष्टाचार हुने राष्ट्रमा नै पर्छ । सो संस्करण (सन् २०१८) अनुसार भ्रष्टाचार गर्ने राष्ट्रहरूमा नेपालको नाम १२४औं आउँछ । सोमालिया, दक्षिण सुडान, सिरिया, उत्तर कोरिया, यमन, सुडान, अफगानिस्तान, लिबिया, बुरुन्डी, भेनेजुएला, इराक, अङ्गोला, कङ्गो, चाड, कम्बोडिया, तुर्केमेनिस्तान, जिम्बाब्वे आदि जस्ता राष्ट्रहरूभन्दा (सन् २०१८ मा) नेपालमा कम भ्रष्टाचार भएको पाइन्छ । सोही संस्करण अनुसार आर्थिक भ्रष्टाचार सर्वाधिक कम हुने राष्ट्रहरूको श्रेणीमा भने एक, दुई र तीन स्थानमा क्रमशः डेनमार्क, न्युजील्यान्ड र फिनल्यान्ड परेका छन् । स्वीडेन, स्वीट्जरल्यान्ड, सिङ्गापुरा, नर्वे, क्यानडा, लक्जेम्बर्ग, जर्मनी, युनाइटेड किंगडम, अस्ट्रेलिया आदि जस्ता अति नै कम आर्थिक भ्रष्टाचार हुने राष्ट्रहरूको तुलनामा नेपालमा ठूलो मात्रामा आर्थिक भ्रष्टाचार हुन्छ । यस परिप्रेक्ष्यमा वर्तमानमा प्रम ओलीको कार्यकालमा प्रम ओली कुनै पनि किसिमको आर्थिक हिनामिना विवादबाट मुक्त रहनु राष्ट्रिय राजनीतिक संस्कारका लागि राम्रो कुरा हो । आर्थिक भ्रष्टाचारबाट मुक्त रहेका प्रमको रूपमा केपी ओलीलाई सफल प्रम मान्नुपर्ने हुन्छ ।
    २०४६/४७ सालको राजनीतिक परिवर्तनपछि अहिलेसम्म (२०७६ सालसम्ममा) नेपालमा २५ पटक प्रधानमन्त्री फेरिएको देखिन्छ । यो विगत  ३० वर्षमा कुनै एक प्रमले पनि आप्mनो कार्यकालभरि कार्य गर्न पाएको देखिंदैन । औसतमा कुनै एक (कार्यकालमा) प्रमले दुई वर्ष प्रम भएर काम गर्न पाइएको देखिंदैन । २०४६/४७ सालको राजनीतिक परिवर्तनपछि प्रमको रूपमा सर्वाधिक समय १२८४ दिन (एक कार्यकालमा) गिरिजाप्रसाद कोइरालाले प्रमको रूपमा कार्य गरेको पाइन्छ । त्यसपछि अर्को कार्यकालमा उनले नै दोस्रो सर्वाधिक समय ७६४ दिन प्रमको रूपमा कार्य गरेको पाइन्छ । गिरिजाप्रसाद कोइरालापछि तेस्रो सर्वाधिक समय ७०० दिनभन्दा बढी ओलीले प्रम भएर काम गर्न पाएको पाइन्छ । यसरी गिरिजाप्रसाद कोइरालापछि लामो समयसम्म प्रम भएर केपी ओलीले स्थिर सरकार दिन सकेको देखिन्छ । देशमा स्थिरता ल्याउन केही हदसम्म केपी ओली सफल भएको देखिन्छन् । सानो आकारको भए तापनि यो पनि उनको एक लघु राजनीतिक सफलता हो ।
    व्यक्तिगतरूपमा आर्थिक हिसाबले एक स्वच्छ छवि भएको प्रम हुन केपी ओली सफल भएको देखिन्छन् । ठूलो लाभ हात पार्न प्रत्यक्ष वा प्रत्यक्षरूपमा उनले कहीं कतै कसैलाई अनुचित दबाब दिएको सुनिएन, सञ्चारमाध्यमहरूमा चर्चा भएन । राजनीतिकरूपमा भने उनी निकै आलोचित रहे तापनि आपूm कट्टर राष्ट्रवादी रहेको भन्दै उक्त राष्ट्रवादी छवि उनले केवल चुनावको लागि प्रयोग गरेको आरोप उनीमाथि लागे तापनि आर्थिक हिनामिना एवं शुभलाभबाट मुक्त रहेको देखिन्छन् । र, उनको त्यो स्वभावले उनलाई एक स्वच्छ छवि भएको प्रम हुन सहयोग गरेको देखिन्छ । 
    समग्र राष्ट्रिय आर्थिक विकासको दृष्टिकोणले ओली प्रमको रूपमा कति सफल भए, त्यो त आउने समयले नै भन्ला ।
    नेपाललाई आर्थिक लाभ पुग्ने किसिमले चीन र भारतसँग समान किसिमले सन्तुलित सम्बन्ध कायम गर्नमा पनि ओली सफल भएको देखिन्छन् । चीन वा भारत, कुनै एकसँग धेरै घनिष्ट वा कुनै एकसँग धेरै टाढा रहेर नेपाललाई आर्थिक नोक्सानी पु¥याउने कार्य पनि ओलीले गरेको पाइँदैन । ओलीले छिमेकी राष्ट्रहरू चीन र भारत दुवैको भ्रमण गरेर नेपालका लागि यी दुवै मुलुक समान किसिमले महŒवपूर्ण रहेको सन्देश पनि दिइसकेका छन् ।
    आर्थिक विकासका ठूलाठूला सपना देखाएर जनतालाई झुक्याउने गरेको आरोप ओलीमाथि नलागेको भने होइन । केहीले त ‘लोकप्रिय हुने ओलीको त्यो तरीका सस्तो हो’ पनि भन्ने गर्छन् । केहीले उनलाई ‘उखान बाजे’ पनि भन्ने गरेका छन् । तर समग्रमा हेर्दा नेतामा जनतालाई सपना देखाउने गुण हुनु नराम्रो प्रवृत्ति भने होइन । सपना भनेको उद्देश्य हो । जनतालाई एक जुट गराउने एक नारा पनि हो । केवल सपना देखाउने तर कार्य भने नगर्ने राम्रो होइन ।
    “जसले सपना देख्छ, उसैले विकास गर्छ, सपना नदेख्नेले केही पनि गर्दैन,” भन्नेहरू पनि छन् । त्यस्तो मत राख्नेहरू भन्छन्, “जसले सपना नै देख्दैन, जोसँग आर्थिक विकास गर्ने ठोस कुनै योजना नै छैन, त्यस्तोले कसरी विकास गर्छ ?”
    राष्ट्रिय आर्थिक विकासको हिसाबले ओलीको कार्यकालको निष्पक्ष मूल्याङ्कन गर्दा उनको कार्यकालमा राष्ट्रले कुनै ठूलो आर्थिक उपलब्धि हासिल गरेको देखिंदैन । आकाश छुन हरपल उद्धत रहेको नेपालको महँगीलाई कम पार्न ओलीको सरकारले ठोस प्रयास गरेको पाइँदैन । रोजगार सृजना गर्नमा पनि उनको सरकारले ठोस योगदान पु¥याउन सकेन ।
    आर्थिक विकास गर्ने अवसर भने ओली सरकारसँग पर्याप्त छ । बहुमतको सरकार भएको हुनाले प्रमको हैसियतमा उनले आर्थिक विकासका उपलब्ध अनेक अवसरको भरपूर उपयोग गर्न सक्थ्ये । तर गर्न सकेका छैनन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आर्थिक विकासमा ओलीको योगदान कस्तो रह्यो ?
आर्थिक विकासमा ओलीको योगदान कस्तो रह्यो ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgI9MnqIKL7KMTXZ1PwFg9FQVjfjbvwbv6C9A-IBRna0D7pcswjnyEBiq-rV670W3jXxq7BgENIlfvA7ZsY1HjfMM1AZpzgGBHC6JYQhU5qSvoUOjvp7rz8Auzd2Fz4RSxvn8TDrsXxeQau/s200/bishwraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgI9MnqIKL7KMTXZ1PwFg9FQVjfjbvwbv6C9A-IBRna0D7pcswjnyEBiq-rV670W3jXxq7BgENIlfvA7ZsY1HjfMM1AZpzgGBHC6JYQhU5qSvoUOjvp7rz8Auzd2Fz4RSxvn8TDrsXxeQau/s72-c/bishwraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/01/blog-post_211.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/01/blog-post_211.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy