प्रस, वीरगंज, १५ पुस/
चौथो राष्ट्रिय क्युकोसिन च्याम्पियनशिप पोखराले आयोजना गरेको नेपाल–भारत दोस्रो कराँते प्रतियोगितामा प्रदेश नं. २ ले ९ वटा पदक जितेको छ ।
जितेका पदकमध्ये तीनवटा प्रथम, तीनवटा द्वितीय र तीनवटा तृतीय पदक रहेको क्यूकोसिन कराँते सङ्घ नेपालका राष्ट्रिय उपाध्यक्ष राजकुमार महतोले जानकारी गराए ।
पुस १२ गतेदेखि पोखराको कबर्ड हलमा सम्पन्न प्रतियोगितामा प्रदेश २ को प्रतिनिधित्व गरेर सहभागी नेपाल सिन क्यूकोसिन कराँते सङ्घ पर्सा टोलीका खेलाडी तीनजनाले प्रथम स्थान हासिल गरेका हुन् । महिलातर्पm खुला तौल समूहमा स्नेहा महतो, ४० किलो तौल समूहमा विनिता मण्डल र ४५ किलो तौल समूहमा पुरुषतर्पm विशाल कुशवारले स्वर्ण पदक हासिल गरेका थिए ।
त्यसैगरी, रजत पदक हासिल गर्नेहरूमा ४५ किलो तौल समूहकी मुस्कान महतो, ५० किलो तौल समूहमा जुली कुमार र ४० किलो तौल समूहमा सिद्धान्तकुमार कुशवाहा छन् ।
कास्य पदक हासिल गर्नेहरूमा महिलातर्पm ४५ किलो तौल समूहमा अस्मिता धरेल, ६० किलो तौल समूहमा पुरुषतर्पm आकाश पटेल र खुला तौल समूहमा नसिम आलम रहेको महतोले बताए ।
पर्साको टोलीमा महतो मुख्य प्रशिक्षक र राजेश महतो सहायक प्रशिक्षकको रूपमा सहभागी थिए । विजयी खेलाडीहरूलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले पदक तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । सम्पन्न प्रतियोगितामा मुलुकका सातवटै प्रदेश र भारतको मुम्बई, पुणे, दिल्ली र कोलकाताका विभिन्न तौल समूहका २६० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।